नेपाल पत्रकार महासंघको ६४ औ स्थापना दिवस शनिवार बागलुङ र कास्कीमा पृथक पृथक कार्यक्रमका साथ मनाइएको छ । बागलुङमा विहान प्रभातफेरी कार्यक्रम र दिउसो पत्रकारहरुको स्वास्थ्य परिक्षण गरेर मनाएको महासंघले जनाएको छ । उता, पत्रकार महासंघ कास्की शाखाले भने शुभकामना आदान प्रदान गरेर स्थापना दिवस मनाएको छ । पत्रकार महासंघले शनिवार देशभर नै विभिन्न कार्यक्रम गरेर आफ्ना स्थापना दिवस मनाएको छ ।

शब्द/तस्विर : ढोरपाटन ।




