बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

संघर्षः गैंडा संरक्षणमा चार वर्ष

संघर्षः गैंडा संरक्षणमा चार वर्ष


  • कमलजङ्ग कुँवर
  • बैशाख १४ २०७६, शनिबार

वर्षाको समय, बेस्सरी झरी परिरहेको थियो । साउन १४ गते सुनाचुरीको सुराकीले बोलाएकाले म त्यता गएँ । त्यही मौकामा खगेन्द्रमल्ली पोस्ट र सुनाचुरी पोस्ट पनि निरीक्षण गरेँ । बेलुका अबेला कसरा फकेँ । म फर्कंदा राप्तीमा पानीको सतह बढ्दै थयो । रातभरि मुसलधारे पानी दर्किरहेको थियो । १५ गते उठ्दा त नदी वारको पार थियो । निकुञ्जको उत्तरमा पर्ने गाविस जगतपुर जान–आउन सकिँदैनथ्यो । जगतपुरको धैलाघारी भन्ने ठाँउमा चार जनाको ज्यान गएछ । बस्ती सारा बगाएछ । फोन,
बिजुली, बाटो सबै अवरुद्ध थियो । सौराहास्थित हात्ती प्रजनन केन्द्र खोरसोरबाट पन्ध्र हात्ती हराइरहेको र कैयौँ हात्ती डुबेको खबर आयो । नारायणीले बगाएर गैँडा नवलपरासीको त्रिवेणी पु¥याएको खबर पनि आउँदै थियो । निकुञ्जभित्रको बाघमारा, डुमरिया, घटगाई पोस्टमा बाढी पसेर स्टाफ र सैनिकहरु छतमा बसिरहेको,
कैयौँ स्टाफले रुखमा बसेर ज्यान जोगाएको खबर आयो । सैनिकहरुलाई त पछि हेलिकप्टरले उद्धार ग¥यो तर हाम्रा स्टाफहरु रुख र छतमै फसेछन् । पानी घटेपछि सम्पर्कमा आए । साउनको महिना, अफिसमा म मात्र थिएँ । के गर्नु न कसो गर्नु भएँ । क्षतिको विवरण १६ गते काठमाडौँ पठाएँ, शिवराज सर त्यहीँ हुनुहुन्थ्यो । भरतपुर, गौरीगन्जमा गैँडा फसेको छ भन्ने खबर पाएर मोटरसाइकलमा बल्लतल्ल त्यहाँ पुगेँ । हराइरहेका हात्तीमध्ये तीन वटा बरन्डाभारको जङ्गलमा भेटिएको खबर प्राप्त भयो । स्टाफहरुले हात्ती डुब्छ भनेर बाढी आएपछि साङ्ला खोलेर जङ्गलतर्फ छाडेका रहेछन् । जिल्ला वन अधिकृतको हवाला दिएर एपएमहरुले हात्ती बगायो भन्ने समाचार प्रसारण गरिदिएकाले हल्लीखल्ली मच्चियो ।

१७ गते बाँकी बाह्र हात्ती पनि बरन्डाभारमा भेटिए । त्यो दिन म सुनाचुरीको सुराकीलाई भेट्न गएँ । दिव्यपुरी सामुदायिक वनको हेरालु नरबहादुर विकले दिएको बयानमा उल्लेख भएको खँुखार गैँडा सिकारी बमबहादुर प्रजाको खोजीमा म चितवन आएदेखि नै लागिरहेको थिएँ । उसले नै दिव्यपुरीमा पाँच गैँडा मारेको थियो । ए रामशरण विक, बुद्धिराम महतो लगायतलाई लिएर गैँडा मार्न जान्थ्यो अनि खाग प्रेमबहादुर विकलाई बेच्ने गथ्र्यो । उसलाई पक्राउ गर्न मैले धेरै मेहनत गरेको थिएँ । साधनस्रोत, पैसा थुप्रै खर्च भएको थियो । कसराबाट सुनाचुरी पुगेर फर्कंदा गाडीमा तेल मात्रै हजार÷पन्ध्र सयको लाग्थ्यो । सुराकीलाई मागेपिच्छे पैसा दिँदा चालिस–पचास हजार खर्च भइसकेको थियो । हँुदाहुँदा एकपल्ट त सुराकीको विवाह नै गरिदिनुपर्ने भयो । उसकी दुलहीलाई लत्ताकपडा, गरगहनादेखि ससुरालीमा लैजाने माछा, मासु, अरु खानेकुरा र यतिसम्म कि सुनाचरीबाट जन्ती जाने गाडीसमेत उपलब्ध गराउनुपर्ने भयो । के पो गर्नुपरेन ? ती सबैको बिल तत्कालीन महेन्द्र प्रकृति संरक्षण कोषले चोरी सिकार नियन्त्रणका लागि उपलब्ध गराउने आर्थिक सहयोगको बजेटबाट भुक्तानीका लागि माग गरी पठाएको थिएँ । लेखाका कँडेल जीले के हो कुँवरजी सुन किनेको बिल पनि राख्ने ? भनेर प्रश्न गर्नुभयो । मैले सविस्तार बताइदिएँ । त्यसपछि उहाँ केही बोल्नुभएन । चोरीसिकार नियन्त्रणको कामै त्यस्तो थियो । १७ गते सुनाचुरीमा सुराकीलाई भेटेपछि रुपकाजी, मुखिया श्रीरङ्ग कँडेल र मैले बमबहादुर प्रजालाई पक्राउ गर्ने अन्तिम योजना बनायौँ । उसलाई सुराकीले बोलाएर ल्याउने र एउटा खाली घरमा राख्ने, कुखुराको मासु र टन्नै रक्सी खुवाउने अनि राती सुतेका बेला घर घेरेर पक्राउ गर्ने तय भयो । सुराकीका अनुसार बमबहादुरसँग उसका अरु साथी पनि गैँडा मार्न जाने तयारीसाथ आउँदै थिए । उनीहरुलाई मासु र रक्सी ख्वाउन मैले सुराकीलाई एक हजार रुपैयाँ दिएँ । बमबहादुरसँग सुतेका उसका साथीलाई पनि पक्रने भइयो । योजना निकै चुस्तदुरुस्त लाग्थ्यो । तर त्यस दिन हामीले उसको गन्ध पनि पाएनौँ । पछि पो थाहा भयो, हामीले बनाएको त्यो योजना त खाली एउटा हावामहल रहेछ । सुनाचुरीको सुराकीले हामीलाई धोका दिएको रहेछ । उसले बमबहादुरलाई भेटेकै रहेनछ । म बमेलाई यसरी ल्याउँछु जसरी ल्याउँछु भनेर उसले मसँग पैसा असुल्ने जाल मात्र फ्याँक्दै आएको रहेछ । म साझो मान्छे, उसले जेजे भन्यो त्यही त्यही मानेँ । थुप्रै साधनस्रोत खर्च गरेँ । सबै बेकार भयो । यसबीच मैले वीरेन्द्रनगरका एक सुराकीलाई बोलाउन पठाएँ, उहाँ टाँडी आउनुभयो । हामीले मनकामना होटलमा बसेर सँगै बियर खायौँ । सगरमाथा राष्ट्रिय निकुञ्जमा काम गर्दा मैले रक्सी खान छाडेको थिएँ । श्रीरङ्ग कँडेलले पनि स्वास्थ्यका कारण रक्सी खाान छाड्नु भएको थियो । तर त्यस दिन खानुभयो । रक्सीका कारण २०६१ साल बैशाखमा उहाँको मोटरसाइकल दुर्घटना भयो । मैले पनि रक्सी खान सुरु गरेपछि त्यति राम्रो भएन । रक्सी मेरा लागि अभिशापै थियो । मलाई जागिर खाने सानैदेखि ठूलो धोको थियो । त्यस क्रममा मैले एसएलसी दिएपछि रिजल्ट ननिस्कँदै मर्दी खोला खानेपानी आयोजनामा फलामका ठूल्ठूला पाइप बोक्ने कामसमेत गरेको थिएँ । त्यस बेला म केवल सत्र वर्षको थिएँ । अजङ्गका पाइप सो¥ह जनाले डोरीले बाँधेर दुवैतिरबाट सेती र मर्दीको दोभानमाथिको अप्ठ्यारो बाटोमा बोक्नु कम गा¥हो थिएन । त्यो काम सकेपछि गैँची र सावेल बोकेर पाइप बिछ्याउने खाल्डो पनिखनियो । यसैबीच एसएलसीको नतिजा निस्क्यो । हाम्रो स्कुलबाट सन्ताउन्न जनाले एसएलसी दिएकामा म मात्र प्रथम श्रेणीमा उत्तीर्ण भएछु । २०४६ सालमा पोखराको वन विज्ञान अध्ययन संस्थानबाट फरेस्ट्रीमा आईएस्सी सकेँ । त्यसपछि रेन्जरको जागिर खोज्न धेरै ठाँउ चाहार्दा पनि केही लागेन र २०४७ सालमा कास्की, लाहाचोक गाविसको प्रस्तावित महेन्द्र माविमा अस्थायी शिक्षक भएँ । महेन्द्र मावि पुग्न घरबाट मर्दीखोला तरेर करिब पैँतालिस मिनेट हिँड्नुपथ्र्यो । मर्दीको असला माछा सा¥है स्वादिलो हुन्छ । हामी हेम्जाका पाँच–छ शिक्षक स्कुलबाट फर्केर आउँदा सधैँ मर्दी पुलमा खाजा खान्थ्यौँ । एक दिन सरहरुले माछा र वियर खाने कार्यक्रम राख्नुभएको रहेछ । त्यस क्रममा मलाई पनि उहाँहरुले आधा गिलास चाख्न दिनुभयो । त्यति बेला स्टार बियर मात्र पाइन्थ्यो । मैले पहिलो पटक बियर खाएँ । त्यो सा¥है तीतो थियो । मलाई त्यो आधा गिलास सक्न पनि धौधौ परेको थियो । जागिर खान विभिन्न ठाँउमा पुग्दासम्म मलाई सबै ब्रान्डका रक्सी खाने बानी परिसेको थियो । रक्सीले मेरो जीवनमा धेरै नोक्सान पु¥यायो र बरबादीको बाटातर्फ डो¥यायो । अनि मैले रक्सी खान छाडेँ । तर त्यसलाई निरन्तरता दिन सकिनँ । चोरी सिकारबारे सूचना पाउने आसमा मैले चितवनमा पुनः रक्सी खान सुरु गरेँ । एउटा माहोल निम्ति यो जरुरी हुँदोरहेछ । जासुसी, सुराक, गुप्तचरीमा भनौँ वा कसैबारे सही सूचना प्राप्त गर्ने एउटा भरपर्दो माध्यम बन्दो रहेछ कहिलेकाहीँ । रक्सीको माध्यबाट बन्ने दोस्ती, मित्रताका कारण तपाई धेरै सूचना सजिलै प्राप्त गर्न सक्नुहुन्छ । यो कसैको व्यापार पनि बन्छ । व्यापार बढेपछि उसले तपाईलाई चाहिँदो जानकारी पनि दिन्छ । जे होस्, त्यस दिन टाँडीमा सँगै रक्सी खाएर हामीले सुराकीलाई असल मित्र बनायौँ । हामीलाई आवश्यक सूचना र जानकारी उपलब्ध गराउन उहाँ तयार हुनुहुन्थ्यो । त्यसपछि हामीलाई सूचनाहरु दिन थाल्नुभयो । तर पाएको सूचना तत्काल हामीसम्म पु¥याउन उहाँ असमर्थ हुनुहुन्थ्यो जब चोर तस्करलाई कहीँ भेट्नुहुन्थयो, हामीलाई खबर दिन दौडँदै फोन भए ठाँउ पुग्नुहुन्थ्यो । तर दुर्भाग्य, राष्ट्रिय निकुञ्ज कार्यालयको फोन प्रायः सधैँ बिग्रको हुन्थ्यो ब्यारेकमा फोन गरेर खबर पठाइदिनुस् भन्दा सैनिकले असमर्थता व्यक्त गर्दा रहेछन् । त्यसरी थुप्रै पटक उहाँका प्रयास विफल भएका रहेछन् जसले गर्दा मैले माघदेखि लगातार बमबहादुर, वीरबहादुहरुको खोजी गर्दा साउन मध्यसम्ममा पनि तिनलाई पक्रन सकिनँ । सञ्चारको भरपर्दो साधन नभएका कारण यो अवधिमा ती दुई जनाले धेरै गैँडालाई आफ्नो सिकार बनाइसकेका थिए । सत्र गैँडको सिकारी गैँडा सिकारी बमबहादुर प्रजा अन्ततः २०६० साउन १८ गते पक्राउ प¥यो । उसलाई पर्सा वन्यजन्तु आरक्ष कार्यालय, आधारभार र त्यहाँस्थित गुल्मको सहयोगमा जिल्ला वन कार्यालय चितवनको विशेष टोलीले आधाभारबाट पक्राउ गरेका थियो । जिल्ला वनको टिमलाई बमबहादुरको घरनजिक दुईटा घरमा बाघको हड्डी लुकाएर राखिएको छ भन्ने सूचना प्राप्त भएछ ।
त्यस आधारमा त्याहाँका मान्छेहरुलाई पक्राउ गरी सोघपुछ गर्दा संयोगवश बमबहादुरको थाहा भएछ । ऊ त्यही दिन रौतहट, चन्द्रनिगाहपुरको घरमा जाँदैछ भन्ने सूचना पाएपछि आधारभार पुगेर उसलाई समातिएको रहेछ । बमबहादुरले सत्र वटा गैँडा मारको स्वीकार गरेछ । सो¥ह वटा निकुञ्ज क्षेत्रमा र एउटा जिल्ला वन कार्यालयको कार्यक्षेत्र, राष्ट्रिय वन क्षेत्रमा । जिल्ला वनले उसलाई निकुञ्जमा बुझाइदिएको भए अझै राम्रो हुन्थ्यो । निकुञ्जमा ऊविरुद्ध यसभन्दा अगाडि नै मुद्दा दायर भइसकेको थिए तथा नरबहादुर विक, रामशरण विक र प्रेमबहादुर विक जस्ता उसका साथीहरु पहिल्यै पक्राउ परिसकेको थिए । उनीहरुको बयानका आधारमा हामी उसबाट थुप्रै थप सूचना प्राप्त गर्न सक्थ्यौँ । तर वन कार्यालयले आफूले पक्राउ गरेकाले आफैँले मुद्दा चलाउने निधो गरेछ । जब आफ्नो साथी नरबहादुर २०५९ साल माघमा पक्राउ प¥यो, त्यसपछि नै बमबहादुर हामीबाट भाग्दै हिँडेको रहेछ । तर मौका मलाएर गैँडा मारी नै रहँदो रहेछ । हामीले राजन प्रजालाई पक्रेर वजय लामालाई समात्न खोजेपछि विजयले पनि उसलाई भाग्न सल्लाह दिएको रहेछ । बमबहादुरले गैँडा मारेर कमाएको रकमबाट करिब साढे आठ लाख रुपैयाँको जमिन र घर खरिद गरको रहेछ, चन्द्रनिगाहपुरमा । सत्र गैँडा मार्दा उसले करिब अठतीस लाख रुपैयाँ पाएकामा अरु साथीलाई दिएर बचेको पैसाले आफ्नो बन्दोबस्त गरेको रहेछ । गैँडाको खागको हालको बजारमूल्य हामी पक्राउ परेका मान्छेका बयानका आधारमा आँकलन गर्न सक्छौँ । त्यस अनुसार चितवन आसपासका क्षेत्र हेटौँडा, नारायणगढ, कावासेती, भण्डारा, त्रिवेणी लगायतमा सय ग्राम खागेका साठी हजारदेखि सत्तरी हजार रुपैयाँ अर्थात् एक किलो खागको मूल्य छ–सात लाख रुपैयाँ छ । गैँडा मार्न जाने समूहमा तीनदेखि दस जनासम्म हुन्छन् । तिनले एउटा गैँडा मार्दा आ–आफ्नो भूमिका बमोजिम पाँच हजारदेखि डेढ लाख रुपैयाँसम्म पाउने गर्छन् ।
बमबहादुरले एउटा खागमा असी हजार रुपैयाँसम्म पाएको रहेछ । ऊ सार्प सुटर (अचुक निसानेबाज) भएकाले समूहमा उसको भूमिका बन्दुक हन्ने थियो । बमबहादुका अनुसार पहिले ऊ गाउँमा बाँदर मार्ने गथ्र्यो । त्यसरी विकसित भएको उसको क्षमता गैँडा तस्करका लागि अत्यन्त उपयोगी बन्न पुग्यो । बमबहादुरलाई आफैँ पक्रने मेरो योजना असफल भएपछि के शिक्षा मिल्यो भने चोरी सिकार नियन्त्रणमा सूचना कत्तिको भरपर्दो छ भन्ने कुरा परीक्षण गर्नु अत्यन्त जरुरी हुन्छ । हावादरी सूचनाका भरमा कुद्यो भने स्रोतसाधन, समय र मेहनत मात्र खेर जाने होइन, काम पनि उल्टो हुन पुग्छ । तपाई एकातिर बेकारको योजनामा व्यस्त बन्नुहुन्छ,
उता अर्को ठाँउमा नोक्सानी भइरहेको हुन्छ । तपाईलाई एक ठाँउमा भुल्याएर अर्कै ठाँउमा काम फत्ते गर्ने तस्कारको दाउ पनि हुन सक्छ । जासुस, सुराकी वा गुप्तचरलाई आँखा चिम्लेर अति धेरै विश्वास गर्नु पनि अनुत्पादक र कहिलेकाहीँ प्रत्युत्पादकसमेत हुन सक्छ । जिल्ला वन कार्यालयको बमबहादुरलाई समयमै नपक्रेको
भए सुराकीबाट म अझै कति बुद्धु बनाइन्थेँ, आफैँलाई थाहा छैन । प्रेमबहादुर विकले धादिङ, क्षेत्र देउराली घर भई काडमाडौँको कालीमाटीमा तरकारी पसल गरी बस्ने चन्द्रकान्त पाण्डेलाई पनि एउटा खाग दिएको छु भन्ने बयान दिएको थियो । चन्द्रकान्त तरकारी खरिद गर्न कावासोतीका तरकारी व्यापारीबाट
चनद्रकान्तको ठेगाना लिएछ र एक जना साथीसँग काठमाडौँ गएछ । त्यहाँ विभिन्न बहाना गरेर चन्द्रकान्तलाई भेटेछ र पक्राउ गरी आफैँ माइक्रो बस रिजर्भ गरेर रामनगर ल्याइपु¥याएछ । मैले खबर पाएपछि रेन्जर पठाएर उसलाई कसरा ल्याएर राखेँ । यसरी आफ्नै तत्परतामा काम सम्पन्न गर्ने सुराकीलाई स्याबसी
दिनैपर्छ । त्यति हदसम्म अग्रसरता लिन छुट दिने कि नदिने, त्यो भने आफैँले गर्ने कुरा हो । (कमलजङ्ग कुँवरद्वारा लिखित गैंडालाई
चार वर्ष पुस्तकबाट केही अंश)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->