शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

रोट्याक क्लवको शान्ति दौडमा बुढा प्रथम

रोट्याक क्लवको शान्ति दौडमा बुढा प्रथम


  • Dhorpatan News
  • चैत्र १ २०७५, शुक्रबार

बागलुङ, १ चैत – सामाजिक कार्यमा क्रियाशिल रोट्याक क्लव अफ बागलुङले ७ दिवसिय कार्यक्रमका साथ संचालन गरेको रोट्याक सप्ताह अन्तरगत रोट्याक शान्ति दौड प्रतियोगिता सम्पन्न भएको छ । बिश्व रोट्याक सप्ताहको अवसरमा रोट्याक क्लव अफ बागलुङले पनि बिभिन्न रचनात्मक कार्यक्रमका साथ शुरु गरेको सप्ताह व्यापी कार्यक्रम अन्तरगतको दोस्रो दिन स्कुल स्तरिय रोट्याक शान्ति दौड प्रतियोगिता सम्पन्न भएको हो । कालिका भगवती मन्दिर गेटवाट लोकतान्त्रिक चोक अर्थात बाघको शालिकसम्म भएको रोट्याक शान्ति दौड प्रतियोगितामा बिभिन्न बिद्यालयका गरि २० जनाको सहभागीता रहेको थियो । प्रतियोगितामा धौलागिरि बिरेन्द्र माविका बिद्यार्थी मनबहादुर बुढा प्रथम, अमर आदर्श माविका नृर्तिक घर्ती द्धितीय र चिल्डे«न लाइफ बोडिङ स्कुलका अजय पुन तृतीय भएको प्रतियोगिताका संयोजक सन्देश बोगटीले जानकारी दिए ।
प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष धनबहादुर परियारले खेल क्षेत्रको बिकास र खेलाडिहरुको प्रोत्साहनका लागि यस्ता खालका कार्यक्रमले महत्वपूर्ण सहयोग पुग्ने बताए । स्वास्थ्यमा लागि खेल अनिवार्य भएकाले सवैले खेलको महत्व बुझ्न आवश्यक रहेको बताए । क्ल्वले बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि बिश्व रोट¥याक्ट सप्ताहको अवसरमा बिभिन्न रचनात्मक कार्यक्रम सहित चैत ५ गतेसम्म संचालन गर्ने गरि रोट¥याक्ट सप्ताह शुरु गरेको क्लवका अध्यक्ष बलबहादुर थापाले जानकारी दिए ।सप्ताह अन्तरगत चैत १ गते सुस्त मनस्थिती बिद्यालय उपल्लाचौरमा सामुहिक भोजन, चैत २ गते प्रभावकारी भाषण कला तालिम, चैत ३ गते रोटरी र रोट्याक बिच मैत्रीपूर्ण फुटसल, चैत ४ गते प्रसिद्ध धार्मिक स्थल पञ्चकोटमा पर्यटकिय बोर्ड व्यवस्थापन र चैत ५ गते सप्ताहको अन्तिम दिन छात्रबृति, पुरस्कार बितरण सहित समापन समारोहको आयोजना गरिएको मूल संयोजक ताराप्रसाद शर्माले जानकारी दिए। सप्ताहको पहिलो दिन फागुन २९ गते उद्घाटन समारोह सहित स्कुल स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरिएको मूल संयोजक शर्माले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->