स्वास्थ्यसम्बन्धि चेतनाको अभाव , सामाजिक, धार्मिक मूल्य र मान्यता अनुसार कतिपय मानिसहरु अस्पताल जान, खोप लगाउन र उपचार गराउन खोज्दैनन् । बरु उनीहरु रोगलाग्दा वैज्ञानिक उपचार नगराएर धामी÷झाँक्रीकहा जाने,देवीदेवता भाकल गर्छन् । फलस्वरुप उनीहरु उपचार नपाएर मृत्युको मुखसम्मै पुग्न बाध्य हुन्छन् ।
२०३८ सालको जनगणना अनुसार नेपालमा अझै पनि करिब ३५ प्रतिशत नेपालहरु निरक्षर रहेका छन् । निरक्षरताले अन्धविश्वास जन्माउँछ । अशिक्षा र अन्धविश्वासले गर्दा मानिसहरुमा स्वास्थ्यसम्बन्धि चेतनाको कमी छ । अज्ञानताका कारण सन्तुलित खाना खाने ज्ञान पनि छैन, उनीहरुमा । कतियय अवस्थामा बालबालिका तथा गर्भवती महिलाहरु कुपोषणको स्थितिमा पुगेका छन् । उनीहरु रोगले च्याप्दा पनि उपचारको सट्टा धामी÷झाँक्रीकै भरमा पर्दै झारफुकमा विश्वास गर्छन् । रुढीवादी सामाजिक व्यवहारले मानव स्वास्थ्यमा ठूलो असर पु¥याउँदै आए पनि अन्धविश्वासको जरा भने उखेल्न सकिएको छैन । चेतनाकै कमीले गर्दा सामान्य झाडापखाला लाग्दा पनि मानिसले ज्यान गुमाउनु परेको छ । किनकि, अज्ञानताका कारण झाडापखाला लाग्दा पानी खुवाउने, सरसफाईमा ध्यान दिने, सन्तुलित खाना खाने र औषधोपचार गर्नेबारे उनीहरुले ध्यान नै दिँदैनन् ।
त्यसैगरी, नेपालीहरुमा बिभिन्न स्वास्थ्य समस्या देखिनुमा जीवनशैली पनि कारक बन्ने गरेको छ । चेतना हुनेहरु पनि आफ्नो खराब जीवनशैलीका कारण मृत्युको मुखमा पुग्छन् । जस्तै ः सूर्तिजन्य पदार्थको सेवन, मदिरापान र पोषणयुक्त खानेकुराको उपयोग गर्ने कुरामा उनीहरुले लापरवाही देखाउँछन् । मानिसको जीवनशैलीलाई विश्व स्वास्थ्य संगठनले मानिसमा लाग्ने सरुवा रोगको कारण मानेको छ ।
यता, नेपालीहरु बढी कार्बोहाइडे«ट, मसलेदार खाना,तेलमा तारेको र भुटेको खाना खाने गर्छन् । यस्ता खानाले मधुमेह तथा मुटसम्बन्धि रोग लाग्ने प्रबल सम्भावना हुन्छ । सुर्ति र मदिराको सेवनले क्यान्सर तथा मुटुको रोगसहित मृगौला खराब हुनसक्छ । मध्यम तथा उच्चवर्गीय परिवारमा काम गर्नु हँुदैन भन्ने मान्यता छ । काम नगर्दा, ब्यायाम पनि नहुँदा स्वास्थ्यमा नकारात्मक असर पर्छ नै । त्यसैले नपालीहरुको जीवनशैली नै रोग निम्त्याउने कारण बन्नपुग्छ । खाद्यपरिकार, साँस्कृतिक चालचलन र खाने बानीकै कारण नेपालीहरु रोगको सिकार बन्न पुग्छन् । स्वस्थ खाना हैन कि उनीहरु सडेगलेका खानेकुरा पनि खान भ्याउँछन् । वैज्ञानिक जीवनपद्दति उनीहरुले स्वीकार्देनन् । अकोतर्फ नेपालीले पिउने खानेपानी पनि शुद्ध छैन । कतिपय ठाउँमा पानी नै पाइँदैन । जहाँ पाइन्छ, त्यो पानी पनि शुद्ध हुँदैन । सडेगलेका खानेकुरा र फोहर पानी रोगको पहिलो कारण हो ।
नेपालीहरु स्वास्थ्यको ख्याल नै नगरि कतिपय अवस्थामा भोकभोकै पनि बस्छन् । धर्म र ब्रतको नाममा गरिने यस्ता व्यवहारहरु पनि रोगको कारक बन्न सक्छन् । यद्यपी, आयुर्वेदले उपबासलाई पनि स्वस्थ रहने एउटा बाटोको रुपमा व्याख्या गरेको छ । अभ अर्कोतर्फ, नेपालीहरुको खाना खाने तालिका पनि सही छैन । चाडबाडको बेला भेटेजति खाने र नहुँदा भोकै बस्नु राम्रो होइन । खाना सधैँ सन्तुलित हुनुपर्छ ।
नेपाल सरकारले स्वास्थ्यमा खासै लगानी गर्न सकेको छैन । आधाभन्दा बढी नागरिकहरु स्वास्थ्यको पहुँचभन्दा बाहिर छन् । दक्ष जनशक्तिको अभाव छ । सिटामोल खान नपाएर, समयमै सुत्केरी गराउन नपाएर पनि मानिसले ज्यान गुमाउने गरेका छन् । स्वास्थ्य राज्यको दायित्व हो । यो दायित्वबाट राज्य भाग्न पाउँदैन । संविधानमै मौलिक अधिकार भनेर उल्लेख गरिएको स्वास्थ्यमा सेवाको जति महत्व हुन्छ, त्यसमा पहुँच र स्वस्थ जीवनशैलीबारे दिइने जानकारी पनि महत्वपूर्ण हुन्छ । रोग लाग्नुभन्दा रोगको बाटो नै छेक्नु राम्रो हो । रोगको बाटो छेक्न जनचेतना चाहिन्छ । मानिसलाई कसरी स्वस्थ रहने भन्नेबारे सिकाउने, अन्धविश्वास र कुरितिबिरुद्ध अभियान चलाउने अनि पोषणयुक्त खानेकुरा खानुपर्छ भन्नेबारे अझ बढी प्रचार गरिनुपर्छ ।




