पोखराको पृथ्वीचोकमा रहेका पूज्य पृथ्वीनारयण शाहको सालिकको खोजीगर्दै म तालबारही मन्दिरमा पुगेको थिएँ । तालबाराही परिसरको डिलमा बसेर हेर्दा दुईटा माछापुछ्रे हिमाल देखेको थिएँ । एउटा आकाशमुखी र अर्को पातालमुखी । आकाशमुखी यहाँबाट निकै पर देखिन्छ । पातालमुखि फेवाताल भित्र छ । आकाशमुखि माछापुच्छ्रे संगका कुरकानी अघिल्लो लेखमा लेखिसकें । ऊ संग जतिनै सोधपुछ गरेपनि पृथ्वीचोकका पृथ्वीको बारेमा केही भेउ पाईन । यसपाली पातालमुखि माछापुच्छ्रेले केही भेउ दिन्छिन कि भन्ने आशामा छु । फेवतालको पातालमा लुकामारी खेल्ने सुन्दरीसंग उनको मन चोर्न खोज्दैछु ।
पौडिन भनेपछि मेरो सातो जान्छ । पौडी अभ्यास छैन मेरो । तर आज म ज्यानको बाजि लगाएर फेवातालमै डुब्ने निष्कर्षमा पुगें । मैले गहिराईमा पुगेर मैले खोको कुरा भेटाएँ भने स्वत उत्रने छु ।नभेटाए म उतै रम्ने छु । कारण उनै प्रिय पृथ्वीको खोजी गर्नुछ । पातालमुखी माछापुच्छ्रेलाई भेट्नु छ । सबैकुरा सोध्नुछ । मैले बाराही मन्दिरको डिलमा सुरक्षाका लागि राखिएका रेलिङबाट ुस्काई डाईभु हानें । फेवातालको धेरै भित्र पुगें । भित्र पुगेपछि मेरो कालीगण्डकीलाई बुढापाकाले एक बाँस दुई बाँस गर्दै गहिराई नापेको सुनेको मैले फेवातालको गहिराईलाई भने त्यस्तो नापको आँकलन गर्नै सकिन,न त पातालमुखी माछापुच्छ्रेको चुचुरो नै चुम्न सकें । पातालमा पनि बादलसंग लुकामारी गर्दी रहेछ माछापुच्छ्रे कि भनेको त आकाशमुखीका कुरा सुनेर पातालमुखी लज्जित बनेकि रहिछ । आफ्नो बक्षस्थल सम्ममात्र फेवातालमा देखाएकि उसले पातालमा लज्जावती झार झैं बनेर बसेकि रहिछ । निक्कै परबाट उसलाई देखें । मलाई देखेपछि ऊ झन् लजाई । किनकि उसलाई थाहा थियो आकाशमुखीले देखिजान्ने भएर पनि नजान्ने भएकि थिई । सत्य बोल्न सकेकि थिईन । यी दुई आकाशमुखी र पातालमुखी दिदिहिनी हुन । पातालमुखी उसको छायांमा पर्थी । पातालमुखिको पनि फेवातालले कुमारित्व बचाएर राखेको छ । यस्ति लजालु मुहार बनाएर बसेकि माछापुच्छ्रेलाई मेरो खोजीको बारेमा बताउनु छ । यथास्थितिमा पृथ्वीको थातथलो कहाँ बनेको छ,पहिल्याउनु छ । उनी भन्दा धेरै परबाट मैले आँफु कुनै बलात्कारी नभएर एक हितैषी भीखारीको रुपमा उसलाई विनम्रतापुर्वक मेरा जिज्ञासा राख्न पुगें । 
हे,पातालमुखी पवित्र माछापुच्छ्रे म संग लजाउनु पर्दैन । म संग डराउनु पर्दैन । म बलत्कारी पनि होईन । तिमी निर्धक्कसाथ म संग खुल । लज्जावती नबन । तिम्रै प्राकृतिक स्वरुपमा प्रकट होऊ । म तिमिलाई अौधि मायाँगर्ने बागलुङे हुँ । मैले पोखराको मुटु पुथ्वीचोकमा रहेको मेरो पूज्य पृथ्वीनारायणको पूर्णकदको पृथ्वीको खोजीमा आएको छु । खोज्दैछु । पोखराको पुरै शहर घुमें । मान्छेहरुलाई सोधें । आकाशमुखी माछापुच्छ्रे,जो तिम्रि दिदी हो, उनलाई पनि सोधें । तर मेरो पृथ्वीको अवस्थाको बारेमा मैले केही थाहा पाउन सकिन । त्यसैले तिमिलाई आकाशमुखिबाट पृथ्वीको बारेमा जानकारी चुहेको छ कि भनेर म आएको हुँ । मलाई पृथ्वीचोकका पृथ्वीलाई भेटाउनु छ । तिमिले मलाई सहयोग गर । मेरो मन शान्त पारिदेऊ । मेरो यति अनुनय सुनेपछि पातालमुखि माछापुच्छ्रे सल्बलाउन थालिन् र शर्तसहित म संग खुलेर बोल्न थालिन् साक्षात् माछापुच्छ्रे बनेर ।
हे,मेरा बागलुङे हितैषी १ तिम्रा सबै वेदना सुनें बुझें । म तिम्रा जिज्ञासा पूरा गरिदिन्छु । तर मेरो यौटा शर्त छ मान्छौ कि नाईं रु पालमुखिले मलाई प्रश्न राखिन । भनें – शर्त मञ्जुर छ । तर म मनुवाले तिम्रा शर्त पुरागर्ने क्षमता राख्छ कि राख्दैन तिमिले नै जान्ने कुरा हो । मैले उनको शर्तनामा स्वीकार गरें । उनले भनिन् – मलाई थाहा छ,प्रकृतिले गर्ने कार्य मान्छेले गर्न सक्दैन । मेरो शर्त प्रकृतिले गर्न नसक्ने तर मान्छेले गर्न सक्ने नै हो । तिमिले मेरा शर्त पुरा गर्नुपर्छ म तिम्रा हराएका पृथ्वी रहेको स्थान बताईदिन्छु । मैले भनें – मेरो काबुमा रहेको छ भने म ति शर्त पुरागर्न प्रतिज्ञा गर्दछु ।
मेरो मञ्जुरी पछि पातामुखिले आफ्ना शर्त राखिन् र भनिन् – मैले पातालमा रहिरहनको लागि फेवाताल फराकिलो हुनुपर्छ । जो दिनानुदिन खुम्चिंदै गएको छ । मेरो पुरै शरीर आरामले फैलिन पाएन । फेवातालको अतिक्रमण तिमिले रोक्नु पर्छ । धेरै पहिलादेखि फेवाताल वरिपरि मिचिएको छ । मिचिएको क्षेत्रलाई हटाऊ । म पातालमा बस्दा मलाई श्वासफेर्न मुश्किल भएको छ । फेवाताल दिनदिनै दुर्गन्धित बनेको छ । मैले नाक खुम्च्याउन विवश छु । नाक खुम्च्याउँदा मेरो सौन्दर्यमा आघात पुगेको छ ।तलाउभरी फोहोर तैरिंदा मेरो सौन्दर्यमा निखार आउन सकेको छैन । मेरा मित्र माछाहरु जलप्रदुषणले गर्दा मेरो नितम्ब र बक्षस्थलमा ठोक्किन आउँछन् । म चयनपुर्वक बस्न पाएकिछैन । यो सबै मान्छेले नै गरेको काम हो । यसबाट मुक्त गराईदेऊ । प्रकृतिलाई प्राकृतिक रुपमै रहन देऊ । बस्,यी मेरा शर्त तिमिले पुरागर्नु पर्नेछ । म तिम्रो विश्वासमा परें । अब म तिम्रो पृथ्वीको बारेमा मैले थाहा भएको बताईदिन्छु ।
पृथ्वीचोकमा बाह्रबर्ष पहिले आँधी आयो । विदेशी आँधी । हाम्रो देश भूपरिवेष्ठित भएकाले आँधी आउँदा समुद्रसंग जोडिएका देशभएर समुन्द्री आँधी आउँछ । जस्तै ुहुदहुदु आँधी भारतबाट आएको थियो,त्यसैगरि विदेशी आँधी बाह्रबर्ष पहिले आयो । त्यहि आँधीमा रमाउने नेपालीहरुले पृथ्वीलाई त्याहाँबाट उखाडे । टुक्रापारेर लुछाचुँडी गर्दै यत्रतत्र फ्याँके । बाहिरी आँधीको प्रभावमा परेको हाम्रा नेपाली हावाहरुले धुलिसात बनाए । त्यो बेला म पनि आकाशमुखि दिदिसंग बसेर त्यो आँधी देखेकि थिएँ । विदेशी आँधीको प्रभावमा परेकाहरुको अहिले चेत खुलेको छ । अहिले यिनको चेत खुलेकाले पृथ्वीलाई ठाउँठाउँमा पुनर्स्थापित गर्न थालेका छन् । पोखराको पृथ्वीचोकमा पनि चेत खुलेपछि यथास्थानमा पृथ्वी झनै सुन्दर स्वरुपमा उभिने छन् । विदेशी आँधीको वशमा परेकाहरुको अहिले आत्मा बोल्न थालेको छ मुख बोल्न बाँकि छ । मुख बोल्दाका दिन चमत्कारिक ढङ्गले पृथ्वीले अौंला उठाएको पुर्णकदको शालिक भेट्ने छौ । तिम्रो हाम्रो सबैको नेपाल बनाउने पृथ्वी कहिल्यै हराउने छैनन । तिमिले खोज्दै हिंड्नै पर्दैन, हरेक नेपालीको मनमनमा उनी बसेका छन् ।नेपालको माटोको मायाँ गर्ने सबैको मनमा उनी बसेका छन । तिमिलाई हराए जस्तो लागेर मात्र हो,हराएका छैनन् । तिमिले खोज्न आयौ ठिकै गर्यौ । खोज्नु पर्छ,खोजे के भेटिन्न रु कसैले पृथ्वीलाई विस्थापित गरें भन्ने आत्मरतिमा कोही रमाउँछन भने रमाउन देऊ । पृथ्वी नेपाली माटोको कणकण र नेपालीको आत्म(आत्मामा छन् । पृथ्वी हराएका छैनन् । यहिं छन ढुक्क बन । हे,बागलुङे हितैषी तिमी खुशि भएर बागलुङ फर्क १ तर बागलुङ जानू अगाडि मैले भनेका केही कामहरु गरिदिनु । ल जाऊ अब धर्तीमा जाऊ । तालबराही देवीको दर्शन गर । उनी लगायत सबैलाई यहि सुनाऊ १
उनका कुराले म आश्वस्त भएँ । जलमुनिबाट स्थलमा उत्रिएँ । देवीको दर्शन गरें । फेवातालको चारैतर्फ दृष्टि घुमाएँ । उनले राखेको शर्त सहि रहेछन् । फेवातालको अतिक्रमण भएकै रहेछ । फोहोर उत्तिकै रहेछ । फेवाताल प्रदुषित रहेछ । यसलाई स्वच्छ र सफा राख्ने कामपनि बेलाबेलामा हुँदोरहेछ । अतिक्रमण गरेर घर निर्माण पनि भएका रहेछन् । अदालतले अतिक्रमित भुभागमा बनेका सबै संरचना हटाउन आदेश दिएको पनि रहेछ । हुनत विदेशी आँधीको प्रभावमा परेका मान्छेहरुमा चेत नखुल्दा सम्म सफाचट् फेवाताल बन्न अझै गाह्रो रहेछ । अतिक्रमण रोक्न पनि गाह्रो रहेछ । यी यावत सबै हटाउन त्याहाँको उनपालाई जोड्दार ढङ्गले आवाज राख्नेछु भन्ने मेरो विश्वास पातालमुखिलाई दिलाउँदै हाम्रो पोखराको पृथ्वीचोकबाट हराएका हाम्रा पृथ्वीलाई मैले पनि मनमा राखेर बागलुङ फिर्ती भएँ ।




