मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

पैसाको लोभले श्रीमानबिरुद्ध बलात्कारको उजुरी !

पैसाको लोभले श्रीमानबिरुद्ध बलात्कारको उजुरी !


  • ढोरपाटन संवाददाता
  • बैशाख १४ २०७६, शनिबार

पोखरा,१४ बैशाख – तनहुँ बन्दीपुर १ बेलभज्याङका देउ बहादुर अर्जेलले श्रीमती र लाटो छोरालाई प्रहरीले किन पक्राउ गरेछ भनेर बुझ्न जाँदा बैशाख १२ गते पिटाई खाएको बताएका छन् । प्रहरी प्रमुखले आफुलाई सिभिल ड्रेसका प्रहरी लगाएर पिटेको उनको आरोप छ । देउ बहादुरले भने ‘झ्याम्म झ्याम्म दुइ÷चार झापु लाए म त भाउन्न भएँ, राती नै हत्कडी लाएर हस्पीटल पनि लगे ।’ थप्पड हानेका कारण देउ बहादुरले कान दुखिएरहेको र जाली समेत फुटेको आशंका गरेका छन् ।
तनहुँ बन्दीपुर–१, बेलभञ्ज्याङका देउबहादुर अर्जेलले वैशाख ३ गते छोरा नबिनको बिवाह गरेर बुहारी भित्र्याए । देउबहादुर बन्दीपुरको बेलभञ्ज्याङमा फर्निचर बनाउने काम गरेर परिवार पालिरहेका थिए । एक छोरा र दुई छोरीका बाबु उनी राम्री बुहारी पाएँ भनेर मख्खै परका थिए । आफ्नै सालाले लाटो (मुख नबोल्ने) भान्जाको लागि पोखरा डेरा गरी बस्ने गिरीको छोरी हुन् भनेर कुरा चलाए । श्रीमती सुकमाया पनि केटी हेर्न गईन ठीकै लाग्यो । बिवाह गर्ने सल्लाह भयो । यसबीचमा केटीका आमा बाबा र हजुर बा समेत केटाको घर हेर्न आए । टिको टालो गरेर अस्मितालाई घर भित्र्याए । माइती पक्षले अब छोरी तपार्इँहरु कै भइन्, मरे लास बाँचे सास देखाउनु प¥यो भन्नेसम्मका कुरागर्दा देउबहादुरले सहमति नै जनाए । किन सम्धीनीले यस्तो कुरा गर्छिन् ? पछि माइतीमा टिकोटाला फुकाउन गएका नबिन र सुकमाया एकाएक प्रहरीको खोरमा पुग्दा पो उनी झसंग भए ।
बिवाह भएको ५ दिन नपुग्दै, बुहारी अस्मिताले श्रीमान र सासुबिरुद्ध बालिकालाई जबरजस्ती करणी गरेको भनेर जाहेरी दिएकी थिएकी रहिछन् । सोही आरोपमा नबिन र देउबहादुरकी श्रीमती सुकमायालाई रामबजार प्रहरी चौकीले बैशाख ११ गते पक्राउ ग¥यो । निवेदनमा के रहेछ भनेर सोधपुछ गर्न जाँदा बुहारी त दलित रहिछन् उमेर पनि घटाइएको रहेछ । पहिला माइती पक्षलाई सोध्दा बिवाह गर्न उमेर पुगेकी हुन् भनिएको र थर समेत ढाटेको रहेछ । देउबहादुरले बेलिबिस्तार लगाए । ‘लाटो छोरालाई बाठी बुहारी परिन् भनेर मख्ख परेको त उल्टै प्रहरी खोरमा जान परो ।’ सोधपुछ नै नगरी हतार हतारमा बिवाह गर्दाको परिणम भोग्नु प¥यो देउबहादुरले । केटी पक्ष र केटापक्षबीच छलफल हँुदा केटीपक्षले प्रहरीकै सामु २० लाख रुपैयाँ मागे । उनीहरुले पैसा दिन नसक्ने बताए ।
सोही घटनामा पोखरा रामबजारका प्रहरी प्रमुख इन्स्पेक्टर दीपक केसीले आफूलाई वडा प्रहरी कार्यालयमा बोलाएर पिट्न लगाएको आरोप पनि लगाए । उनले प्रहरीको ज्यादतिबिरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा निवेदन दिने उनले बताए । आफू पीडित त छँदै थिए,बिना कारण थप्पड र हत्कडी पनि लगाइएको उनको आरोप छ । यससम्बन्धमा वडा प्रहरी कार्यालय रामबजारका इन्चार्ज दीपक केसीसँग सम्पर्क गर्दा ‘नावालिकालाई जबजस्ती करणी गरेको आरोपमा पक्राउ गर्न खोज्दा उनीहरुले प्रहरीमाथि नभएको आरोप लगाएका हुन् । पैसाको कुरा भएकै हैन’ –उनले भने । देउबहादुरले चाहिँ ‘म यत्रो पैसा दिन सक्दिनँ, मैले गल्ती गरेकै छैन भनेर के बोलेको थिएँ, मलाई त पुलिसका हाकिमले ठोक्न लाए ’ भन्दै देउबहादुरले दुखेसो पोखे ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->