बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पोखराका अस्पतालमा ओपिडी सेवा बन्द

पोखराका अस्पतालमा ओपिडी सेवा बन्द


  • ढोरपाटन संवाददाता
  • साउन १२ २०८३, मंगलबार

पोखरा/  नेपाल चिकित्सक संघले आकस्मिक बाहेकका सेवा बन्दको घोषणापछि पोखराका सबै अस्पतालमा आज ओपिडी सेवा बन्द भएको छ ।

चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि राज्यले दमन गरेको भन्दै विरोधस्वरूप देशभरिका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्दको घोषणा गरे अनुसार पोखराका अस्पतालले पनि ओपिडी बन्द गरेका हुन् ।

साउन ९ गते वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वाथ्यकर्मीहरूमाथि भएको सांघातिक आक्रमण र अस्पतालमा भएको तोडफोडको घटनामा संघले दोषीलाई कारबाही गर्न माग गरेको छ । आक्रमणबाट डा. प्रमोद रामको टाउकोमा गम्भीर चोट लागेको र अन्य चिकित्सकहरू तथा स्वास्थ्यकर्मीहरूमाथि समेत सांघातिक आक्रमण गर्नेमा संलग्नलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि ऐन २०६६ अनुसार कारबाही गर्न माग गरेको हो ।

यसैगरी साउन १० गते झापाको बिर्तामोड स्थित सर्पदंशी अस्पतालमा भएको तोडफोड र अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको गालीगलौज, दुव्र्यवहार प्रति पनि चिकित्सक संघ आन्दोलित भएको हो ।

पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल), गण्डकी मेडिकल कलेज, चरक मेमोरियल, फेवा सिटी, शिशुवा अस्पताल लेखनाथ, नेपाल मणिपाल शिक्षण अस्पतालमा ओपिडी सेवा बन्द भएको छ । यसैगरी पोखरा शिक्षण अस्पताल, मेट्रोसिटी, फिस्टेल, साहारा, पद्मा श्री, पद्मनर्सिङ होम र मातृशिशु अस्पताल बाटुलेचौरमा ओपिडी सेवा बन्द भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->