भनिन्छ मानिस असन्तुष्ट प्राणी हो ।ऊ जति बुझ्ने हुँदै गयो, उसको आवश्यकता तथा महत्वकांक्षा बढ्दै जान्छ । उसको एकपछि अर्काे आवश्यकता सृजना हँुंदै जान्छ । त्यसैले पनि विद्धान मोस्लोले मानिसको आवश्यकताको श्रृंखलावद्ध सिद्धान्त प्रतिपादन गरेका छन् । मानिसको एउटा आवश्यकता पूरा भएपछि तत्कालै अर्काे आवश्यकता सृजना हुन्छ जुन नयाँ आवश्यकताले खुसीलाई टाढा बनाउँदै लान्छ र आवश्यकता पूरा नहुँदासम्म अधिकांश समय चिन्तामा बिताउँछ ।
डेनिस वेईटलेले भनेका छन् कि, व्यक्तिगत सन्तुष्टी व्यक्तिको सफलताको लागि महत्वपूर्ण अंश हो । यदि कुनै व्यक्ति जिन्दगीमा सन्तुष्ट छैन भने ऊ सफल हुन सक्दैन । किनकि, असन्तुष्ट मानिसले राम्रोसँग कार्य सम्पादन गर्न सक्दैन । यहाँ सन्तुष्ट भन्ने शब्दले आफ्नो काममा सन्तुष्ट, घरपरिवार तथा सन्तानहरुसँग सन्तुष्ट, साथीभाईहरुसँग सन्तुष्ट, आफ्ना सहकर्मीहरुसँग सन्तुष्ट, आफ्ना हाकिमसँग सन्तुष्ट, आफ्नो रुपरंगसँग सन्तुष्ट, आफ्ने देश, समाज तथा परिस्थितिसँग सन्तुष्ट, आफ्नो आर्थिक हैसियतसँग सन्तुष्ट आदि जे पनि हुन सक्छन् ।
एकजना मानिस एउटा गाउँमा बस्थ्यो । डाँडाकाँडा, नदिनाला, रुखैरुखको बीचको फूलबारीबीचको त्यो गाउँ बस्नको लागि अत्यन्तै राम्रो थियो । त्यति राम्रो गाँउमा बस्न पाँउदा पनि त्यो मानिस कहिल्यै खुसी थिएन । उसलाई शहरको परिवेशले अत्यन्तै मोहित बनाएकाले उसले त्यो गाँउको घर बेचेर सहरमा घर खरिद गर्नको लागि रियल स्टेट व्यापार गर्ने उसको एकजना साथिसँग मद्धत माग्यो । रियल स्टेट व्यापारीले भोलिपल्ट पत्रिकामा एउटा बिज्ञापन निकाल्यो जसमा लेखिएको थियो,‘एउटा स्वर्गजस्तै घर बिक्रीमा ः शहरको भीडभाडबाट टाढा, पहाडले, नदी, झरना, रुखैरुखबीचको प्राकृतिक फूलबारी, त्यसभित्र सदाबाहर फूलहरुको सुगन्ध आउने, १२ महिना नै ताजा हावा बहने, एउटा स्वर्गजस्तो घर खरिद गर्न ईच्छुक ब्यक्तिले निवेदन दिनुहोला ।’ पत्रिकाको बिज्ञापन उक्त गाउँले मानिसले पढेपछि मन परेर बिज्ञापनमा दिएको नम्बरमा सम्पर्क गर्दा थाहा पायो कि, बिज्ञापन त उसैको घरकै रहेछ । गाँउले मानिस दंग पर्यो र उसले सोच्दै नसोचेकोे सपनाको घर त ऊ आफै बसेको घर रहेछ र खुसी भयो ।
धेरैजसो मानिसहरु कथाको मानिस जस्तै आफूसँग रहेका सुन्दर चिजहरुको पहिचान गर्न नसक्दा दुखी भइरहेकाका हुन्छन् । अरुमा भएका चिजहरु राम्रो देख्ने तर, आफूसँग भएका चिजहरु नराम्रो देख्ने बानीले खुसीहरु कम गराइरहेको हुन्छ । तर, हिजोसम्म अरु मानिसहरुमा भएको चिज आफूले हाँसिल गरेपछि भने मानिसले खुसीलाई धेरै दिनसम्म राखिरहन सक्दैन । दिन बित्दै जाँदा उसको खुसीमा पनि कमी हुँदै आउँछ र अर्काे चिजको आवश्यकताले फेरी खुसी हराउँदै लान्छ र फलस्वरुप फेरि दुःखी बन्न पुग्छ ।
वास्तवमा धेरैजसो मानिसहरुलाई उसले जिन्दगीमा के पाउन खोजिरहेको थाहा हुँदैन । केका लागि असन्तुष्ट भएर दःुखलाई निम्त्याइरहेका छन् । जिन्दगी भर पत्तो नै पाउँदैनन् । विश्वब्यापिकरणको अहिलेको युगमा मानिसहरुमा प्रतिश्पर्धाको नाममा अति महत्वकांक्षी मानिसहरु बढ्दै गएका छन् । जसले गर्दा अत्यन्तै भागदौड र अव्यवस्थित जीवनशैलीले उनीहरुलाई ब्यस्त बनाउनुकोसाथै खुसीबाट टाढिंदै गईरहेका छन् ।
मानिसहरु भविष्यकालागि धन सम्पत्ती जोड्ने नाममा परिवारलाई समय दिन सकेका छैनन् । स्वादको लागि स्वास्थ बिगारेका छन् । अहिले जुन चिज मुख मिठ्याई मिठ्याई खाईरहेका छन् त्यस्तो खानपिनले गर्दा पछि रोग लागेर धेरै चिजको मुखबार्नुपर्ने हुन्छ ।लोभ, लालचले गर्दा क्षणिक आनन्दमा भूलेर भाविष्यम ालामो समयको लागि दुःखलाई निम्त्याइरहेका छन् ।
सन् १९८१ मा बनेको जितेन्द्र र मौसमी चटर्जी अभिनित हिन्दी चलचित्र प्यासा सावनमा हिरो जितेन्द्र एकदम गरीब हुन्छन्। हिरोले हिरोइनलाई भोको पेट राख्नुपरेको बाध्यताको कारणले उनी धनी बन्ने संकल्प गर्छन् र दिनरात नभनी अथक मेहनत गर्छन् । केही बर्षको अथक मेहनतपछि हिरो एकदमै धनी ब्यक्ति बन्छ । जब हिरो धनी बन्छ, उनकी श्रीमती बिरामी पर्छिन् । अब हिरो श्रीमतीलाई जे पनि किनेर खुवाउने हैसियत पुगिसकेको हुन्छ तर बिडम्बना बिरामीको कारणले श्रीमतीले खानेकुराहरु बार्नुपर्ने भएकोले धनी भईकन पनि हिरोले आफ्नी श्रीमतीलाई खानेकुराहरु खुवाउन सक्दैन ।
चलचित्रमा हिरोले धनीबन्ने दौडमा श्रीमतीलाई यथेष्ट समय दिन सकेको हुँदैन र श्रीमती बिरामी भईसकेको हुन्छिन् । जुन खुसीको लागि त्यति धेरै दौडधूप गरिरहेको हुन्छ, त्यहि दौडधूप उनीहरुको दुःखको कारण बन्न पुग्छ । हिरोइन जुन दिन खान सक्थिन, त्यतिखेर उनिहरुसँग खानेकुरा किन्ने पैसा थिएन तर, जुन दिन उनिहरुसँग प्रसस्त पैसा हुन्छ, हिरोइनले खान नसक्ने भइसकेकी हुन्छिन् ।
चलचित्रमा रहेको कथा आजभोलीको आम मानिसहरुको कथा हो । नेपालीमा भनाई छ,‘ उम्केको माछा ठूलो लाग्छ ।’ मानिसलाई जुन कुरा गुमाएको हुन्छ, त्यो कुरा ठुलो हुन्छ तर, जुन कुरा हांसिल गरेको हुन्छ, त्यो ठूलै भएपनि समयसँगै सानो लाग्दै जान्छ र गुमेको कुरालाई सम्झेर दःुखी बन्न पुग्छ । नेपालीमा भनाई नै छ,‘ मानिसलाई १० हजार भेट्टाएको खुसीभन्दा एक हजार गुमाएको दुःखले बढी सताउँछ ।’मानिसहरुको आफूलाई अर्काेसँग तुलनागर्ने बानीले गर्दा पनि दुखी भईरहेको पनि देखिन्छ । आफ्नो घर, परिवार, काम, पेशा, व्यवसाय, गाडी, समाज, देश, परिस्थित आदिभन्दा अर्काको राम्रो देख्दा उनीहरु दुखी बनिरहेका हुन्छन् । जसको मुख्यकारण आफूसँग भएका चिजहरुसँग सन्तुष्ट नहुनु हो ।
यसमा कुनै दुईमत छैन कि, कडा मेहनत नै सफलताको सूत्र हो । तर, अधिकांश मानिसहरु सफलता, महत्वकांक्षाको नाममा जिन्दगीको सन्तुलन मिलाउन नसकेको कारणले गर्दा खुसीलाई टाढा बनाइरहेका छन् । मानिस खुसी हुन सबै कुराको सन्तुलन मिलाउन जरुरी हुन्छ र भएको चिजमा आनन्द लिन सक्नुपर्छ तर, यसको मतलब मेहनत गर्न छोड्नु भने हुँदैन । जे छ, त्यसमा आनन्द लिने भन्नुको मतलब किन बढी परिश्रम गर्ने र सफलताको लागि किन दौडधूप गर्ने भन्ने अर्थम ाभने बुझ्नु हुँदैन ।
अमेरिकीअभिनेत्री ड्रिउ ब्यारिमोरले भनेकी छिन् ,‘खुसी सबैभन्दा राम्रो श्रृंगार हो ।’ मानिसले जतिसुकै मेकअप गरेता पनि खुसी छैन भने उ राम्रो देखिदैन । तर, खुसी मानिस राम्रो देखिन्छ । हामिले इन्टरनेटमा सर्च ग¥यौँ भने गरीब बालबालिका च्यात्तिएको कपडा अनि खाली खुट्टामा पनि आफ्नो धुनमा उन्माद हाँसोकोसाथ साथीहरुसँग खेलेको फोटो देख्न सक्छौँ र तिनिहरु हामीलाई राम्रो पनि लाग्छ । राम्रो कपडा नलगाउँदा पनि उनीहरुको फोटा राम्रो लाग्नुमा उनीहरुको अनुहारमा झल्केको सन्तुष्टि हो ।
प्रत्येक मानिसहरु प्रकृतिका अमूल्य बरदान हुन् । सबै मानिसहरु बिशेष छन् विल्मा रुडोल्फ जन्मेदेखि नै पोलियो रोगी थिए तर उनले आफू पोलियो रोगको कारणले दुखी भइनन् र आफू जे गर्न सक्थिन्, गरिरहिन । फलस्वरुप अथक मेहनतपछि ओलम्पिक बिजेता बनिन् । हंगेरीका क्यारोली ट्याकस निशानेबाजका ओलम्पिक बिजेता हुन् । केही अगाडीमात्र अभ्यासको क्रममा निशाना लगाउँदा दाहिने हातमा ग्रिनेड पड्किएर हात गुम्यो,उनको । तर, उनी आफ्नो गुमेको हातको कारणले दुखी नभई बाँकी रहेको देब्रे हातले अभ्यास गर्न थाले र ओलम्पिक बिजेता बने । संसारका अन्य सफल ब्यक्तिहरुमा पनि केही कमीकमजोरीहरु थिए, कोही एकदमै गरीब थिए ,कोही शारिरीक हिसाबले अशक्त थिए । तर, ती ब्यक्तिहरुले आफूमा रहेको कमी कमजोरीहरुप्रति असन्तुष्ट भएर नबसी आफूमा जे छ, त्यसमा सन्तुष्ट भई भएका चिजहरुको सही सदुपयोग गरेर अगाडी बढ्दै गएर महान सफलता प्राप्त गरे, इतिहास रचे । यी सफल ब्यक्तिहरुबाट हामिसँग जे चिज उपलब्ध छ, त्यसमा सन्तुष्ट हुन सिक्यौँ भने हाम्रो जिवनमा खुसी आउँछ भन्ने सिक्न सक्छौंँ ।
जिन्दगी खुसीसाथ बिताउने हो भने बिहान उठ्नासाथ आफूमाथि कृतज्ञ बनौँ । उठ्नासाथ यति सुन्दर जिन्दगी दिनुभएकोमा भगवानलाई धन्यवाद दिऊँ । अनि यति राम्रो परिवार दिनुभएकोमा धन्यवाद दिऊँ । दुःख सुखमा साथदिएकोमा श्रीमान, श्रीमती तथा परिवारलाई, त्यस्तै, देश, समाज, हाकिम, सहकर्मी, सुन्दर दिन, सुन्दर जीवन,आदि–आदिलाई धन्यवाद दिऊँ ।प्रत्येक दिन कसैले आफूलाई गरेको सहयोग सम्झेर ऊप्रति कृतज्ञ भई मुस्कुराउने गरौँ । यो क्रिया दिनदिनै ग¥यौँ भने हाम्रो जिन्दगीमा खुसीहरु थपिँंदै जान्छ । याद राखौँ, ‘मेहनत गर्न नछाडौँ ।सन्तुष्टि भएखुशि आंउछ । सन्तुष्टबनौं खुशिलाई संधै कैद गरौं ।




