मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

सहकारीले उत्पादनमूलक कार्यक्रममा जोड दिनुपर्छ : सांसद सापकोटा

सहकारीले उत्पादनमूलक कार्यक्रममा जोड दिनुपर्छ : सांसद सापकोटा


  • Dhorpatan News
  • बैशाख १३ २०७६, शुक्रबार

बागलुङ,१३ वैशाख- प्रदेश सांसद इन्द्रलाल सापकोटाले सहकारीले बचत तथा ऋणको मात्र काम नगरी उत्पादनमूलक कार्यक्रममा जोड दिनुपर्ने बताए । जिल्ला सहकारी संघ लिमिटेड बागलुङले गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सहयोगमा सञ्चालन गरेको एक हप्ते सहकारी लेखा तथा वित्तीय व्यवस्थापन तालिमको शुक्रबार समापन पछी बोल्दै सापकोटाले सहकारीले नयाँ उद्यमको विकास गर्नु पर्ने बताए।
हरेक सहकारी संस्थाले प्रविधिको प्रयोग गरी आफ्ना सदस्य र समुदायका लागि सहज र सर्वसुलभ सेवा दिने हो भने सहकारीप्रतिको आकर्षण बढ्ने र सहकारीको योगदान थपिने उनको भनाइ छ । सबै सहकारीले आफ्नो लक्ष्य र उदेश्य अनुरुप जनताको आर्थिक सामाजिक तथा सांस्कृतिक रुपान्तरणका क्षेत्रमा काम गर्ने हो भने राज्यले लिएको समृद्धिको अभियानमा समेत महत्वपूर्ण योगदान पुग्ने सापकोटाको भनाई थियो । कार्यक्रममा सहकारी मन्त्रालयका अधिकृत भुपेन्द्र विनायक थापा, सशभागीको तर्फवाट प्रशान्त थापा र मुना शर्मा लगायतले बोलेका थिए।
तालिम समापन कार्यक्रम जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतमको अध्यक्षता, सदस्य सिता शर्माको स्वागत र सचिव तेजेन्द्रबहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो । सहकारी संघ संस्थाका सञ्चालक तथा व्यवस्थापनमा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धि गरी सहकारीको लेखालाई थप प्रभावकारी बनाउन तालिम आयोजना गरिएको संघले जनाएको छ । विभिन्न सहकारी संघ संस्थाका ३० जनाको सहभागिता रहेको तालिममा सहकारीको ऐतिहासिक विकासक्रम, सहकारीका मूल्य, मान्यता र सिद्धान्त, सहकारीमा वचत र ऋण व्यवस्थापन, लेखाको सैद्धान्तिक अवधारणा, लेखाका विभिन्न चरणहरु, लेखा राख्ने तरिका लगायतका विषयमा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसी, नेफ्स्कुनका सञ्चालक चण्डीप्रसाद शर्मा, जिल्ला सहकारी संघका अध्यक्ष दिपक गौतम, सचिव तेजेन्द्र थापा, राष्ट्रिय सहकारी बैंक हेटौडा शाखाका प्रमुख रामेश्वर अर्याल लगायतले सहजीकरण गरेका थिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->