बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

१ सय ६४ मेगावाटको कालीगण्डकी गर्ज बन्ने पक्का

१ सय ६४ मेगावाटको कालीगण्डकी गर्ज बन्ने पक्का


  • धु्रबसागर शर्मा
  • चैत्र १६ २०७५, शनिबार

म्याग्दी, १६ चैत – काठमाण्डौंमा शनिवार सम्पन्न अन्तराष्ट्रिय लगानी सम्मेलनबाट म्याग्दी जिल्ला पनि लाभान्वित हुने भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ४ नारच्याङमा निर्माणको प्रक्रियामा रहेको १ सय ६४ मेगावाटको कालीगण्डकी गर्जमा चिनिया कम्पनिले लगानी गर्ने सम्झौता भएको छ ।
हाइड्रो सोलुनका प्रमुख ज्ञानेन्द्रलाल प्रधान र यूनान सिन्ह्वा वाटर कम्पनिबीच लगानी सम्वन्धि समझदारी पत्रमा शनिवार हस्ताक्षर भए पछि कालीगण्डकी गर्जमा लगानी आउने पक्का भएको हो । आयोजना चाइना न्यू क्लियर पावर गु्रप यूनाङ सिङहवा वाटर कन्जर्भेसन एण्ड हाइड्रोपावर कम्पनिले बनाउने गरी लगानी सम्मेलनमा सम्झौता भएको हाइड्रा् सुलुसनका प्रमुख ज्ञानेन्द्रलाल प्रधानले जानकारी दिए । कालीगण्डकी गर्ज निर्माण प्रक्रियामा प्रवेश गरी लगानीका अभावमा अलपत्र परेको थियो । आयोजनालाई तिब्रता दिन चाइनिज कम्पनीले ८० प्रतिशतसम्म लगानी गर्ने सम्झौता भएको छ ।
मुस्ताङको दामोदरकुण्डदेखि शुरु भएर म्याग्दी हुँदै बग्ने कालीगण्डकी नदीको पानीबाट विद्युत उत्पादन गर्न २०६३ सालमा कालीगण्डकी गर्ज आयोजनामो सर्वेक्षण भएको थियो । २०६८ पुस १९ गते उत्पादन लाइसेन्सका लागि विद्युत विकास विभागमा निवेदन दिएको आयोजनाले प्रक्रिया पूरा नगरेपछि लाइसेन्स नै रद्ध भएको थियो । पुरानो लाइसेन्स रद्ध भएपछि नेपाल कालीगण्डकी गर्जको नाममा पुरानै कम्पनिले आयोजनाको पुनः सर्वेक्षण र निर्माण प्रक्रिया अघि बढाएपछि चिनियाँ कम्पनिले लगानीमा चासो देखाएको थियो ।
यस आयोजनाको हिमाली जिल्ला मुस्ताङको थासाङ गाउँपालिकाको घाँसामा बाँध र म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा विद्युत गृह प्रस्ताव गरिएको छ । आयोजनाको पाँच किलोमिटर सुरुङ रहने छ । आयोजनाले नारच्याङमा ३ करोड रुपैयाँ मुआब्जा दिएर ३०० रोपनी जग्गा अधिग्रहण गरिसकेको छ । आयोजना बनाउन ४० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । नदीको बहाबमा आधारित रन अफ दि रिभर आयोजनालाई अर्धजलाशययुक्त (पिकिङ) बनाउने गरी तयारी गरिएको छ । प्रस्तावित कालीगण्डकी गर्ज कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडकखण्ड अन्तर्गत अन्नपूर्ण गाउपालिकामा पर्दछ । यहाँ सरकारले सडक तथा खानेपानी पूर्वाधार पु¥याइसकेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->