पोखरा,१४ बैशाख – उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले प्रणाली परिर्वतन भएपनि जनतामा सेवा पुग्न नसकेको बताए । उनले आन्दोलनबाट राजनैतिक र संबैधानिक घोषणा भए पनि बिशेष कानुन नबनेर सेवामा पहुच पुग्न नसकेकको स्विकारे । मदन भण्डारी फाण्डेशन कास्कीले शनिबार आयोजना गरेको बर्तमान आर्थिक, सामाजिक संरचना र समृद्धिको यात्रा बिषयक बहस कार्यक्रममा उनले सो कुरा ब्यक्त गरेका हुन् । उनले भने ‘सरकार फेरिएर हँुदैन सबै संरचना फेरिनु पर्छ, पुरानै माइण्डसेट र कर्मचारीतन्त्रबाट चल्नु परेको छ ।’
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य समेत रहेका रक्षामन्त्री पोखरेलले सरकार अहिले समृद्धिको जग हाल्दै गरेको दावी पनि गरे । सबै आकांक्षाहरु अब छिट्टै पुरा हुनेछन् । मुलुकलाई समृद्ध बनाउन भूउपयोगी नीति ल्याउनुपर्ने कृषि, उर्जा र उद्योगमा लगानी गरेको बताए । उनले भने बिगतमा धेरै कारखाना बेचियो । हेटौडा कपडा बासवारी छालाजुत्ता लगायत ३८ भन्दा बढी कारखाना बन्द भएको दावी गरे । उनले भने ‘बिगतको द्धन्द्ध र बिस्थापनको स्थिति अनि उद्योग नभएकै कारण युवाहरु बिदेशिनु परेको छ । हाम्रा कृषि योग्य भूमि खेर गएको छ ।’
नेपाली काग्रेसका बरिष्ठ नेता प्रदिप गिरीले मदन भण्डारीको बहुदलीय जनवादका कारण विश्वबाट कम्युनिष्ट हराई रहदा नेपालमा भने दुईतिहाइृको सरकार बनाएको बताए । उनले भौतिक बिकासले मात्रै समृद्धि आउदै बताउँदै समृद्धि भनेको मानिस मानिसबीचको सुमधुर सम्बन्ध सुसंस्कृत समाज भएको तर्क गरे । ‘अव नेपालमा नया बिपी कोईराला र मदन भण्डारीको जन्म हुनु पर्छ’,उनले भने,‘ मुलुकको बिकास र समृद्धिका लागि के सरकार के प्रतिपक्ष सबैले सहयोग गर्नुपर्छ ।’
नेता गिरीले समाजवाद ल्याउने हो भने जनतामा राजनैतिक सक्रियता बढाउनु पर्ने बताए । ‘तल्लो तहमा राजनिति पु¥याउनु पर्छ, जनतालाई सेवा पु¥याउनु पर्छ’, उनले भने । नेकपाका नेता तथा संघिय सांसद जर्नादन शर्मा प्रभाकरले जनताले ठूलो संर्घषबाट प्राप्त गरेको उपलब्धीको परिणाम जनतामा पुग्न नसकेको बताए । उनले भने कर्मचारी तन्त्र र राजनैतिक अस्थरिताका कारण बिगत देखि नै अधुरा रहेका बिकासका काम छिटै पुरा गर्नुपर्ने बताए । जनताले परिर्वतनको अनुभूति गर्न नपाएको बताए । ‘परिर्वतन के का लागि कस्का लागि ? पुरानै ढर्रा पुरानै सोच र संस्कार छ । ब्यूरोक्रेसी जनउत्तरदायी भएन’, उनले भने ।
कर्मचारी तन्त्रको सोचबाट दिक्क भएका, नेता शर्माले छेउ मै बसेर भाषण सुनिरहेका गण्डकी प्रदेशका मुख्यमंत्री पृथ्बीसुब्बा गुरुङलाई सुझाव दिदै भने ‘मुख्यमन्त्रीज्यू प्रदेश लोकसेवा आयोग अन्तर्गत कर्मचारी नियुक्त गर्दा स्थायी कर्मचारी नियुक्ति नगर्नुहोला । ’ कार्यक्रमको अध्यक्षता फाउण्डेशनका अध्यक्ष माधव बास्तोलाको अध्यक्षतामा भएको थियो । फाउण्डेशनका उपाध्यक्ष सुनिता बस्नेतले स्वागत, सचिव बिष्णु गौतमले कार्यक्रम संचालन र सदस्य गंगाधर तिमल्सेनाले धन्यवाद ज्ञापन गरेका थिए ।





