मंगलबार, असोज २० २०८३

मंगलबार, असोज २० २०८३
  • २० असोज २०८३ , मंगलबार
  • October 6 2026

स्याङ्जामा  सद्भाव र्‍याली

स्याङ्जामा  सद्भाव र्‍याली


  • ढाेरपाटन संवाददाता
  • साउन १७ २०८३, आइतबार

स्याङ्जा/ जिल्लाको सदरमुकाम पुतलीबजारमा सामाजिक सद्भाव र राष्ट्रिय एकताको सन्देश दिने उद्देश्यसहित आइतबार एक र्‍याली आयोजना गरिएको छ । लक्ष्मी स्मृति सामुदायिक पुस्तकालय, रेडियो स्याङ्जा तथा स्याङ्जा टेलिभिजनले समजमा शान्ति, सद्भाव र आपसी सम्मान कायम राख्ने उद्देश्यले पुतलीबजार नगरपालिका–१ स्थिति रेडियो चोकबाट र्‍याली निकालिएको हो ।

र्‍यालीमा विभिन्न राजनीतिक दल, धार्मिक समुदाय र व्यावसायिक संघ संस्थाको उपस्थिति थियो । त्यस्तै सञ्चारकर्मी, नागरिक समाज र सर्वसाधारण नागरिक पनि सहभागी भएको कार्यक्रममा राष्ट्रिय एकताको पक्षमा ऐक्यवद्धता जनाइएको थियो । र्‍यालीले नगरका विभिन्न क्षेत्रको परिक्रमा गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->