मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

बहुआयामिक व्यक्तित्वका प्रतीक भगवान् श्रीकृष्ण

बहुआयामिक व्यक्तित्वका प्रतीक भगवान् श्रीकृष्ण

भगवान् कृष्णले मनुष्यको अधिकार केवल कर्म गर्नु रहेको र फलको आशा गर्नु नहुने सन्देश दिनुभएको छ । उहाँका अनुसार आत्मा अमर  र  शरीर नाशवान छ ।


  • माधव अधिकारी
  • भाद्र १८ २०८३, बिहिबार

‘कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन।
मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोस्त्वकर्मणि।।’

मनुष्यको नियन्त्रण केवल आफ्ना कर्ममा हुन्छ, परिणाममा होइन । तसर्थ हामीले फलको चिन्ता नगरी पूरा ईमानदारी र  निष्ठासँग  आफ्नो कर्तव्य निर्वाह गर्नुपर्दछ । श्रीमद्भगवद्गीतको अध्याय २, श्लोक ४७ मा भगवान् कृष्णले अर्जुनलाई हजारौँ वर्षअघि दिनुभएको यो उपदेश आज पनि उत्तिकै सान्दर्भिक छ ।

बहुआयामिक व्यक्तित्व र उत्सवका प्रतीक भगवान् कृष्णको जन्म भएको सम्झनामा शुक्रबार कृष्ण जन्माष्टमी पर्व मनाइँदै छ  । कृष्णको व्यक्तित्व  सनातन धर्ममा वर्णन गरिएका अन्य देवीदेवतीभन्दा फरक भएकोले उहाँलाई विशेष महत्वका साथ स्मरण गरिन्छ । आध्यात्मिक गुरु लेखनाथ शास्त्री कृष्णलाई बहुआयामिक व्यक्तित्व र उत्सवको प्रतीकका रुपमा लिनुहुन्छ । उहाँका अनुसार कृष्णको जन्म भाद्र कृष्ण अष्टमीको मध्यरात, घोर अन्धकार र जेलभित्र भएको थियो। ‘संसारमा हरेक नयाँ र रहस्यमय कुराको जन्म अन्धकारमा हुन्छ । कृष्णको जन्म जेलमा हुनुको अर्थ हो—हामी बन्धनमा जन्मिए पनि साधना र जागरूकताद्वारा मुक्ति प्राप्त गर्न सक्छौँ ।’ -आध्यात्मिक गुरु  शास्त्री भन्नुहुन्छ ।

भगवान् कृष्णले मनुष्यको अधिकार केवल कर्म गर्नु रहेको र फलको आशा गर्नु नहुने सन्देश दिनुभएको छ । उहाँका अनुसार आत्मा अमर  र  शरीर नाशवान छ ।  आत्मा अजर र अमर छ । आफ्नो  स्वधर्म र  कर्तव्य पालन सबैभन्दा ठुलो धर्म हो । अभ्यास र वैराग्यद्वारा चञ्चल मनलाई वशमा ल्याउन सकिन्छ । काम, क्रोध र लोभ विनाशका मार्ग हुन् तसर्थ यिनको त्याग गर्नु आवश्यक रहेको उपदेश उहाँले दिनुभएको छ ।

महाभारतको युद्धमा कृष्ण अर्जुनको सारथि बन्नुभएको थियो । पुराणमा उल्लेख भएअनुसार द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा वासुदेव र देवकीको कोखबाट कारागारमा भगवान् कृष्णको जन्म भएको थियो । भगवान विष्णुको आठौँ अवतारको रूपमा कृष्णको जन्म भएको मान्यता छ  । उहाँलाई ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->