शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

ल्वाङ चैतेदशैँ मेला :भलिबलअन्नपुर्ण बिजयी

ल्वाङ चैतेदशैँ मेला :भलिबलअन्नपुर्ण बिजयी


  • ढोरपाटन संवाददाता
  • चैत्र २८ २०७५, बिहिबार

पोखरा ,२८ चैत -कास्कीको पर्यटकीय गाउँ ल्वाङ गाउँमा सम्पन्न ‘२८ औँ चैते दशैँ मेला २०७५’ मा गाँउ स्तरीय पुरुष भलिबलको उपाधि अन्नपुर्ण युवा क्लब घान्दु्रकले जितेको छ ।
बुधबार शहीद हरिप्रसाद गुरुङ स्मृति खेल मैदानमा सम्पन्न फाइनल खेलमा जुरे भुमी युुवा क्लब तप्राङलाई २५–२०, २५–२१ र २५–२३ को सोझो सेटले पाखा लगाउदै घान्दु्रकले उपाधि जितेको हो ।
कुल २८ टिमलाई पछि पार्दै उपाधि जितेको घान्दु्रकले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ६० हजार प्राप्त ग¥यो भने उपाबिजेता टिम तप्राङले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ४० हजारमा चित्त बुझायो । प्रतियोगिताबाट उत्कृष्ट खेलाडीको रुपमा अन्नुपुर्ण युवा क्लबका अनिल घमाल घोषित भए । त्यसैगरी उत्कृष्ट सेटरका रुपमा अनिश गुरुङ, उत्कृष्ट क्वीकरको रुपमा सोही क्लबकै आकाश घमाल, उत्कृष्ट ब्लकरको रुपमा तप्राङका सन्तोष देवकोटा र उत्कृष्ट स्पाईकरको रुपमा सोही टिमकै मिलन सेवा घोषित हुदै आकर्षक ट्रफिको हकदार बने ।
त्यसैगरी महिलातर्फ सिरुपाते गाईज घान्द्रुकलाई पराजित गर्दै युनाईटेड पोखरा बिजयी बन्यो । बिजयी टिम युनाईटेड पोखराले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु २६ हजार हात पा¥यो । त्यस्तै उपबिजेता टिम घान्दु्रकले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु १६ हजार प्राप्त ग¥यो ।
प्रतियोगिताबाट उत्कृष्ट खेलाडीको रुपमा युनाईटेड पोखराका सस्मिता पुन घोषित भए । त्यसैगरी उत्कृष्ट स्पाइकरको रुपमा सोही टिमकै सृजना पुन, उत्कृष्ट सेटर निरु पुन र उत्कृष्ट डिफेण्डरको रुपमा सिरुपाते गाईजका ममता पाईजा घोषित हुदै ट्रफि प्राप्त गरे । गत २३ गते देखी सञ्चालनमा रहेको मेलामा मेच घुमाई, बेलुन फुटाई, तथा मकै गन्ने लगायतका प्रतियोगिताहरु समेत समाबेश गरिएको थियो ।
बिभिन्न प्रतियोगितको बिजेता तथा उपबिजेता टिमलाई समापन कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, क्लबका अध्यक्ष दिपक गुरुङ, प्रतियोगिताका मुख्य प्रायोजक समाजसेवी हितकाजी गुरुङ, फोनिज कास्कीका निवर्तमान अध्यक्ष हुम बहादुर गुरुङ लगायतले पुरस्कार बितरण गरेका थिए । सो अबसरमा बोल्दै मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेश पर्यटन, कृषि तथा उर्जाको बिकास हुन सकेको खण्डमा प्रदेशले सहजै समृद्ध हाँसिल गर्न सक्ने बताउदै सोही अनुरुप अगाडी बढेको उल्लेख गरे ।
मुख्यमन्त्री गुरुङले खेकलुदको माध्ययबाट ल्वाङ गाउँमा आन्तरिक तथा बाह्य पर्यटक भित्राउन मद्दत पुग्ने बताउँदै अझ प्रबद्र्धका निम्ति प्रदेश सरकारको सहयोग रहने समेत धारणा ब्यक्त गरेका थिए । कार्यक्रममा नेपाली काङ्ग्रेस कास्की सभापति कृष्ण केसी, माछापुच्छ«े गाउँपालिका –८ का अध्यक्ष कृष्ण दवाडी, नेपाली कांग्रेसकी नेतृ सरस्वती गुरुङ लगायतले बोलेका थिए । ग्रीनहिल युवा क्लबका अध्यक्ष दिपक गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रमका उपसंयोजक भरत गुरुङले स्वागत मन्तब्य ब्यक्त गरेका थिए भने संचरकर्मी सम्राट गुरुङले कार्यक्रम सञ्चालन गरको थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->