समय, भाग्य र जिन्दगी बिच त्रिकोणात्मक खेल चलिरहन्छ घरि छक्काउन खोज्छन् एक–अर्कालाई घरि भेट्टाउन खोज्छन् एक–अर्कालाई घरि उछिन्न खोज्छन् एक–अर्कालाई घरि उधिन्न खोज्छन एक–अर्कालाई कहिले कसको जित कहिले कसको हार । संघर्षको जर्सि लगाएर जङ्गको मैदानमा जब उत्रिन्छ मान्छे कहिले भाग्यले बेस्सरी पछार्न खोज्छ जिन्दगीले...
कोभिड–१९ सन्त्रास, बिश्व लकडाउनमा रहेको अवस्था, असंगठित क्षेत्रका मजदुरहरु खुट्टामा फोरा उठाउँदै, केवल बाँच्न र बाँच्नैका लागि मात्र, बाध्यतावश लकडाउन उल्लंघन गरि हिँडीरहनु परेको देख्दा । संसार टक्क रोकीइ रहँदा, मृत्यूका संख्याहरु बढिरहेछन् । मित्र, म तिमीलाई कुन उमङ्गले शुभकामना दिउ...
शान्त छ, प्रकृति उस्तैछ दिन, उस्तैछ रात पनि ! सूर्योदयका बिहानी र सूर्यास्तका साँझ पनि उस्तै छन् घरिभत्र बन्द छु घरभित्रै टोलाउँछु घरभित्रैबाट टाढा टाढा मन डुलाउँछु । घरको छतबाट चियाउँछु कोइलीको स्वर पनि उस्तै मीठो पाउँछु आँखाले भ्याएसम्म क्षितिजसम्म नियाल्छु बसन्त त सुटुक्कै आई...
प्रिय, मलाई हराउन देऊ त्यही बन्द कोठामा जहाँ बाहिर नभेटिएका खुसीहरू म आफै भित्र खोज्न सकूँ मलाई नबोलाऊ, नचलाऊ मलाई देख्न देऊ मीठो सपना नियाल्दै आकाशगंगा एकान्तमा बसेर डुबुल्की मार्न देऊ कल्पनाको सागर मलाई संझन देऊ ती वितेका पलहरू जहाँ तिमी स्वर्गकी परी भएर धर्तिमा झरेकी थियौं मलाई चुम्बन...