मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

खुलामञ्चमा डोजर चल्यो !

खुलामञ्चमा डोजर चल्यो !


  • ढोरपाटन संवाददाता
  • बैशाख १४ २०७६, शनिबार

काठमाडौं ,१४ वैशाख -खुलामञ्च अतिक्रमणका विषयमा काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य एक्सनमा उत्रिएका छन् ।सम्झौताविपरित खुलामञ्चमा भौतिक संरचानहरु बनाएपछि मेयर शाक्य एक्सनमा उत्रिएका हुन् । मेयर शाक्यको निर्देशनमा महानगरपालिकाले खुलामञ्चमा बनाइएका सटर भत्काउन सुरु गरेको छ ।खुला मञ्चमा सटर बनाएपछि महानगरपालिकाले शनिबार डोजर लगाएर भत्काउन सुरु गरेको हो । काठमाडौं महानरपालिकाका कार्यान्वयन महाशाखा प्रमुख धनपति सापकोटा नेतृत्वको नगरप्रहरीसहितको टोलीले सटर भत्काउन सुरु गरेको महानगरले जनाएको छ ।खुला मञ्चमा ५१ वटा सटर निर्माण गरिएको थियो ।खुलामञ्च अतिक्रमणका विषयमा मेयर शाक्यले उपमेयर हरिप्रभा खड्गीलाई अनुगमन गरि प्रतिवेदन पेश गर्न निर्देशन दिएका थिए । शुक्रबार मात्रै शाक्यले उपमेयर खड्गीले प्रतिवेदन बुझाउन ढिला गरे तत्काल डोजर लगाएर सटर भत्काउने बताएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->