बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कालीगण्डकी प्राविधिक शिक्षालयको औपचारिक उद्घाटन

कालीगण्डकी प्राविधिक शिक्षालयको औपचारिक उद्घाटन


  • Dhorpatan News
  • चैत्र २४ २०७५, आइतबार
tgx'Fsf] l3l/ª ufpFkflnsf–! k'§f/ l:yt sfnLu08sL k|fljlws lzIffnosf] pb3f6g ub}{ u08sL k|b]zsf cfly{s dfldnf tyf of]hgfdGqL ls/0f u'?ª . t:jL/ M s[i0f Gof}kfg], bdf}nL, -tgx'F_, /f;;

दमौली,२४ चैत –  प्रत्येक स्थानीय तहमा प्राविधिक शिक्षालय सञ्चालन गर्ने सरकारको घोषणाबमोजिम तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टारमा स्थापना भएको कालीगण्डकी प्राविधिक शिक्षालयको उद्घाटन गरिएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटीइभिटी)मार्फत् मङ्सिर २ गतेबाट नै पढाइ सुरु भइसकेको उक्त शिक्षालयको शनिबार गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले उद्घाटन गरेका हुन्।

सो अवसरमा मन्त्री गुरुङले दक्ष जनशक्ति भए मात्रै समृद्ध नेपाल निर्माण सम्भव रहेको उल्लेख गर्दै दक्ष जनशक्ति उत्पादन प्राविधिक शिक्षाबाट हुने बताए । उनले परम्परागत शिक्षा प्रणालीले बेरोजगार जनशक्ति मात्रै उत्पादन गर्ने भएकाले अहिलेको प्रमुख आवश्यकता व्यावसायिक शिक्षा भएकामा जोड दिए । गण्डकी प्रदेश सरकारले प्राविधिक शिक्षालाई महत्व दिएर बजेटसमेत विनियोजन गरेको भन्दै मन्त्री गुरुङले प्रदेश सरकारले आफ्नै प्राविधिक विश्वविद्यालय स्थापना गर्ने तयारी गरेको जानकारी दिए ।

कालीगण्डकी प्राविधिक शिक्षालयका प्रमुख गोविन्द पौडेलका अनुसार शिक्षालयमा वन विज्ञानको पढाइ मङ्सिर २ गतेबाट सुरु भइसकेको छ । चालीस कोटा रहेको शिक्षालयमा ३७ विद्यार्थी अध्ययनरत छन् । उनका अनुसार शिक्षालयमा जुम्ला, रुकुमु, दार्चुला, बाजुरा, जाजरकोट, सल्यान, हुम्लालगायतबाट विद्यार्थी अध्ययनका लागि आएका छन् ।

शिक्षालयको हालसम्म आफ्नै भवन नभएकाले सोही वडामा रहेको कृष्ण माध्यमिक विद्यालयको कक्षाकोठामा वन विज्ञानको पढाइ हुँदै आएको छ । छिट्टै नै शिक्षालयको आफ्नै भवन निर्माण गर्ने तयारी गरिएको उनले जानकारी दिए ।

सिटीइभिटीमार्फत भवन निर्माणका लागि चालू आर्थिक वर्षमा ५० लाख प्राप्त भइसकेको र आगामी दशैँअगावै चारकोठे भवन निर्माण गरिने उनले बताए । रासस

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->