सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

अस्थायी शिक्षकलाई असार सम्म करारमा राख्ने तयारी

अस्थायी शिक्षकलाई असार सम्म करारमा राख्ने तयारी


  • ढोरपाटन संवाददाता
  • चैत्र १२ २०७५, मंगलबार

भक्तपुर ,१२ चैत – कार्यरत अस्थायी शिक्षकलाई असार सम्म करारमा राख्ने तयारी गरिएको छ । तोकिएको सुविधा तत्काल नपाउने भए पछि शिक्षकका नेताहरुले करारमा राख्न दिएको दवावका आधारमा शिक्षा तथा मानव श्रोत विकास केन्द्रले उक्त प्रस्ताव गरेको श्रोतले जनाएको छ ।

शिक्षा ऐनको आठौं संशोधनले गरेको व्यवस्था अनुसार शिक्षक सेवा आयोगले लिएको परीक्षाको नतिजा सार्वजनिक भए सँगै कानूनतः उनीहरुलाई तोकिएको सुविधा दिनु पर्ने हुन्छ । तर मन्त्रालयले उनीहरुलाई दिने आवश्यक रकम र दिने प्रकृयाको व्यवस्थापकीय तयारी गर्न नसक्दा यो प्रस्ताव गरिएको हो ।

विद्यालय शिक्षक व्यवस्थापन शाखाका निर्देशक नगेन्द्र रेग्मी खुल्ला विज्ञापनको नतिजा सार्वजनिक भएर नयाँ शिक्षक खटाउन भदौ सम्म लाग्ने भएकोले तत्काल पठन पाठनमा असर नपरोस् भनेर उक्त व्यवस्थाको प्रस्ताव गरिएको बताएका छन् ।

असार सम्म कार्यरत शिक्षकलाई राखियो भने आयोगले लिएको खुल्ला विज्ञापनबाट नयाँ शिक्षक तयार भईञ्जेल सम्म विद्यार्थीको पठन पाठनमा असर गर्दैन भन्ने हाम्रो बुझाई हो’ उनले भने ‘विचमा बर्खे विदा पर्छ अनी भदौबाट नयाँ शिक्षक कक्षामा पुग्दा पढाईमा असर हुँदैन ।’

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->