बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

अभिनेत्री झरना थापाको यस्तो छ फिटनेस सूत्र

अभिनेत्री झरना थापाको यस्तो छ फिटनेस सूत्र


  • Dhorpatan News
  • बैशाख ६ २०७६, शुक्रबार

झरना थापा नेपाली चलचित्र उद्योगमा स्थापित अभिनेत्री हुन् । पछिल्लो समयमा उनले चलचित्र निर्देशनमा समेत हात हालेकी छिन् । उनीद्वारा निर्देशित पछिल्लो चलचित्र ‘ए मेरो हजुर ३’ देशका विभिन्न हलमा चलिरहेको छ । जसमा उनकै छोरी सुहानी नायिका छिन् । जवान छोरीकी आमा झरना ४० वर्ष पुगिसकिन् । यद्यपि, उनी अझै पनि शारीरिक रूपमा पूर्णतः फिट देखिन्छिन् । सदाबहार नायिकाको छवि बनाएकी झरनाले आफ्नो फिटनेस सूत्रबारे भनिन् :
एक्सरसाइज
फिट रहन धेरै समय व्यायाममा खर्चनुपर्छ भन्ने मलाई लाग्दैन । धेरैजसो समय काममा व्यस्त हुने भएकाले एक्सरसाइजको लागि खासै समय हुँदैन । यद्यपि, बिहानको समयमा करिब १५ मिनेट जति शारीरिक व्यायाम गर्नुपर्छ भन्ने मेरो मान्यता छ । त्यसैले, समय मिलेसम्म क्लब गएर एक्सरसाइज गर्ने गर्छु । त्यहाँ गएर रनिङ, जुम्बा र सामान्य जिम गर्ने गर्छु । जसले शरीर सन्तुलनमा राख्न मद्दत पु¥याएको छ । स्वास्थ्यका दृष्टिकोणले समेत थोरै भए पनि नियमित व्यायाम गर्न एकदमै आवश्यक छ ।जिम
मानिसको फिटनेसमा जिमले ठूलो भूमिका खेलेको हुन्छ । उमेर बढ्दै जाँदा देखिने विभिन्न रोग र शारीरिक कमजोरी हटाउन जिम गर्न आवश्यक छ । त्यसैले, समय मिलेसम्म जिम इन्स्ट्रक्टरको सल्लाहमा जिम जाने गरेकी छु । यसले मेरो मांसपेशी र हड्डी बलियो बनाएको छ भने फिट रहनसमेत मद्दत गरेको छ ।
सन्तुलित भोजन
मलाई घरमा पकाएको साधारण खाना खान मन पर्छ । खाना कुन कतिवेला खाने भन्ने यकिन हुँदैन । तर, हलुका खाना खाने गर्छु । सामानयतया, मलाई मन पर्ने खाना दाल–भात–तरकारी नै हो । बिहान र बेलुका दुवै समय म घरमै खाना खाने गर्छु । पानी धेरै पिउने गर्छु । जसले शरीरमा ऊर्जा दिनुका साथै निरोगी बनाउन सहयोग गरेको छ ।
चिल्लो बन्देज
अत्यधिक पिरो र अमिलोे खानेकुरा सकेसम्म खान्नँ । झन् चिल्लो पदार्थ त खानामा कहिले पनि समावेश गर्दिनँ । त्यस्तै, तेलमा तारेका खानेकुरा, फास्टफुड पनि सकेसम्म कम खान्छु । त्यसैगरी, अत्यधिक क्यालोरीयुक्त अर्थात् मोटोपन बढाउन सक्ने खानेकुराबाट खानबाट सजग रहनछु । माछा–मासु पनि एकदमै कम खान्छु । सकेसम्म शाकाहारी भोजन मन पर्छ । यसले पनि फिट रहन सहयोग गरेको छ ।
सकारात्मक सोच
व्यवहार र विचारमा सकारात्मकता ल्याउन सकेमा कुनै पनि व्यक्ति पूर्ण रूपमा स्वस्थ रहन सक्छ । अरूसँग राम्रो व्यवहार गर्ने, संगत राम्रो गर्ने र कामबारेमा सकारात्मक तरिकाले सोच्ने गर्ने हो भने मानिसको जीवनशैलीमा स्वतः परिवर्तन आउँछ । नकारात्मक सोचाइ विभिन्न रोगको कारक हुने गर्छ । तसर्थ, स्वस्थ रहन खुसी र तनावमुक्त रहन अत्यावश्यक छ ।
आफ्नै लागि समय
व्यस्त जीवनशैलीले आजकल अधिकांश मानिसलाई डिप्रेसनतिर लगिरहेको छ । काम गर्नका लागि शरीरमा ऊर्जा आवश्यक हुन्छ । यसका लागि दिमाग शान्त हुनुपर्छ । त्यसैले, हरेक व्यक्तिले कम्तीमा १५ मिनेट आफ्नै लागि समय निकाल्न जरुरी छ । हरेक दिन शान्त ठाउँमा बस्ने र ग्याजेटबाट टाढा रहने हो भने फ्रेस भइन्छ । म यस्तै जीवनशैली पछ्याउने गर्छु ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->