शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङका तीर्थ पुन र भक्तपुरकी कान्छीमाया च्याम्पियन

बागलुङका तीर्थ पुन र भक्तपुरकी कान्छीमाया च्याम्पियन


  • Dhorpatan News
  • फाल्गुन २६ २०७५, आइतबार

बागलुङ, २६ फागुन – बागलुङका तीर्थ पुन र भक्तपुरकी कान्छीमाया कोजुले आरती स्ट्रिप्स सातौं धरान १० के रनको उपाधि जितेका छन्। तीर्थ पुनले ३१ मिनेट १६ सेकेन्ड र कान्छीमायाले ३७ मिनेट ४७ सेकेन्डमा १० किमी दौड पुरा गरेका थिए। तीर्थ भारतीय गोर्खा सैनिकमा कार्यरत छन् भने कान्छीमाया एपीएफबाट खेल्छिन्। धरान रनद्वारा शनिबार आयोजित प्रतियोगिता विजेता दुबैले जनही ४० हजार रुपैँया हात पारे। तीर्थले धरान रनको उपाधि चौथो र कान्छीमायाले दोस्रोपल्ट जितेका हुन्। पुरुषमा पर्वतका अनिश थापा ३१ मिनेट २२ सेकेन्डबाट दोस्रो भए। उनले ३० हजार रुपैँया जिते। तेस्रो भएका गजेन्द्र राईले ३१ मिनेट ३५ सेकेन्डमा दौड पुरा गरे। उनले २० हजार पाए।
महिलातर्फ धादिङ्गकी सन्ताषी श्रेष्ले ३८ मिनेट ८ सेकेन्ड दोस्रो हुँदै ३० हजार जितिन्। तेस्रो भएकी एपिएफकी पुष्पा भण्डारीले ३८ मिनेट ४७ सेकेण्डमा दुरी पार गर्दै २० हजार जितिन्। १६ वर्षमुनि उमेर समुहको पुरुषतर्फ जुम्लाका नरेश बुढा पहिला, अछामका प्रविणकुमार बोहरा दोस्रो र धरानका किरण लिम्बु तेस्रो भए । महिलातर्फ दमक रनकी मनीषा राई प्रथम, चन्द्रकला भुजेल दोस्रो, र संगीता तामाङ तेस्रो भए। १२ वर्षमुनि उमेर समुहको पुरुषतर्फ रोदन राई पहिलो, अनिश खड्का दोस्रो र अशोक तामाङ तेस्रो भए। महिलातर्फ स्मृति राई पहिलो, लक्ष्मी भुजेल दोस्रो र प्रकृति भुजेल तेस्रो भए।
भेट्रान (४०-६० ) वर्ष) पुरुषतर्फ धर्म महर्जन पहिलो, निर्मल राई दोस्रो र मंगल राई तेस्रो भए। महिलातर्फ रीतादेवी राई पहिलो, भीममाया राई दोस्रो र गंगा गुरुङ तेस्रो भए। उमेर र भेट्रानका पहिलो, दोस्रो र तेस्रोलाइ क्रमशः ७ हजार, ५ हजार, ३ हजार रुपैँया प्रदान गरियो। उक्त अवसरमा सुपर भेट्रान विधाबाट ६४ वर्षे इन्द्रबहादुर राई, उदीयमान खेलाडी इन्द्रकला नेम्वाङ र किरण लिम्बु, धरान रन वर्ष खोलडी दलबहादुर राईलाई सम्मानस्परुप उपहार प्रदान गरिएको थियो। पूर्व राष्ट्रिय मयाराथन च्याम्पियन मुकुन्दहरि श्रेष्ठलाई एथेलेटिक्स खेलमा दिएको योगदानको कदर गर्दै धरान रन संस्थाको तर्फबाट धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख मञ्जु भण्डारी र धरान रनका संस्थापक सन्तोष राई , अध्यक्ष रमु राई र नेपाल एयरलायन्सका क्याप्टेन समेत रहेका अभिनेता विजय लामालगायतले पुरस्कार वितरण गरेका थिए। दौडमा ३५ सय धावक दौडेका थिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->