बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

शिक्षा नै चौतर्फी विकासको मेरुदण्ड

शिक्षा नै चौतर्फी विकासको मेरुदण्ड


  • निशा अधिकारी
  • चैत्र २० २०७५, बुधबार

शिक्षाले मानिसमा रहेको अज्ञानता हटाई उसलाई सजग र सिर्जनशील बनाउँछ । किनकि जीवनका प्रत्येक पाइलामा शिक्षा अति महत्वपूर्ण हुन्छ । यसले विकास र सभ्यता प्रतिबिम्बित गर्नुका साथै विकासको मूल फुटाउँछ । शिक्षा त्यो ज्योति हो जसले रत्नकार जस्तो डाँकुलाई पनि एउटा महान् व्यक्तित्व बनाएको थियोे । शिक्षाले देशलाई पनि विभिन्न दक्ष जनशक्ति जस्तै ः डाक्टर ,ईन्जिनियर ,कुशल प्रशासक आदि बनाउंँछ । किनकि शिक्षाकै कारण आज मानिसहरुले विभिन्न प्रविधिहरु विकास गरिरहेका छन् । एउटा असल मान्छे बन्नको लागि शिक्षा चाहिन्छ होइन र? स्वास्थ्य ,यातायात ,सञ्चार ,उद्योग आदिको विकासका लागि शिक्षा अपरिहार्य छ । यसकारण शिक्षाको विकासबिना कुनै पनि क्षेत्रको विकास सम्भव छैन । साँच्चै भन्ने हो भने जुन देशको शैक्षिक स्थिति सुदृढ छ ,त्यस देशका अरु क्षेत्रहरु पनि विकसित हुन्छन् ।
त्यसैगरी प्राचिन समयमा वैदिक र बौद्ध धर्मको शिक्षा लिइन्थ्यो, गुरुकुलमा पढाई हुन्थ्यो । गुरुकुलमा गुरु र चेलाबीचको सम्बन्धलाई प्रगाढ हुन्थ्यो । १९१० सालमा दरवार हाइस्कूलको स्थापना भएपछि नेपाल आधुनिक शिक्षाको युगमा प्रवेश गरेको हो। सुरुमा राणा परिवारका सन्तानको लागि खोलिएको विद्यालयले पछिका दिनमा सर्वसाधारणका लागि पनि शिक्षा दिन थालिएसँगै मुलूकका विभिन्न भागमा अन्य विद्यालयहरु पनि खुल्न थाले । त्यसैगरी १९७५ सालमा त्रिभुवनचन्द्र कलेज स्थापना भएपछि नेपाल आधुनिक उच्चशिक्षाको युगमा प्रवेश गरेको थियो हाल नेपालको शैक्षिक संरचना पूर्व प्राथमिक तहको शिक्षादेखि विद्यावारिधिसम्म बिस्तार भएको छ । यश क्षेत्रमा भएका नीतिगत , कानूनी ,संस्थागत , कार्यक्रमगत र मानवीय विकासका प्रयासहरुले शिक्षा क्षेत्रमा महत्वपूर्ण उपलब्धि भएको छ । शिक्षाको महत्वबारे सर्वसाधारणमा चेतना जगाउने खालका प्रभावकारी प्रचारात्मक कार्यक्रमहरु सञ्चालन गर्ने ,आधारभूत तहको शिक्षालाई अनिवार्य गर्ने ,शिक्षाको आधारभूत तह पूर्णरुपमा निःशुल्क गर्ने ,सघन साक्षरता कक्षा सञ्चालन गर्ने ,शिक्षा सहयोगको उचित उपयोग र परिचालन गर्ने जस्ता विभिन्न साक्षरता कार्यक्रमहरु ल्याएता पनि नेपालजस्तो साधनश्रोतमा कमजोर मुलुकका लागि हालको करिब ६५.९ प्रतिशतको साक्षरता दरलाई शतप्रतिशत पु¥याउनु निकै चुनौतिपूर्ण काम हो ।
नेपालको समग्र शिक्षाविकास प्रक्रिया कैयौं समस्याहरुबाट ग्रस्त छ । किनकि समयसापेक्ष ,व्यावहारिक र वैज्ञानिक शिक्षाका लागि राज्यको पहल नगन्यरुपमा छ । आन्तरिक र बाह्य श्रोतबाट प्राप्त साधनस्रोतको सदुपयोग हुन सकेन किन त? किनकि नेपालको शिक्षा गुणस्तर नभएको अवस्था हो कि यसलाई गुणस्तरीय बनाउन नसकिएको हो ? आजका युवापिँढी उच्च शिक्षा हासिल गर्न विदेशिनु परेको छ । यो रहर कि बाध्यता ? या उपलब्ध सेवा सुविधाहरु प्रतिस्पर्धी र सेवामुखी नभएको अवस्था? नेपालका केही जिल्लामा शिक्षकहरुमा पेशाप्रतिको इमान्दारिता र कर्तव्यबोधको न्यूनता पाइएको पनि छ । निहित राजनैतिक स्वार्थसिद्ध गर्न अभिप्रेरित गरिने बारम्बारको बन्द हड्तालले पनि शिक्षालाई विशेषरुपले प्रभाव पारिरहेको छ । अतः अझै सर्वसाधारणमा शिक्षाको महत्व र आवश्यकताबारे यथेष्ट चेतना जगाउन सकिएको छैन ।
सबै तहको शिक्षालाई अपेक्षाकृत समावेशी बनाउन र विद्यालयमा बालमैत्री वातावरणको सिर्जना , माध्यमिक तह क्रमिक रुपमा ः गर्न दीगो स्रोतको व्यवस्था गर्ने ,प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको पहुँच पु¥याउने , शिक्षासम्बन्धि तथ्यांक व्यवस्थापन पद्धतिलाई व्यवस्थित गर्ने , विकेन्द्रीकरणलाई व्यवहारिकरुपमा प्रभावकारी बनाउने ,शिक्षक व्यवस्थापन प्रभावकारी बनाउने जस्ता चुनौतिहरु रहेपनि मुलुकका करिब एक तिहाई विद्यालयको व्यवस्थापनमा समुदाय तथा विद्यार्थीको संख्या सक्रिय सहभागिता रहँदै आएको छ ।
करिब २१ लाख विद्यार्थीले वार्षिक रुपमा छात्रवृत्ति प्राप्त गरेका र प्रति विद्यार्थीमा आधारित लगानी नीतिगतअनुसार विद्यालयहरुलाई अनुदान प्रदान गरिनुका साथै शिक्षामा लगानीमैत्री वातावरण सिर्जना भएको छ । चालु योजना (२०७३र२०७४(२०७६) ले अघि सारेका शिक्षा क्षेत्रका उदेश्यहरुस् शिक्षामा समतामूलक अवसहरु सुनिश्चित गर्दै शिक्षालाई सीपयुक्त, समय सान्दर्भिक र गुणस्तरयुक्त बनाउनु ,वैकल्पिक उपायहरूको अवलम्बनबाट सबै तह एवम् प्रकारको शिक्षा र सीपमुलक तालिममा पहुँच अभिवृद्धि गर्नु , शैक्षिक प्रशासनमा निरन्तर सुधार , नव प्रवर्तन र सुशासनलाई संस्थागत गर्नु आदि योजनाहरु अघि सारिएको छ ।
त्यसैगरी मातृभाषामा शिक्षा लिनदिन पाउने कुरालाई स्विकार गरिएको ,प्राथमिक शिक्षाको तयारीको लागि पूर्व प्राथमिक बालशिक्षा तथा विकासलाई प्रयोग ल्याइएको,बालबालिकाको शिक्षालाई अधिकारको रुपमा स्विकार गरिएको ,पिछडिएको जाति वा समुदायको पहुँचसम्म बालबालिका शिक्षालाई पु¥याउने प्रयास गरिएको ,आधारभूत तथा माध्यमिक शिक्षाका संगठनात्मक स्वरुप परिवर्तन गर्ने सम्बन्धि योजनाहरु तयार भएको,उच्चशिक्षा तथा विद्यालय शिक्षामा साझेदारीको अवधारणा विकसित हुन थालेको,उद्योग तथा व्यवसायिक प्रतिष्ठानहरु शिक्षातर्फ आकर्षित हुन थालेको आदि विभिन्न शिक्षा विकासका उल्लेखनीय पक्षहरु रहेका छन् भने शिक्षा क्षेत्रमा सुधार गर्नुपर्ने पक्षहरु पनि त्यस्तै छन् । १३ प्रतिशत बालबालिका अझै प्राथमिक शिक्षावाट बञ्चित रहेको ,शिक्षा गुणात्मक हुन नसकेको , व्यवसायिक शिक्षातर्फ आकर्षण बढाउन नसकिएको,शिक्षित बेरोजगारको संख्या भयावह रहेको आदि पक्षमा सुधार गर्ने सके कैयौं विद्यार्थी उच्च शिक्षाको लागि विदेशिन पर्दैन थियो कि?

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->