पाेखरा / संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश फिर्ता भएका छन् । उनी शनिबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
उनी राष्ट्रसंघको महासभामा सहभागी हुन गत मंगलबार साँझ अमेरिका प्रस्थान गरेका थिए । उनले ८ गते महासभालाई सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनबारे विश्वको ध्यान आकर्षित गरेरका थिए ।
महासभाको साइडलाइनमा उनले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस र अष्ट्रेलियाका समकक्षी एन्थोनी एल्बनिजसँग भेटवार्ता गरेका थिए । प्रधानमन्त्रीलाई विमानस्थलमा कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरुङ र पर्यटन मन्त्री गनेस पौडेलले स्वागत गरेका थिए । असोज ६ गते कतारको दोहा हुँदै अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गरेका थिए ।





