बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

विद्यामन्दिरमा नवआगन्तुक विद्यार्थीलाई स्वागत

विद्यामन्दिरमा नवआगन्तुक विद्यार्थीलाई स्वागत

बागलुङ नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले रमाएर पढ्ने वातावरणले विद्यार्थीमा गुणस्तर बढ्ने, विद्यालयप्रति विश्वास जाग्ने भन्दै विद्यालयले पनि उचित वातावरण प्रदान गर्नुपर्ने बताए ।


  • ढाेरपाटन संवाददाता
  • साउन ३१ २०८३, आइतबार

बागलुङ/विद्यामन्दिर माध्यमिक विद्यालयमा कक्षा १२ का विद्यार्थीले नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई स्वागत गरेका छन् । एसईई परीक्षा उत्तिर्णपछि कक्षा ११ मा अध्ययन गर्न आउने विद्यार्थीलाई उच्च शिक्षाको माहोलबारे कार्यक्रममा जानकारी गराइएको थियो ।

विद्यामन्दिर माविमा कक्षा ११ र १२ तर्फ शिक्षा, मानविकी, विज्ञान र व्यवस्थापन संकायको पढाइ हुन्छ । सदरमुकामका विभिन्न विद्यालयसहित ग्रामीण क्षेत्रबाट पनि आएकाहरुलाई स्वागत गरेर विद्यालयप्रति सकारात्मक बनाउने, सिकाई अभ्यासमा लाग्न प्रेरित गर्ने र माथिल्लो तहका विद्यार्थी माझ घुलमिल भइ आफ्ना अप्ठ्याराहरु हटाउने कामका लागि यो कार्यक्रम गरिएको विद्यार्थीहरुले बताए ।

कक्षा १२ व्यवस्थापन समूहकी इशानी पुनको अध्यक्षता, कृष्ण बिक र मेलिना पाण्डेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा बागलुङ नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले रमाएर पढ्ने वातावरणले विद्यार्थीमा गुणस्तर बढ्ने, विद्यालयप्रति विश्वास जाग्ने भन्दै विद्यालयले पनि उचित वातावरण प्रदान गर्नुपर्ने बताए ।
कार्यक्रममा बागलुङ नगरपालिका–३ का वडा अध्यक्ष सनि केसी लक्ष्मण, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीजय श्रेष्ठ र प्रधानाध्यापक छविरमण रेग्मी, सहायक प्रअ मुकुन्द प्रसाद शर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा कलाकार शान्ता रानी परियारले गीत संगीतबाट मनोरञ्जन गराएकी थिइन् । कार्यक्रममा सयौं विद्यार्थीको सहभागिता थियो । विद्यामन्दिर माविमा कक्षा १ देखि १२ सम्म १ हजार ४ सय बढी विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->