मंगलबार, असोज २० २०८३

मंगलबार, असोज २० २०८३
  • २० असोज २०८३ , मंगलबार
  • October 6 2026

आँधीखोलामा मोटरसाइकलसहित बेपत्ता युवक मृत फेला

आँधीखोलामा मोटरसाइकलसहित बेपत्ता युवक मृत फेला


  • ढाेरपाटन संवाददाता
  • साउन २९ २०८३, शुक्रबार

स्याङ्जा / जिल्लाको पुतलीबजार नगरपालिका–१ स्थित अरौदिखोलाले मोटरसाइकलसहित बगाएर बेपत्ता भएका २१ वर्षीय युवक मृत अवस्थामा फेला परेका छन्।

विहीबार राति करिब १०.२० बजेको समयमा अरौदिखोलाले पुतलीबजार नगरपालिका–३ बाडखोला निवासी २१ वर्षीय सलिम मगरलाई ग ११ प ८१८३ नम्बरको मोटरसाइकलसहित बगाएर बेपत्ता बनाएको थियो।

बेपत्ता मगरको खोजीका क्रममा सिहसार्दुल गुल्म स्याङ्जा, जिल्ला प्रहरी कार्यालय स्याङ्जा तथा सशस्त्र प्रहरी बल नेपाल ३० नं। गुल्म वालिङबाट खटिएको संयुक्त टोलीले खोजतलास गरेको थियो।

खोजीका क्रममा शुक्रबार दिउँसो ३.१० बजे पुतलीबजार नगरपालिका–१३ गैरीजागरस्थित आँधीखोलामा मगरको शव फेला परेको हो। टोलीले शव खोलाबाट बाहिर निकाली आवश्यक मुचुल्का तयार गरी पोस्टमार्टमका लागि जिल्ला अस्पताल स्याङ्जा पठाएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->