मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

गण्डकी मेडिकल कलेजका अध्यक्ष खुमा अर्याल १७ लाख धरौटीमा रिहा

गण्डकी मेडिकल कलेजका अध्यक्ष खुमा अर्याल १७ लाख धरौटीमा रिहा


  • ढोरपाटन संवाददाता
  • बैशाख १० २०७६, मंगलबार

पोखरा, १० वैशाख – गण्डकी मेडिकल कलेजका अध्यक्ष खुमा अर्याल १७ लाख धरौटीमा रिहा भएका छन् । कास्की प्रहरीले पक्राउ पूर्जी जारी गरेपछि उनी फरार थिए । तर, सोमबार अर्यालले वकिलसहित अदालतमा हाजिर भई धरौटी रकम बुझाएर रिहा भएका हुन् । उनीसँगै रिहा हुनेको संख्या ८ पुगेको छ ।
गण्डकी मेडिकल कलेजका विद्यार्थीहरुले ठगीको आरोपमा अर्यालसहित ११ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए ।
विद्यार्थीहरुको जाहेरीका आधारमा कास्की प्रहरीले २ जनालाई पक्राउ समेत गरेको थियो । पक्राउ परेकाहरु गत गत चैत १८ गते नै जनही १७ लाख बुझाएर रिहा भएका थिए ।
कास्की प्रहरी प्रमुख ओम रानाले केहि दिनअघि अदालतले दिएको तारिखमा उपस्थित नभएको खण्डमा मात्र प्रहरीले पक्राउ गर्ने बताएका थिए । “अदालतले तारिख हानेको छ, उक्त मितिमा नआएपछि प्रहरीले पक्रन पाउँछ,” उनले भने ।
तर, प्रहरीले भने विद्यार्थीहरुको किटानी जाहेरीको आधारमा २ जनालाई पक्राउ गरेको थियो । जिल्ला अदालत कास्कीको अनुमति पक्राउ पूर्जी जारी भइसकेपछि प्रहरीले पक्राउ किन गरेन ? भन्ने प्रश्नमा रानाले भने, “उनीहरुले अदालतमा उपस्थित हुन पाउँछ, अदालतले प्रक्रिया अगाडि बढाउँछ, अदालती म्यादमा उपस्थित नभए प्रहरीले पक्राउ गर्ने प्रक्रिया अगाडि बढाउँछ ।”
खुमा अर्याल सोमबार रिहा भए भने दिनेश पौडेल, युवराज शर्मा, कृष्णप्रसाद पौडेल यसअघि नै छुटेका हुन् ।
विद्यार्थीले ५३ करोड ठगी गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय र सम्पत्ति शुद्धिकरण विभागमा ११ जना सञ्चालक विरुद्ध उजुरी दिएका छन् ।कास्की प्रहरीले पक्राउ पुर्जी जारी गरेको गण्डकी मेडिकल कलेजका अध्यक्ष खुमा अर्याल वकिलसहित अदालतमा हाजिर भई १७ लाख रुपैंया धरौटी बुझाएर सोमबार रिहा भएका छन्।
जिल्ला अदालत कास्कीको आदेशबाट उनी रिहा भएका हुन्।
चर्को शुल्क असुलेको भन्दै विद्यार्थीहरुले गत फागुन २३ गते अध्यक्ष अर्यालसहित ११ जनाबिरुद्ध मुद्धा दर्ता गरेका थिए। त्यस लगत्तै अर्याल फरार भएका थिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->