शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३
  • ५ भाद्र २०८३ , शुक्रबार
  • August 21 2026

८४ ऐन बनायौँ, २० कानुन निर्माण भई कार्यान्वयनमा

८४ ऐन बनायौँ, २० कानुन निर्माण भई कार्यान्वयनमा

सिंहदरबार घर–घरमा पुगाउने जुन लक्ष्य थियो, त्यो जनताले महसुस गरेको पाएको छु । स्वास्थ्य, शिक्षा, खानेपानी जस्ता आवश्यकतालाई आत्मसात् गर्दै सहज यात्राका लागि सडक तथा पदमार्ग निर्माण लगायतका काम पनि संघीयता कार्यान्वनकै पाटा हुन् । त्यसका लागि मैले कुनै कसर बाँकी राखेको छैन ।


  • ढाेरपाटन संवाददाता
  • भाद्र ५ २०८३, शुक्रबार

भवबहादुर भण्डारी
अध्यक्ष, रघुगंगा गाउँपालिका

पालिका प्रमुख भएपछि नीतिगत र ऐन निर्माणमा कस्ता काम भए ?
–म निर्वाचित भएर आउँदा धेरै कुरामा रिक्तता थियो; आवश्यक पर्ने कानुनहरू थिएनन् । जे काम गर्नका लागि पनि कानुन त चाहियो; त्यसका लागि हामीले कानुन निर्माणलाई प्राथमिकता दिएर अगाडि बढ्यौं । अहिले कानुन २० वटा निर्माण भई कार्यान्वयनमा आएका छन् । बिभिन्न कार्यविधि तथा नियमावली, निर्देशिका गरी ६४ वटा बनेका छन् ।

प्रमुख भएर काम गर्दा संघीयता कति कार्यान्वयन भयो जस्तो लाग्छ ?
–स्थानीय सरकार गठनपछि हालसम्म नेतृत्वमा रहँदा हाम्रो पालिकाभित्र भएका हरेक काम मेरै नेतृत्वमा भएका हुन् । पहिलो र दोस्रो कार्यकालमा भए÷गरेका कामबारे भनिरहनु पर्छ जस्तो लाग्दैन । जनताले प्रत्यक्ष अनुभव गरेकै कारण मलाई दोस्रो कार्याकालका लागि निर्वाचित गराउनुभयो । सिंहदरबार घर–घरमा पुगाउने जुन लक्ष्य थियो, त्यो जनताले महसुस गरेको पाएको छु । स्वास्थ्य, शिक्षा, खानेपानी जस्ता आवश्यकतालाई आत्मसात् गर्दै सहज यात्राका लागि सडक तथा पदमार्ग निर्माण लगायतका काम पनि संघीयता कार्यान्वनकै पाटा हुन् । त्यसका लागि मैले कुनै कसर बाँकी राखेको छैन ।

संघीयताको जरा हो स्थानीय सरकार । तर, धेरै काम गर्न संघमै जानुपर्ने अवस्था देखियो नि ?
–काम गर्दा धेरै ठाउँमा अप्ठ्याराहरू पनि नआएका होइनन् । तर जनता प्रत्यक्ष जोडिने भनेको स्थानीय सरकार नै हो । अहिले पनि धेरै कुरा संघमै पुग्नुपर्ने बाध्यता छ । त्यो केही कमजोरी हो भन्ने पनि छ भने कतिपय हिसाबले ठीक पनि हुन्छ । हाम्रो क्षेत्रमा केही अप्ठेरो नपर्ला तर कतिपय सिमावर्ती क्षेत्रमा हुने अप्ठेरालाई मध्यनजर गरी संघको नियन्त्रणमा राखिएको हुनुपर्छ । नेतामुखी भन्दा पनि संविधानमै व्यवस्था भएको हुनाले केही अध्ययन गरेरै यस्तो गरिएको हुन पर्छ । केही कुरामा भने सहजीकरण चाहिने देखेको छु ।

यो अवधिमा भएका गर्व गर्न लायक केही कामको नाम लिनुपर्दा के–के सम्झनु हुन्छ ?
–रायखोरदेखि कुइनेसम्मका गाउँ, बस्तीलाई सडकले छोएको थिएन । अहिले सबै बस्तीमा सडक सञ्जाल पुगेको छ । गाउँपालिकालाई आवश्यक पर्ने जग्गा १४ रोपनी, प्रहरीलाई ३ रोपनी जग्गा, १० वटा सामुदायिक स्वास्थ्य इकाइका लागि जग्गा, सबै सरकारी निकायलाई निशुल्क जग्गा व्यवस्था गरिएको छ । कोभिडको महामारीमा सबैको समन्वय र सहकार्यमा २२७ जनालाई जोगाइयो । पोखरामा माया मारेर फिर्ता पठाइएकालाई पनि निको बनाएर घर पठाइयो । ३३ जनाको हेली उद्धार गरियो । लडेर घाइते तथा धारिलो हतियार प्रयोगबाट घाइते भएकाहरुलाई पनि हाम्रै अग्रसरतामा बचाइएको थियो ।

कर्मचारीबाट सहयोग पाउनु भयो कि सास्ती खेप्नु प¥यो ?
–हालसम्मको अवस्थामा कर्मचारीले असहयोग गरेको देख्दिनँ । कहिलेकाँही केही बदमासी गर्र्ने कर्मचारी पनि हुन सक्लान् तर रघुगंगामा आएका कर्मचारीले अप्ठेरो पारेको वा अटेरी गरेको जस्तो लाग्दैन । जे जति काम भएका छन्; सबै कर्मचारीले र कर्मचारीकै समन्वयमा भएका त हुन् ।

संविधान संशोधनको बहस चलिरहेको छ । स्थानीय सरकार सहज सञ्चालनका लागि के, कस्ता प्रावधान संशोधन हुनुपर्छ ?
–संविधान कार्यान्वयनमा आएको ११ वर्ष बितिसकेको छ । तर अहिलेसम्म संविधान कार्यान्वयका विषयमा छलफल भएको देखिएको थिएन । अहिले संशोधनको बहस चलेको समयमा जनताका सहज हुने गरीसंशोधन हुनु पर्छ । मैले यिनै धारा संशोधन गर्नुपर्छ भन्ने योजना त बनाएको छैन । तर काम गर्ने बेलामा हुने कतिपय अप्ठ्यारालाई सहजीकरण हुने गरी कानुन संशोधन भयो भने सहज हुन्छ ।

जेनजी आन्दोलनपछि सरकार सञ्चालन कत्तिको सहज छ ?
–जेनजी आन्दोलनमा हाम्रो पालिकाभित्र कुनै अप्रिय घटना भएनन् । गाउँपालिकामा संघीय सरकारबाट आएको बजेट कटौती हुँदा विकास, निर्माणका काम सम्पन्न गर्न भने अप्ठ्यारो भोग्नुप¥यो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->