शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

हारपछि साथी खेलाडीलाई कोहलीले दिए यस्तो चेतावनी

हारपछि साथी खेलाडीलाई कोहलीले दिए यस्तो चेतावनी


  • Dhorpatan News
  • फाल्गुन २५ २०७५, शनिबार

राँची, २५ फागुन, तेश्रो म्याच हारेपछि भारतिय कप्तान विराट कोहलीले आफ्ना ब्याट्सम्यानको प्रदर्शनलाई लिएर चिन्ता प्रकट गरेका छन्। चिन्तासँगै उनले अगामी म्याचमा केहि परिवर्तन हुने पनि संकेत गरे। यसैगरी उनले विश्वकप अघि खेलाडीहरू फर्ममा फर्किनुपर्ने बताए। राँचीमा शुक्रबार भएको खेलमा भारत पाहुना टोली अस्ट्रेलियासँग ३२ रनले पराजित भएको थियो। कोहलीको १२३ रनका बाबजुत भारत ३१४ रनको लक्ष्य नभेट्टाई अलआउट भएको थियो। ‘अगामी केहि म्याचमा हामीले परिवर्तन गर्नुपर्छ तर यसमा सबैभन्दा ठूलो कुरा के हो भने खेलाडीले म्याच जित्ने प्रदर्शन गर्नुपर्यो। इङ्ल्याण्ड जानुअघि खेलाडीहरू आफ्नो उत्कृष्ट फर्ममा हुनुपर्छ। अन्यथा बाहिर रहेका मानिसले यसको फाइदा उठाउने कोशिस गर्नेछन्’, कोहलीले भने।
यसैगरी कोहलीले हिजोको खेलमा विकेटले पनि खासै सहयोग नगरेको बताए। ‘एक समय हामीलाई ३५० रनको लक्ष्य पछ्याउनुपर्ने लागेको थियो। सवघपछि ओस पर्न थाल्ला र हामीलाई सजिलो होला भन्ने लागेको थियो तर त्यस्तो भएन। हामी गलत सावित भयौं’, उनले भने ‘विकेटबाट सहयोग नभएकाले सुस्त बलको फाइदा उठागनुपर्थ्यो। ३ विकेट झर्दा पनि खेल हामीतीरै थियो तर पाँच विकेट झरेसँगै हामीलाई कठिन हुँदै घयो। म र विजय आउट भएपछि हामीले छिटोछिटो विकेट गुमायौं जुन हामी चाहदैनथ्यौं।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->