मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

ढोरपाटनका मेयर नेपालीले गलकोटका वेसाहारा वृद्व दम्पतिलाई घर बनाइदिने

ढोरपाटनका मेयर नेपालीले गलकोटका वेसाहारा वृद्व दम्पतिलाई घर बनाइदिने


  • ढोरपाटन संवाददाता
  • बैशाख १४ २०७६, शनिबार

गलकोट ,१४ बैशाख – न्यू नवज्योति युवा कल्व गलकोट नगरपालिका ७ आगाॅखेत बामियाको २१ औं वार्षिकोत्सव तथा नयाॅ वर्ष मेला शनिबार सम्पन्न भएको छ। कार्यक्रम उदघाटन पछि बोल्दै ढोरपाटन नगरपालिकाका नगर प्रमुख देवकुमार नेपालीले बागलुङको क्षेत्र नं २ को विकास र समृद्विको लागि अन्तरपालिका बिच सहकार्य र समन्वय आवश्यक रहेको बताए। नेपालीले झुटो आश्वासनको आधारमा जनतालाई प्रभावित पार्ने दिन सकिएको बताए।
नगर प्रमुख नेपालीले गलकोट नगरपालिका ९ छिसका वेसाहारा वृद्व दम्पति चन्द्र बहादुर रामजाली र सरस्वती रामजालीको लागि २ कोठा सहितको घर निर्माण गरिदिने घोषणा गरेका छन। सो अवसरमा न्यू नवज्योति युवा कल्वको लागि रु २ लाख ५ हजारको अक्षयकोष, दिपज्योति आधारभुत विद्यालयको लागि एक वर्ष सम्म १ शिक्षकको व्यवस्थापन खर्च व्योहोर्ने नेपालीले घोषणा गरे। कार्यक्रममा गलकोट नगरपालिका – ७ का अध्यक्ष सुवेदार टिका बहादुर थापा, नेपाल कम्युनिष्ट पार्टी नेकपा ताराखोला अध्यक्ष पदम खत्री दिवस, घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापा सन्देश र दिपज्योति आधारभुत विद्यालयका सहायक प्रधानध्यापक विर बहादुर चोखालले शुभकामना मन्तव्य राखेका थिए ।
मेलाको अवसरमा आयोजित खुल्ला पुरुष रस्साकसीमा आयोजक प्रथम, पैयुडाॅडा युवा कल्व गलकोट नगरपालिका २ द्वितिय त्यस्तै महिला रस्साकसीमा चिसापानी आमा समुह बामिया प्रथम, सिर्जनशिल आमा समुह आगाॅखेत द्वितिय भएका छन । भुपु भलिबलमा मनसुन रेष्टुरेण्ट हटिया प्रथम र आयोजक द्वितिय भएको छ । सामुहिक नृत्य प्रतियोगितामा गलकोट नृत्याङगाना समुह हटिया प्रथम, गलकोट ईङलिस सेकेण्डरी स्कुल मल्म द्वितिय र केसी ईलेक्ट्रोनिक्स सेन्टर हटिया तृतिय भएका छन । मेलामा राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरु विष्णु खत्री ईश्वर सिंह बिमल भण्डारी सुरज थापाको सांगितिक प्रस्तुति रहेको थियो ।

मेला न्यू नवज्योति युवा कल्व मल्मका अध्यक्ष सुरेन्द्र केसीको अध्यक्षता, कोषाध्यक्ष टेकनाथ गौतमको स्वागत र सदस्य नविन थापा र सरिता रामदामको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->