शनिबार, असोज १७ २०८३

शनिबार, असोज १७ २०८३
  • १७ असोज २०८३ , शनिबार
  • October 3 2026

सुरक्षाकर्मीको मृत्युले जागेको प्राथमिक उपचार केन्द्र

सुरक्षाकर्मीको मृत्युले जागेको प्राथमिक उपचार केन्द्र

पदयात्रामा जाने तथा अन्नपूर्ण वेश क्याम्प पुग्ने पर्यटकको स्वास्थ्यका लागि यसले ठूलो अर्थ राख्ने अन्नपूर्ण गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष पिताम्बर भण्डारीले जानकारी दिए ।


  • ढोरपाटन संवाददाता
  • असोज १७ २०८३, शनिबार

पोखरा/ट्रेकिङका लागि प्रख्यात रहेको अन्नपूर्ण आधारशिविर बाट करिब २ घण्टा अघि मात्रै स्वास्थ्य केन्द्र छ ।

पोखरा ÷ तीन वर्षअघि अन्नपूर्ण आधार शिविरमा एक सुरक्षाकर्मीको मृत्यु भयो । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षार्थ अन्नपूर्ण आधार शिविरमा खटिएका प्रहरी सहायक निरीक्षक टीकाराम ढुङ्गानाको लेक लागेर मुत्यु भयो । वि.सं.२०८० कार्तिकमा नेपाल भ्रमणमा रहेका राष्ट्रसंघीय महासचिव गुटरेसको सुरक्षामा खटिएका सुरक्षाकर्मीको मृत्युले अन्नपूर्ण आधार शिविरहमा प्राथमिक उपचारको व्यवस्था समेत नभएको विषयलाई प्रष्ट देखाइदियो ।

पर्यटकीय पदमार्ग समेत रहेको अन्नपूर्ण आधार शिविर पर्यटकहरुको रोजाइको केन्द्रमा पर्दछ । ट्रेकिङका लागि प्रख्यात रहेको अन्नपूर्ण आधारशिविर बाट करिब २ घण्टा अघि मात्रै स्वास्थ्य केन्द्र छ । अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ छोमरुङमा स्वस्थ्य केन्द्र रहेको छ । त्यो भन्दामाथि कुनै प्राथमिक उपचार समेत हुँदैन् ।

त्यहि कारण लेक लागेर ढुंगानाको मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछि तत्काल हेलिकप्टरमार्फत पोखरा ल्याएपनि उनको ज्यान जोगिएन । त्यहि घटनाले अन्नपूर्ण गाउँपालिकाको ध्यान त्यसतर्फ तान्यो । त्यसको तीन वर्ष पछि माछापुच्छ्रे आधार शिविरमा प्राथमिक उपचार केन्द्र स्थापना गरिएको छ ।

पालिकाको दश लाख रुपैयाँ र स्थानिय पर्यटन व्यवसायिको पाँच लाख गरि १५ लाख रुपैयाँमा खेलिधुस्थित एमबिसीमा प्राथमिक उपचार केन्द्र स्थापना गरिएको हो । पदयात्रामा जाने तथा अन्नपूर्ण वेश क्याम्प पुग्ने पर्यटकको स्वास्थ्यका लागि यसले ठूलो अर्थ राख्ने अन्नपूर्ण गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष पिताम्बर भण्डारीले जानकारी दिए ।

‘विशेषगरि गुटरेसको एबिसी भ्रमणको क्रममा त्यहाँ खटिएका सुरक्षाकर्मीको मृत्यु भएपछि पालिकाले प्राथमिक उपचार केन्द्रको अभाव महसुस गरेको थियो । हामीले २ दिनअघि मात्रै त्यहाँ प्राथमिक उपचार केन्द्रको उद्घाटन समेत गरेका छौं’ उनले भने, ‘त्यहाँ प्राथमिक उपचार हुने हो । पर्यटकहरुको अक्सिजन लेभल देखी लेक लाग्ने सम्मका उपचार हुनेछ ।’

प्राथमिक उपचार केन्द्रमा हाइ अल्टिच्युट (लेक लाग्ने), अक्सिजन मापन, सामान्य चोटपटकको उपचार हुनुका साथै रक्तचापको परीक्षण गर्न सकिनेछ । यसले पदमार्गमा अब प्राथमिक उपचारको समेत व्यवस्था रहेको देखाएको छ ।

‘अन्नपूर्ण वेश क्याम्पबाट प्राथमिक उपचार केन्द्र आउनै २ दिन लाग्छ हिडेर । अब एविसिबाट नजिकै रहेको एमबिसी (माछापुच्छे« वेश क्याम्प) मै प्राथमिक उपचार गराउने व्यवस्था भएको छ । यो आपतकालीन उद्धार तथा प्राथमिक उपचारका लागि बनेको हो’ उनलेभने । अहिले सो प्राथमिक उपचार केन्द्रमा यस अघि छोमरुङमा काम गरिरहेका स्वास्थ्यकर्मी जुमकाजी गुरुङ कार्यरत रहेका छन् ।

आधार शिविरमा केही वर्ष अघिसम्म यस पदमार्गमा पर्ने सिनुवा, बाम्बो, हिमालय, दोभान, देउराली, माछापुच्छ्रे आधार शिविर र अन्नपूर्ण आधार शिविरमा २६ होटेल सञ्चालनमा थिए ।

अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) द्वारा २०४३ सालदेखि संरक्षण हुँदै आएको यस क्षेत्रमा एक्यापको निर्धारित मापदण्डअनुसार यसअघि प्रत्येक होटलमा ६ का दरले एक सय ५६ कोठा थिए । तर, पछिल्लो समयमा पर्यटकको बढ्दो आकर्षणलाई दृष्टिगत गर्दै यहाँ होटेल स्तरोन्नतिसँगै होटेल विस्तार गरिएपनि स्वास्थ्य केन्द्रको स्थापना भने हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->