शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

खेलकुद पत्रकार मञ्च गण्डकीको पदस्थापन

खेलकुद पत्रकार मञ्च गण्डकीको पदस्थापन


  • ढोरपाटन संवाददाता
  • चैत्र ५ २०७५, मंगलबार

पोखरा, ५ चैत –नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको प्रथम अधिवेशनबाट निर्वाचित कार्यसमितिको सोमबार पदस्थापन भएको छ ।
गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनकोे प्रमुख आतिथ्यमा भएको समारोहमा निर्वाचन समिति संयोजक अधिवक्ता विष्णुप्रसाद अधिकारीले कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । मन्त्री पुनले प्रमाणपत्र वितरण गरिन् भने सांसदद्वय मीना गुरुङ र दीपक कोइरालाले माला र अबिर लगाइदिएका थिए ।
पदस्थापन समारोहमा बोल्दै मन्त्री पुनले प्रदेशको खेलकुद विकासका लागि मञ्चसँग मन्त्रालयको समन्वय हुने बताइन् । निर्वाचन संयोजक अधिवक्ता अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सांसदद्वय मीना गुरुङ र दीपक कोइराला, पत्रकार महासंघ केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, निर्वाचन समिति सदस्य समेत रहेका महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ, क्षेत्रीय खेलकुद विकास समिति अध्यक्ष सम्पन्न श्रेष्ठ, मञ्चका नवनिर्वाचित अध्यक्ष एकराज गिरी, पत्रकार महासंघ प्रदेश उपाध्यक्ष शान्ति गुरुङ लगायतले बोलेका थिए । कार्यक्रममा मञ्चका निवर्तमान अध्यक्ष केशव पाठकले स्वागत र निर्वाचन समिति सदस्य प्रकाश बरालले संचालन गरेका थिए । यसैबीच, मञ्चको प्रथम बैठकले निर्वाचनमा सहयोग गर्ने सम्पूर्णमा हार्दिक धन्यवाद ज्ञापन गरेको महासचिव विजय नेपालले जनाए । २०५७ सालमा स्थापित नेपाल खेलकुद पत्रकार मञ्च समन्वय समिति कास्की यस वर्ष गण्डकीको नाउँमा दर्ता भएको हो । मञ्चमा ५१ सदस्य छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->