आइतबार, असोज १८ २०८३

आइतबार, असोज १८ २०८३
  • १८ असोज २०८३ , आइतबार
  • October 4 2026

जलजलाका ३० विपद् प्रभावितलाई एनआरएनएको राहत

जलजलाका ३० विपद् प्रभावितलाई एनआरएनएको राहत


  • ढोरपाटन संवाददाता
  • असोज १८ २०८३, आइतबार

पर्वत/पर्वतको जलजला गाउँपालिकाभित्रका विभिन्न बस्तीमा विपद्का कारण प्रभावित भएका ३० परिवारलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले राहत सामग्री उपलब्ध गराएको छ ।

एनआरएनएले विपद्बाट प्रभावित परिवारलाई लक्षित गरी उपलब्ध गराएको राहत सामग्रीमध्ये १७ परिवारलाई सम्बन्धित व्यक्तिहरूलाई नै प्रत्यक्ष रूपमा हस्तान्तरण गरिएको हो । बाँकी १३ परिवारका लागि भने राहत सामग्री गाउँपालिकामार्फत पीडित परिवारसम्म पु¥याउने व्यवस्था गरिएको छ । बाँकी राहत सामग्री गाउँपालिकाको कार्यालयलाई हस्तान्तरण गरिएको छ । गाउँपालिकाले सम्बन्धित वडासँगको समन्वयमा उक्त सामग्री विपद् प्रभावित परिवारसम्म पु¥याउने जनाएको छ ।

हालैको विपद्का कारण जलजला गाउँपालिकाका विभिन्न बस्ती प्रभावित भएका छन् । बाढी, पहिरो तथा अविरल वर्षाका कारण प्रभावित बनेका परिवारलाई तत्काल राहत तथा सहयोगको आवश्यकता रहेको अवस्थामा एनआरएनएको सहयोगले प्रभावित परिवारलाई केही मात्रामा भए पनि राहत पुग्ने गवाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले बताए ।

विपद्को कठिन परिस्थितिमा प्रभावित परिवारलाई सहयोग पु¥याएकोमा जलजला गाउँपालिकाले गैरआवासीय नेपाली संघ (एनआरएनए)प्रति आभार व्यक्त गरेको छ ।

बाढी–पहिरो प्रभावित क्षेत्रमा जलजला गाउँपालिकाको समन्वयमा राहत सामग्रीसहित संयुक्त टोलीहरुले पनि काम गरिरहेका छन् । लगातारको वर्षाका कारण पहिरोले सडक अवरुद्ध भएको अवस्थामा समेत गाउँपालिका र विपद् व्यवस्थापन गुल्म बाग्लुङको संयुक्त टोलीले यसअघि नै बिभिन्न स्थानमा पुगेर राहत वितरण गरिसकेको छ । सडक अवरुद्ध भएकाले असहज परिस्थितिका बाबजुद प्रभावित क्षेत्रका नागरिकसम्म शीघ्र राहत पु¥याउन संयुक्त टोली अहोरात्र खटिरहेको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताए ।

जलजला गाउँपालिका–८ फर्सेमा गत असोज ११ गते आएको कालीगण्डकीको बाढीले ७५ घर पूर्णरूपमा बगाएको छ । थप २७ घर जोखिममा रहेका छन् । बाढीले फर्सेबासीको वर्षौँदेखिको मेहनत, पशुपालन, खेतीपाती र जीविकोपार्जनका आधारसमेत तहसनहस बनाएको छ । पूर्वसूचनाका कारण मानवीय क्षति हुन नपाएको भए पनि ठूलो भौतिक क्षतिसँगै विस्थापित परिवार अहिले सुरक्षित पुनःस्थापनाको पर्खाइमा छन् ।

कुनै समय व्यापारिक केन्द्रका रूपमा चिनिएको फर्से पछिल्लो समय कृषि र पशुपालनको केन्द्र बन्दै गएको थियो । बाढीपछि स्थानीयको दैनिकीसँगै गाउँको आर्थिक आधारसमेत प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->