पर्वत/नेपाली काँग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत पर्वतमा भएको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको छ ।
गत बिहीबारको निर्वाचनको शनिवार अबेर सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार प्रदेश सभा (क) को क्षेत्रीय कार्यसमिति सभापतिमा राजु प्रसाद आचार्य र (ख) मा परविन गुरुङ विजयी भएका छन् । मत परिणाम अनुसार सभापति पदमा जलजलाका राजु प्रसाद आचार्यले खुर्कोटका लालकृष्ण शर्मालाई २७३ मतको अन्तरमा पराजित गरेका छन् । आचार्यलाई ५४१ मत आउँदा शर्माको पक्षमा २६८ मत आएका छन् । आचार्य हाल जलजला गाउँपालिकाका अध्यक्ष हुन भने शर्मा कुश्मा नगरपालिका–२ खुर्कोटका वडाध्यक्ष हुन् ।
यस्तै उपसभापतिमा रुद्रमोहन रिमालले भगवती पौडेललाई पराजित गरेका छन् । रिमालले ४८३ मत पाउँदा पौडेललाई ३१४ मत प्राप्त गरेका छन् । सचिवमा निर्दोश लामिछानेले श्रीकृष्ण उपाध्याय रेग्मीलाई पराजित गरेका छन् । रेग्मीलाई ३१८ मत आउँदा लामिछानेले ४८२ मत पाएका छन् । सचिव (महिला) मा मिना के.सी बानियाले स्वइच्छा आचार्यलाई १८४ मतले पराजित गरेकी छिन् । के.सी.को पक्षमा ४८६ मत आउँदा आचार्यको पक्षमा ३०२ मत आएका छन् । सदस्य (दलित) मा सन्तोष बि.क.ले सुरज बि.क.लाई पराजित गरेका छन् । सन्तोषले ५६७ मत पाउँदा सुरजले २०९ मत पाएका छन् ।
उता, प्रदेश सभा (क) को क्षेत्रीय कार्यसमिति सभापतिमा परविन गुरुङ नै दोहोरिएका छन् । अर्का आकाङ्क्षी हरि न्यौपानेलाई पराजित गर्दै सभापतिमा विजयी भएका हुन् ।
काँग्रेसको १४ औँ महाधिवेशनमा पनि गुरुङ र न्यौपानेकाबीचमा नै प्रतिस्पर्धा भएको थियो । उक्त निर्वाचनबाट सभापति बनेका गुरुङले ३११ मत पाएका थिए भने पराजित भएका न्यौपानेले २३३ मत पाएका थिए । उनीहरूबिचको मतान्तर ७८ रहेको थियो ।
जारी १५ औँ अधिवेशनमा भने उनीहरूबिचको मतान्तर झनै बढेको छ । सभापतिमा निर्वाचित गुरुङले ४३४ मत ल्याउँदा न्यौपानेले ३०२ मत पाएका छन् । यो निर्वाचनमा न्यौपाने १३२ मतको अन्तरमा पराजित भएका हुन् । यस पटक कुल ७६२ मत खसेका थिए ।
यस्तै ४० मतले पीताम्बर भुसाललाई पछाडि पार्दै किरण श्रेष्ठ उपसभापतिमा निर्वाचित भएका छन् । श्रेष्ठले ३७० मत पाउँदा भुसालले ३३० मत पाएका छन् । सचिवमा ४२३ मत सहित रामप्रसाद भुर्तेल निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी हेमप्रसाद अधिकारीले २६९ मत पाएका छन् । सहसचिवमा ४०४ मत सहित भिमबहादुर क्षेत्री निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी रिता थापा रानाले ३२४ मत पाएकी छिन् ।
केन्द्रीय महाधिवेशन प्रतिनिधिको अन्तिम मत परिणाम अनुसार चार जना महिलामा मुना भुसाल (११२२), राधा कुमारी कुँवर क्षेत्री (१०२२), सिता कुमारी काफ्ले लामिछाने (९९०) र रेखा गुरुङ (८७२) निर्वाचित भएका छन् । खुल्ला १० जनातर्फ अर्जुनप्रसाद जोशी (१२१३), तोरण मल्ल ठकुरी (राज) (९८८), युवराज जोशी (९१४), गंगाधर तिवारी (८७५), विद्धान गुरुङ (८३०), राजेन्द्रप्रसाद तिवारी (८१०), रामचन्द्र जोशी (८०३), विप्लवजंग हमाल (७४६), विमलराज क्षेत्री (६९४) र मिलन सुवेदी (६९२) ले अरू उम्मेदवारलाई पराजित गरेका छन् ।
एक जना श्रमिकमा अभि गुरुङ (६९३), एक जना विषय विज्ञमा डा. चूडामणि शर्मा (७८४), युवा महिला एक जनामा जानकी प्रधान (८२२), युवा खुल्ला दुई जनामा अजय पोख्रेल (६१३) र सुनिल शर्मा (६०४) निर्वाचित भएका छन् । यस्तै एक जना अपाङ्गतामा खिमप्रसाद भुसाल (९७४), अल्पसङ्ख्यक एक जनामा उमादेवी कुमाल (८०२), दलित खुल्ला एकमा याम बहादुर परियार (शिव) (७६५), प्रजातन्त्र सेनानी, शहीद परिवार र द्वन्द्व प्रभावित एक जनामा अशोक उच्चै ठकुरी (१०५२) तथा दलित खुल्ला दुई जनामा जित बहादुर सुनार (शेरबहादुर) (१०१३) र मीन बहादुर नेपाली (बस्याल) (८४०) निर्वाचित भएका छन् ।
यसै गरी एक जना आदिवासी जनजाति महिलामा मिना कुमारी कर्माचार्य (९६०), खस आर्य तीन जना खुल्लामा शिव शर्मा अधिकारी (८२७), ओम शर्मा चापागाईँ (७३५) र रामबहादुर प्रसाईँ (जीवन) (६११) तथा खस आर्य महिला दुई जनामा मिना कुमारी के.सी (११११) र सुशीला शर्मा (८४२) निर्वाचित भएका छन् ।





