पाेखरा / डागर स्मृति पुरस्कार–२०८३ बाट युवा उद्यमी आदित्य पोखरेल पुरस्कृत हुने भएका छन् । समाजसेवी तथा पुस्तक व्यवसायी राजन पराशर डागरको स्मृतिमा स्थापित उक्त पुरस्कार यो वर्ष आशीर्वाद पुस्तक पसलका युवा उद्यमी आदित्य पोखरेललाई अर्पण गर्न लागिएको हो ।
२० हजार नगद राशिसहितको पुरस्कार राजन पराशर डागरको २५ औं स्मृतिमा बीच यही भाद्र ३१ गते ऋषिपञ्चमी तिथिमा अमृत कक्षमा आयोजना हुने समारोह बीच अर्पण गरिने प्रतिष्ठानकी संस्थापक रमा पराशर बताउँछिन् ।
उक्त पुरस्कारबाट समाजसेवी विश्वमोहन गौचन, हरिश्चन्द्र शर्मा, सोनाम साङ्पो, रामबहादुर पौडेल, गोविन्दराज पहारी, साहित्यकार आर.एम. डंगोल, भीम रानाभाट, सुमलकुमार गुरुङ, समाजसेवा तथा संस्कृति सेवातर्फ मानव सेवा आश्रम, हिमाली सांस्कृतिक परिवारसमेत पुरस्कृत भइसकेका संस्थाकी उपाध्यक्ष सरिता तिम्सिना पगेनीले जानकारी दिइन् ।
पछिल्लो समय संस्थाले युवा पुस्तालाई प्रोेत्साहित गर्ने क्रममा राष्ट्रसेवक चन्द्रा गुरुङ, युवा वैज्ञानिक मनिषा द्वा, स्वास्थ्यसेवी डा तुलिका दुवे, युवा पाइलट दीक्षान्तजंग राणा, युवा उद्यमी भाष्कर उपाध्याय, राहुल उपाध्याय पुरस्कृत भइसकेको प्रतिष्ठानका परिकल्पनाकार दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।
संस्थाका अध्यक्ष बिन्दु श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकले सर्वसम्मत उक्त निर्णय गर्दै संस्थालाई सहयोग गर्ने शुभेच्छुक, आजीवन सदस्यप्रति कृतज्ञता ज्ञापनसमेत गरेको छ ।





