सोमबार, भाद्र २२ २०८३

सोमबार, भाद्र २२ २०८३
  • २२ भाद्र २०८३ , सोमबार
  • September 7 2026

सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई

सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई


  • ढोरपाटन संवाददाता
  • भाद्र २० २०८३, शनिबार

पोखरा/  सहारा खेलकुद पत्रकारिता पुरस्कार २०८३ बाट पत्रकार रोहितराज पराजुली सम्मानित हुने भएका छन् । पोखराको प्रतिष्ठिता सहारा क्लबले यो पुरस्कार वर्षेनी प्रदान गर्दै आएको छ ।

क्लबको प्रतिभा छनोट समितिको सिफारिसमा उनलाई यस वर्षको पुरस्कार दिने निर्णय गरिएको हो। पुरस्कारको राशी ३० हजार ५ सय २५ रुपैयाँ रहेको र क्लबको वार्षिकोत्सवका अवसरमा प्रदान गरिने क्लबले जनाएको छ।

क्लबका अध्यक्ष केशवबहादुर थापाका अनुसार मानार्थ सदस्य नारायण कार्की संयोजक रहेको छनोट समितिले पराजुलीको नाम सिफारिस गरेको थियो। समितिमा दीपेन्द्र श्रेष्ठ, माधव बराल, एमबी आस्था, मिलन गुरुङ, केशवराज बराल, पूर्णबहादुर गुरुङ र गंगाराज पौडेल सदस्य थिए।

पराजुली नयाँ पत्रिका दैनिकमा कार्यरत छन्। उनले २०६१ सालमा आदर्श समाज दैनिकबाट विद्यार्थी पत्रकारिता सुरु गरेका थिए। उनले यसअघि युवा तथा खेलकुद मन्त्रालयको खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार पाइसकेका छन्। त्यस्तै उत्कृष्ट खेल पत्रकार अवार्ड र अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार समेत पाइसकेका छन् ।
फुटबलमार्फत सामाजिक सेवामा सक्रिय सहारा क्लबले खेल क्षेत्रमा कलम चलाउने पत्रकारलाई प्रोत्साहन गर्न बर्सेनी यो पुरस्कार प्रदान गर्दै आएको छ।

यो पुरस्कार २०६३ सालमा स्थापना गरिएको हो। खेल पत्रकारिता विधामा यो नेपालकै पहिलो पुरस्कार भएको क्लबको दाबी छ। यसअघि यो पुरस्कारबाट २० जना पत्रकार सम्मानित भइसकेका छन्।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->