शनिबार, असोज १७ २०८३

शनिबार, असोज १७ २०८३
  • १७ असोज २०८३ , शनिबार
  • October 3 2026

बागलुङ बजारमा खानेपानीको संकट

बागलुङ बजारमा खानेपानीको संकट


  • ढोरपाटन संवाददाता
  • असोज १७ २०८३, शनिबार

बागलुङ/बाढीले खानेपानी आयोजनाका मुख्य पाइपलाइनमा क्षति पु¥याएपछि सदरमुकाम बागलुङ बजारमा खानेपानीको समस्या भएको छ । खानेपानीको अभाव हुँदा झण्डै ४ हजार ५ सय उपभोक्ताले आइतबारदेखि समस्या व्यहोर्नुपरेको हो ।

बाढीले बागलुङ नगरपालिका–३ हनुमानमौवा नजिकै रहेको खानेपानी आयोजनाको पाइपमा क्षति पुगेको छ । कैलामपोखरीबाट लिफ्टमार्फत सुल्डाँडा र मुश्यास्वारा ट्याङ्कीमा लगिएको पाइपमा पनि क्षति पुगेको नगर खानेपानी तथा उपभोक्ता संस्थाले जनाएको छ ।

यस्तै, तित्याङ र भकुण्डेको सीमा हुँदै बग्ने रिठेखोलाको मुहानबाट बजारमा ल्याइएको पानीको पाइप तथा काठेखोला गाउँपालिकास्थित भुँदीखोलाको मुहानबाट ल्याइएको पाइपमा बाढीले क्षति पु¥याएको संस्थाका कावा अध्यक्ष हरिबहादुर जिसी ‘सन्तोष’ले बताए ।

जिसीका अनुसार, बागलुङ बजारमा पानी आपूर्ति हुने मुख्य चार वटा मुहानमा निरन्तरको वर्षा र बाढीले ठूलो क्षति पु¥याएको छ । बाढीले ठाउँठाउँमा पाइप बगाउनुका साथै वितरण प्रणालीमा क्षति पु¥याउँदा मर्मत गर्न लामो समय लागेको जिसीले बताए ।

रिठेखोलामा विछ्याईएको करिब ८० मिटर पाइप बाढीले बगाएको छ । कतिपय स्थानमा पाइप बगाएको र कतिपय ठाउँमा मर्मत गर्नुपर्ने अवस्था रहेको जिसीले बताउनुभयो । ‘‘रिठेखोलाबाट ल्याइएको पाइप मर्मत सम्पन्न भइसकेको छ । मुख्य मुहान र वितरण प्रणालीमा क्षति पुग्दा उपभोक्ता प्रभावित भएका हुन्’’ जिसीले भने । संस्थाको सबै जनशक्ति प्रयोग गरेर मर्मतको काम भइरहेको जिसीले जानकारी दिए ।

६ दिनदेखि बागलुङ बजारमा खानेपानीको चरम अभाव भएपछि उपभोक्ताहरुले ट्याङ्करको पानी खरिद गरेर उपभोग गर्न बाध्य भएको बागलुङ नगरपालिका वडा नं. १ रामरेखाका उपभोक्ता दिनेश श्रीसले गुनासो गरे । ‘‘आयोजना मर्मतमा ढिलाई हुँदा सबैभन्दा बढी सर्वसाधारण उपभोक्ता मारमा परेका छन्’’ श्रीसले भने ।

खानेपानी वितरणमा लामो समयदेखि समस्या हुँदा बागलुङका होटल तथा रेष्टुरेण्ट व्यवसाय प्रभावित बनेको उद्योग वाणिज्य संघका अध्यक्ष राजन कुमार शाक्यले बताए । खाना पकाउने एलपि ग्यासको सास्तीबाट भर्खर लग्रिदै गरेको व्यवसाय फेरी पानीको आपूर्ति असहज हुँदा शिथिल बन्ने अवस्थामा पुगेको छ’’ शाक्यले भने ।

बजारक्षेत्रमा खानेपानीको अभावले काकाकुल बन्ने अवस्था आएपछि खानेपानी वितरण बन्द भएको चार दिनपछि मात्र बागलुङ नगरपालिकाले आफ्नो दकमल र ट्याङ्करबाट पानी वितरण गर्न थालेको छ । बुधबार ४८ हजार लिटर वितरण गरेको नगरपालिकाले बिहिबार पनि उपभोक्ताको आवश्यकता अनुसार वितरण गर्ने नगरपालिकाका वरिष्ठ जनस्वास्थ्य निरीक्षक दिनेश जिसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->