मुलुकमा क्या नाम दुई तिहाई बहुमतको सरकार छ, सरकार तिलस्मी शौन्दर्यताका पुलिन्दा बोकेर गाइरहेकोछ समृद्ध नेपाल सुखी नेपालीको लोरी, खरायोको शैलीमा दौडनुपर्ने सरकार कछुवाको गतिमा समय कटाइरहेको छ यही मेसोमा नागरिकले सरकारलाई प्रश्न गरिरहेको छ सरकार गठनका एकवर्षमा सरकारले मुलुक र मुलुकवासीको लागि के गर्न सक्यो ? ठ्याक्कै न ह छ सरकारसँग न न, छ त केवल उही लोरी समृद्ध नेपाल सुखी नेपाली बस् । सरकार मृगमरिचिका बाँडी रहेको छ र काँग्रेस सरकारको लोरी सुनेर यति गहिरोसँग हतास भएको छ की उ अब कहिल्यै सत्तारोहण गर्न पाउने छैन, काँग्रेसको जहाज डुबिसक्यो, डुब्दै गरेको जहाजको छतमा उभिएर उ अफवाह पैmलाउन उद्यत छ, विधि, नीति र थीतिबाट च्युत काँग्रेस इतिहासमै यसरी हरिकङ्गाल बन्न पुगेको छ विचार र राजनैतिक एजेण्डामा की साँच्ची काँग्रेस अब पनि राजनैतिक पार्टी हो र ? प्रश्न गर्नु नाजायज नहुने गरी काँग्रेस पतनको बाटोमा हिंड्न उद्यत भएको छ, सदन, सडक र सामाजिक सञ्जाल यी तिनै ठाउँमा उभिएका काँग्रेसका नेता, कार्यकर्ता र समर्थकले गरे बोलेका शब्दले प्रमाणित गर्छ, काँग्रेसका नेता, कार्यकर्ता र समर्थकले सामान्य विषयलाई अतिरञ्जना गरी सत्तारुढ दल र सरकारप्रति जुन शब्दहरु आरोपमा खर्च गरिरहेका छन् त्यसले सत्ताविनाको काँग्रेसको जीवन कति भयानक र अस्मेल छ र त्यसले काँग्रेसको वैचारिक धरातल कति कमजोर रहेको छ प्रमाणित पनि गर्छ । कहिले गोविन्द के.सी. कहिले निर्मला पन्त, कहिले सिके राउत त कहिले वाइड बढी र कहिले गीतलाई अतिरञ्जना गरेर पार्टीको आन्तरिक जीवनको क्यान्सरलाई उपचार हैन ढाकछोप गर्न र सरकारलाई अलमल्याउन काँग्रेसले जुन रणनीति लिईरहेको छ त्यसले उसको बचेखुचेको साख र उचाईलाई धुलिसात बनाईरहेको छ । काँग्रेसको अतिरञ्जनामा सरकार र सत्तारुढ दल मौन छ, नेकपाका नेता कार्यकर्ता र समर्थकहरुको मौनता गज्जब छ त्यसको सार बुझिनसक्नु छ, सरकारले खास्सै नागरिकको मन जित्नेगरी काम गर्न सकेको देखिदैन तर यो सत्यलाई स्वीकार गर्न सत्तासीनहरु तयार छैनन् । कहिलेकाहिँ सरकार छ है भन्नु वाहेक ओली सरकारले चुनावताका भने गरेका बाचा अनुसार काम गर्न सकिरहेको छैन तद्यापी यो एकवर्षको समयमा मुलुक सञ्चालनका लागि निर्माण गर्नुपर्ने ऐन, नियम र कानुन निर्माणमा सरकार पूर्णरुपमा लागिपरिरहेको छ, ऐन, नियम र कानुन निर्माणलाई आम सर्वसाधारणसम्म पु¥याउन नसक्नु र आन्तरिक रुपमा नेकपाको एकतालाई पूर्ण गर्न नसक्नुले वर्तमान सरकारप्रतिको नागरिकको अपेक्षा दिनानुदिन घटिरहेको छ यहि मौकामा आन्तरिक रुपमा गुट उपगुट र अपारदर्शीताले भ्वाङ परिरहेको काँग्रेस निम्नस्तरका शब्दको सहारामा सरकारलाई बदनाम गर्ने खेलमा लागिरहेको छ । काँग्रेसलाई समुल उभ्याउन नीति, थीति र विधिमा टेकेर रचनात्मक प्रतिपक्ष, जिम्मेवार र संवेदनशील प्रतिपक्ष, अनुशासित र पारदर्शी प्रतिपक्ष, समााजवादी चिन्तन र व्यवहारले लैस प्रतिपक्ष, राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा दह्रोसँग उभिएर संघर्षरत प्रतिपक्ष बनाउनु पर्नेमा काँग्रेसका मठाधिसहरु कार्यकर्तालाई सामाजिक सञ्जालमा फसाएर तिनको चेतनालाई बन्धक बनाएर राजनीतिको रोटी सेक्नमा मग्न देखिन्छन्, कालान्तरमा काँग्रेसको यो अपरिपक्वता, अनुशासनहिनता, उदण्डताले यो व्यवस्थाको गरिमाको उचाई घटाउने र मुलुकमा फेरी हिंसाको राजनीति स्थापित गराउनेछ । प्रतिपक्षको रचनात्मक सहयोग र साथ लिनु सरकारको कर्तव्य र नीति हुनुपर्छ र सरकारलाई रचनात्मक साथ र सहयोग गर्नु प्रतिपक्षको दायित्व हो, वर्तमान नेपाली राजनीतिलाई नियाल्दा हठको नदिमा यी दुवैथरी डुबुल्की मारिरहेका छन् । यहिँनेरबाट हाम्रा स्थगित सपनाको हत्याको सिलसिला पुनः शुभारम्भ भएको छ ।
मुलुकमा महङ्गी बढिरहेको छ, भ्रष्टाचार बढिरहेको तथ्य सार्वजनिक भइरहेको छ, सुशासन केवल चुनाव हातपार्ने अस्त्र मात्र सावित बनिरहेको छ, बेरोजगारी त्यसको दुःख भिन्नै छ, स्थायित्व, सुशासन र समृद्धि केवल मृगमरिचिका सावित भइरहेको छ, मुलुक अहिले पनि विषम परिस्थितिमा छ तर सरकार उ मौन छ । प्रतिपक्षले लगाईरहेको आरोपप्रति सरकारको मौनताले नागरिकले सरकारलाई सोध्न बाध्य छ के सरकार र उसका निकायहरुमा चरम भ्रष्टाचार बढिरहेको कुरो साँचो हो ? प्रशासनिक ढिलासुस्ति, भ्रष्टाचार, बिग्रदो शान्ति सुरक्षा समृद्ध नेपाल र सुखी नेपाली अभियानका बाधक हुन् तर सत्तारुढ दल र सरकार विपक्षीले यति निर्मम प्रहार गर्दा पनि ती मौन देखिन्छन् । सरकारले केही पनि गर्न नसकेकै होत ? प्रतिपक्षले आरोप लगाए जस्तो शुरु शुरुमा मिडियामा हंगामा बनाएर एउटा एउटा काममा हात हाल्ने र बीचमै त्यसलाई गुमनाम छोड्ने काम सरकारले गरिरहेको जुन आरोप छ त्यसमा केही प्रतिशत सत्यता पनि छ, समृद्धिको लोरी गाएर प्रतिपक्षले काम गर्न दिएन भनेर आफु पन्छिने जुन परिपाटी वर्तमान सरकारको छ त्यो सुखद कुरो हैन, गाउँदेखि केन्द्रसम्म सरकारी दलबाट निर्वाचित जनप्रतिनिधिहरुको कामगर्ने तौरतरिका त्यसमा स्वयम सरकारी दलकै नेता, कार्यकर्ता र समर्थक पनि खुशी छैनन्, सरकार र नेकपाको यहि शैलीले नेपाली राजनीतिमा कुरुप शब्दको खेती फस्टाईरहेको छ । सरकारको काम विरोधीलाई यतिविधि नग्न शैलीमा सडकमा उतार्नु हैन ।
२००७ सालदेखिको नेपाली जनताको सपनालाई साकार पार्ने यो समय राजनैतिक दलहरुमा परिपक्वता, संवेदनशीलता र इमान्दारिताको खडेरी देखिन्छ । नेताहरुले बोल्ने भाषा एउटा राजनीतिज्ञले बोल्न हुने स्तरबाट च्यूत देखिन्छ, कार्यकर्ता र सामान्य समर्थक ती वैचारिक रुपमा पुरै स्खलित पात्र जस्ता देखिन्छन् जससँग न विचार छ न राजनैतिक एजेण्डा ती त शीर्पm रामलीलाका ढँटुवारे शैलीमा वेलगाम फेरी मारिरहेछन् नेताको । राजनीतिक शौन्दर्यताको चीरहरणमा भूईंदेखि केन्द्रसम्मका नेता कार्यकर्ता र समर्थकहरु जसरी लागी परेका छन् त्यसले कालान्तरमा यो व्यवस्थाको शौन्दर्यता र गरिमा माथी यथास्थितिवादीहरु र अतिवादीहरुको चुनौती थप बढ्नेछ । राजतन्त्र स्थापनाको लागि राजावादीहरु र यो व्यवस्थाको विरुद्ध विप्लव माओवादीको जनयुद्ध रोक्नको लागि काँग्रेस र सत्तारुढ नेकपा संवेदनशील हुनु जरुरी छ तर यी दुवै दल समयप्रति न जवाफदेही देखिएका छन् न संवेदनशील, यी त केवल राजनैतिक नारावाजी, आरोप प्रत्यारोपमा समय खर्च गरिरहेका छन् । दुई तिहाईको दम्भ र सत्ताच्युत हुँदाको पीडाबीच काँग्रेस र सत्तारुढ दलले जसरी एकवर्ष विताएका छन् त्यसले नागरिकको मनमा पलाएको आशाको अंकुर स्वस्थ रुपमा उभिएर उचाई छुन सकिरहेको छैन । राजनीति र व्यवस्थाको गरिमा र त्यसको शौन्दर्यको मानमर्दन गरेर निर्माण गरेको विकासले न शान्ति ल्याउन सक्नेछ न नागरिकमा उत्साह र उर्जाको विजारोपण, निराशा, कुण्ठा र जीवनका हार्दभावहरुको जीवन्तता खोज्दै हजारौंको सङ्ख्यामा युवाहरु विदेशतिर कुदिरहेका छन् । देशको जमिन पुरै घडेरी र बाँझो बनेको छ, युवाको पलायनले मुलुक कसरी समृद्ध र सुखी बन्न सक्छ ? देशका राजनीतिकर्मीहरु तिसँग केवल चुनावी जवाफ मात्र शेष छ खासमा युवाहरुको पलायन रोक्ने र मुलुकलाई समृद्ध बनाउने योजना केवल कागजमा सिमित बनिरहेका छन् । नियति जस्तो यो नियमितता अरु कति सय या हजार वर्ष यो धरामा चलिरहला ? अरु कति सय या हजार वर्ष राजनीतिज्ञमा सत्ताको लोभ जीवित रहला ? जबसम्म मुलुकप्रतिको जवाफदेहिता, संवेदनशीलता र अनुशासन राजनीतिकर्मी र तिनका कारिन्दामा हुँदैन मुलुकमा दुईतिहाईको सरकार बनिरहे पनि त्यसले काम गर्न सक्नेछैन । वर्तमान सरकारले गम्भीर भएर सोच्नु जरुरी छ सरकार नेकपाको हो काँग्रेसको हैन उसको आप्mनै घोषणा पत्र छ, घोषणा पत्र केवल चुनाव जित्नको लागि मात्र हैन भने वर्तमान सरकारले युद्धस्तरमा काम गर्नु विकल्प छैन र मुलुक निर्माण गर्ने अभियानमा युद्धस्तरमै साथ र सहयोग गर्नुको विकल्प काँग्रेसँग पनि छैन । सरकारको विरोधको नाममा राजनैतिक शौन्दर्यताको चीरहरणमा मग्न काँग्रेस र दुई तिहाईको दम्भमा कुम्भकर्ण सुतिरहेको सत्तारुढ दलले बुभ्mनु जरुरी छ की यो व्यवस्थाको शौन्दर्यताको चीरहरणले न नेकपाको न काँग्रेसको भविष्य सुनिश्चित र सुखद हुनेछ, नेकपा र काँग्रेसको भविष्य र उपादेयता व्यवस्थाको स्थायित्व र सुशासनमा मात्र जीवन्त रहनेछ, नीति, थीति र विधिबाट च्यूत भएर सत्ताकेन्द्रित राजनीति गरिरहेका नेकपा र काँग्रेस बन्धुहरुलाई चेतना भया !
bhbaglunge@gmail.com




