पर्वत,२० चैत – नयाँशक्ति पार्टी नेपालका पर्वत संयोजक नन्दलाल डुम्रे नेपाली कांग्रेस प्रवेश गरेका छन् । नेपाल शिक्षक संघ पर्वतले हुवासमा आयोजना गरेको प्रतिनिधि सभा सदस्य सम्मेलन र कार्यकर्ता प्रशिक्षण कार्यक्रममा कांग्रेस महामन्त्री सशांक कोइरालाले पार्टी प्रवेश गराए ।
पार्टी प्रवेशपछि डुम्रेले भने, ‘आज म भावुक र खुसी छु । साहसको कदम उठाएको छु , पक्कै पनि कांग्रेसको छायाँले मलाई जनताको सेवा गर्ने अवसर दिनेछ ।’
डा बाबुराम भट्टराई लगायत कार्यकर्ता हरुले आश्वासन दिएर नयाँ शक्तिमा आबद्द भए पनि आफूलाई पछिल्लो समयमा नयाशक्तिको विचार मन नपरेको र पार्टीले काम पनि नदिएको उनको गुनासो थियो । ‘नाम मात्रको संयोजक बनाइयो’, उनलपे भने,‘अब अरु साथीहरु पनि आउनुहुन्छ ।’
देशमा तीन तहको निर्वाचन, समावेशी संविधान निर्माण गरेको र जनताले विश्वास गरेको पार्टी कांग्रेस नै भएको कारण आफू काँग्रेसमा समाहित भएको उनको जिकिर थियो ।





