शनिबार, असोज १७ २०८३

शनिबार, असोज १७ २०८३
  • १७ असोज २०८३ , शनिबार
  • October 3 2026

‘गैरसरकारी संस्था राष्ट्रको सहयात्री’

‘गैरसरकारी संस्था राष्ट्रको सहयात्री’


  • ढोरपाटन संवाददाता
  • असोज १७ २०८३, शनिबार

पोखरा/जिल्ला समयन्वय समितिका प्रमुख लिलाधर पौडेलले गैरसरकारी संस्थाहरु राष्ट्रको सम्बृद्धिको सहयात्री रहेको बताएका छन् ।

बालबालिकाको क्षेत्रमा कृयाशिल सामाजिक संस्था असल छिमेकी सहयोग संघ (गोनेसा)को पोखराकोसाधारणसभामा बोल्दै उनले सो कुरा बताएका हुन् ।

गैरसरकारी संस्थाहरूले नेपालको विकासको निम्ति खेलेको भूमिका अतुलनीय रहेको र गैससहरू पार्दशिता हुनुका साथै जवाफदेहीतामा अब्बल रहन समेत आग्रह गरे ।

गोनेसाका अध्यक्ष रामप्रसाद सुवेदीले संस्थाद्वारा दिगो विकास लक्ष्यको तीन र चार अनुरूप परियोजनाहरू कार्यान्वयन गर्दै आएको सुनाए ।

उनका अनुसार संस्थाले २०५६ साल देखी अनौपचारिक (सुकुम्बासी बस्ती) को रुपमा बसोबास गर्ने बालबालिकाको न्यूनतम आवश्यक शिक्षा, स्वास्थ्य,पोषण, जिविकोपार्जन, जलवायु परिवर्तन, सरसफाइ र आर्थिकसामाजिक रूपान्तरणलाई निरन्तर सहयोग गर्दै आएकोछ ।

बालबालिकाको सुरक्षित तथा गुणस्तरीय सिकाइ वातावरण निर्माण गर्न यस वर्ष दुई वटा नयाँ भवन निर्माण सम्पन्न गरिएको सुवेदीले बताए । चोरसाँघुमा नयाँ बालविकास भवन तथा नयाँबजारस्थित शान्तिवनमा अर्को नयाँ भवन निर्माण सम्पन्न गरिएको उनले जानकारी दिए । यसैगरी रातोपैरामा रहेको बालविकास भवनलाई पोखरा महानगरपालिका वडा १७ को आर्थिक सहयोगमा मर्मत तथा स्तरोन्नति गरिएको छ ।

उनका अनुसार संस्थाले प्रारम्भिक बाल विकास कार्यक्रम अन्तर्गत करिब २ सय ७६ जना साढे दुई वर्ष देखि पाँच बर्ष उमेर समूहका बालबालिकाहरूले बालविकास केन्द्रबाट सेवा लिएको बताए ।

त्यसैगरी, न्यून आय भएका तथा विपन्न परिवारका बालबालिकालाई सामुदायिक विद्यालयमा निरन्तर शिक्षाको अवसर प्रदान गर्ने उद्देश्यले यस आर्थिक बर्षमा ३ सय ७८ जना बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गराई सहयोग गरेको छ ।

सामाजिक परिक्षण विज्ञ एवं सामाजिक अभियान्ता नारायण पौडेलले संस्थाका कार्यक्रम, उपलब्धि र सिकाइका बुँदाहरूको विस्तृत प्रस्तुति दिएका थिए ।

पोखरा महानगर क्षेत्र भित्र स्थानीय समुदायमा आधारित १२ वटा बाल विकास केन्द्रहरू संचालनमा रहेका छन् ।

साधारण सभामा महासचिव श्यामनाथ कुवरको प्रगति प्रतिवेदन र आगामी वर्ष संचालित कार्यक्रमहरूको कार्य योजना प्रस्तुत गरिएको थियो भने कोषाध्यक्ष निरमाया गुरूङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सोहीक्रममा विभिन्न व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियोे । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराका अध्यक्ष वसन्त गौतम, धनेश्वर रखाल, विमल बहादुर कुँवर, कृष्णबहादुर कुँवरलाई सम्मान अर्पण गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->