हरजन्म घाँसतिर मनदिई धन कमायो ।
नाम केही रहोस पछि भनेर कुवा खनायो ।
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो रु
म भानु धनी भैकन आज यस्तो !
रनवन घुम्दै घाँस काट्ने र गाउँलेहरुका घरघरमा घाँस पुर्याई दिन्थे घाँसीले । छरछिमेकिका बस्तुभाउलाई घाँस दिए बापत उनले नगण्य आय आर्जन गर्थे । परिचयमा ुघाँसीु मात्र भनेर चिनाउने घाँसीले त्यहि न्यून आयको आयस्था लगेर कुवा निर्माण गरेका थिए । आउने जाने बटुवाले त्यहि कुवाको पानी पिउँथे । यो आफ्नो मेहनतको कर्मको कीर्ति थियो घाँसीको । पारिवारिक र आर्थिक अवस्थामा दरिद्रताले घेरेपनि आफ्नो कीर्ति राख्न घाँसीले त्यसरि कुवा खनाएका थिए । तिनै घाँसीको यो कर्म देखेर आदिकवि भानुभक्त आचार्यलाई एउटा कविता फुरेको थियो । ९ जुन कविताको अंश माथी शीर्षस्थानमा छ । ० अनि यो आदिकवि भानुभक्त आचार्यको समयको अभुतपूर्व समाजसेवाको उदाहरण पनि हो । कालखण्ड फेरिंदै गयो,समाजसेवा र साजसेवी पनि फेरिंदै गयो । समाजसेवाको मर्म र मूल्य पनि समयको गतिसंगै फेरिन थाले । आदिकविको कविताको यो कवितांशले तत्कालिन समयको समाजमा समाजसेवा भावको गहिरो प्रभाव प्रवाह गरेको थियो सजिलै अनुमान लगाउन पनि सकिन्छ ।
समाजमा समाजसेवीहरु भेटाउन अहिलेको समाजमा गाह्रो छ । ऊ बेलाका समाजसेवी यताउता टहल्दा समाजले नै उसको सम्मान प्रकटगर्दै बसेको ठाउँबाट जुरुक्क उठ्थ्यो । नमन गर्थ्यो । आफ्नो उपति सकेर इज्जत आर्जन गर्न समाजसेवा गर्थ्यो समाजसेवीले । त्यसकारण ऊ सम्मानित हुन्थ्यो । उसलाई देख्दैमा आत्मसम्मान र आत्मगौरब गर्थ्यो समाजले । असल व्यक्तिको उपस्थितिले आँफुलाई सुरक्षित महशुस गर्थ्यो ।
समाजका रहेका यस्ता व्यक्तिले पुरै समाजलाई नै तोपेर राख्थे । अर्को समाजका मान्छे यो समाजमा आउँदा निक्कै नै अनुशासनको ख्याल राखेर आउँथे । देउतै जस्ता हुन्थे उनीहरु । तत्कालिन शैक्षिक चेतनाका कखरा मात्रै चिनेका उनीहरुमा ठुलै ज्ञान झल्किन्थ्यो । नैतिक शिक्षाले भरिपूर्ण हुन्थे । धार्मीक ग्रन्थहरु खर्लप्पै निलेका हुन्थे । कतै कलह झैगडा भएमा तिनै समाजसेवीले मेलमिलाप गराउँथे । न्याय अन्याय छुट्याउंथे । दोषीले पनि उसको फैसला सहर्ष स्वीकार गर्थ्यो । समाजसेवी समाजका सम्मानित व्यक्तिमा कहलिन्थे । न्याय खोज्दै राज्यका आधिकारिक निकाय खोज्दै भौंतारिनु पर्दैन्थ्यो । समाज सुखि र खुशि थियो । सुविधाले मात्रै खुशि मिल्दैन । व्यक्ति अथाह संपत्तिको मालिक भएपनि उसको जीवनमा असन्तोषले घेरेको छ भने खुशि उत्पन्न गर्दैन । समाजका सबै तिर न्यमय र शान्ति छ भने नै त्यो समाज खुशि हुन्छ । यस्तो हुने आधार असल व्यक्तिको समूह समाजमा भए मात्रै संभव छ । लोभी लुच्चा फटाहा र अर्काको दुस्खमा रमाउनेहरु भएको समाजमा कहिल्यै अमन चयनको कल्पनै गर्न सकिँदैन । यताको कुरा उता र यताको कुरा उता लगाएर समाज भाँडेर आँफु भाले बनेर स्वार्थपूर्ति गर्नेहरुले समाजलाई कहिल्यै भलो गर्नै सक्दैनन् । यस्ता प्रवृत्तिका मान्छे हावी भएर समाजमा धेरै विग्रह उत्पन्न भएको हो । यो प्रवृत्तिका मान्छेहरुलाई पछिल्लो समयमा शोषक र सामन्त जस्ता शब्दले परिभाषित गर्न थालिएको छ । अहिले घाँसीको जस्तो मनकारी समाजेसेवा कहाँ पाउनु १ राजनीतिमा लागेका मान्छेको त कुरै नअरम् । सबै शोषक सामन्तको बोलवाला बढ्यो । समाजसेवाका विन्दुहरु समयको गतिसंगै ध्वस्त हुनथाले । सामाजिक समाज भने ध्वस्त हुँदैगएका विन्दुहरु माथी ुहोराु हेरेर बस्न विवश छ
समय बदलिए संगै समाजसेवाको मूलमर्म माथी नै गम्भीर प्रहार भएको छ । समाजसेवाको मूल्य मान्यता थिलोथिलो भएको छ । घाँसीको ठाउँमा ुप्यासीु समाजसेवि बनेर समाजमा उदाएको छ ।जति सकेको कुवा रित्यायो उति महान समाजसेवि बन्न थालेका छन् । पहिला घरको मानु खाएर अरुको सेवागर्ने समाजसेवा अहिले दीन दुस्खिको आँशु पिएर रमाउने समाजसेवामा रुपान्तरण भएको छ । आफ्नो सीता खाएर अरुको गीता गाउने समाजसेवामा विवेक र धर्म जुर्मुर्याउँथ्यो । सत्य निष्ठा र नैतिकता हावी हुन्थ्यो तर अहिले त्यसको ठ्याक्कै उल्टो भएको छ । अरुले फाल्दिएको कलो खाएर आफ्नै समाजलाई टोक्ने समाजसेवी बढेका छन् । कसैको घरमा आगो लाग्दा पानी खन्याउनुको सट्टा पुरैघर डढेको हेर्ने र तत्काल ुप्रोपोजलु तयारगर्न हतारिने समाजसेवा बनेको छ । पाए कलको पानी पिउने नपाए ढलको पानी भएपनि प्यास बुझाएर समाजसेवाको महान कर्मगर्न थालिएको छ ।
राजनीतिसंग लहसिएर समाजसेवामा मनमुटु पोख्न सकिन्न । न त मानवसेवा नै गर्न सकिन्छ राजनीतिका आड्ले । अहिले यसमा अछुतो बनेर समाजसेवा जस्तो पवित्र कर्मको अपेक्षा राख्नु भनेको समाजका हामीहरु जत्तिको पटमूर्ख कोही हुनेछैनौं । समग्र देश अहिले उचित ठाउँमा उचित व्यक्तिको चयन हुन सकेन भनेर चौतर्फी तीता स्वरहरु चर्कन थालेका छन । यसो हुनुको मुख्य कारण नै राजनीतिक आस्थामा बेरिएको कुखुरा चोर्ने छट्टु स्याल नै कुखुराको रखबारी गर्न थाल्यो । हाम्रा सामाजिक संस्थाहरुमा यिनै छट्टु स्यालको हुईंया बढ्दो छ । राजनीतिले गाँजेको व्यक्ति नै भएपनि कमसेकम ुसोझो स्यालुको पनि खैरियत देखिंदैन । छट्टुले नै सबै लटपटाउँछ अरु त उसैको चर्तिकलामा मख्ख पर्ने हुन ।
नानाथरिका दुई नम्वरि धन्दा चलाएर धनको उरुङ भएपछि आजकल अटोमेटिक समाजसेवि हुन थालेको दुनियालाई जगजाहेर छ । सुमार्गीरुपि समाजसेविको समाजसेवा सबैले देखेका छौं । यहाँ घाँसी जस्ता निम्छरा समाजसेविको अत्तोपत्तो छैन । ड्याङ्ङ करोड बोल्दिने र भाग्ने समाजसेवि कि समाजमै बसेर ुअन द स्पटु सामाजिक कार्यगर्ने समाजसेवि हो रु संस्थाहरुमा हजारौ पारिश्रमिक लिएर पनि काम नगर्ने समाजसेवि कि टेकबहादुर बोहरा जस्ता आफ्नो मानु खाएर समाजलाई जागरुक बनाउँदै हिड्ने समाजसेवी रु यस्ता अनगिन्ति प्रश्नहरुको जवाफ खोजेको छ आजको समाजसेवाले १
तर जवाफ कसैले दिनेवाला छैन र पनि एकदिन समयले नै अवश्य सटीक जवाफ देला १
पछिल्लो चरणमा आएर त झन अचम्मका छट्टु स्यालहरुले गरेको समाजसेवाले समाज आक्रान्त बनेको छ । ुपत्रकार कम समाजसेवीुको समाजसेवा देखेर दुनियाँले आँखा छोप्न थालेका छन् । कसैले आफ्ना करतुत् थाहा नपाउन भन्ने चाहनामा यस्ता केही समाजसेवी समाजमा भरिन थालेका छन् । पत्रकारिताले चाहने हो भने समाज बन्न धेरै बेर लाग्दैन्थ्यो । तर,पत्रकारिताले ुपत्रकारिताु गर्नै छोडो । ठुला संचार माध्यम केवल रिसईवि साध्ने साधन बनेका छन,देश बनाउने भन्दा । र प्रहरी संगठन पनि स्वतन्त्र र निष्पक्ष भएर लाग्ने हो भने देशका सबै मै हुँ भन्ने समाजसेवीका करतुत पर्दाफास हुने थिए । तर सबै राजनीतिमा लहसिए पछि सोचेजस्तो हुनै सक्दैनन् । म पत्रकार हुम् भन्दै समाजसेवा गर्न पल्केका लाई यी दुईले आफ्नो कर्तव्यपरायणता देखाईदिने हो भने समाज नयाँ बनेर अगाडि बढ्थ्यो । तर यसो हुनै सक्दैन ।
अन्तमा, बहुजनलाई रुवाएर केहिजन र आफ्ना जनलाई खुशी राख्ने समाजसेवा हाम्रोमा प्रबल बन्दो छ । भानुभक्तका घाँसीको समाजसेवाले भन्दा ड्याङ्ङ बोल्दिने समाजसेवाले समाजको मनस्थिति खलबलिन थालेको छ । जनताको नामको धन रकमि पाराले कुम्ल्याउने समाजसेवाले सामाजिक नैतिकतामा ह्रास उत्पन्न भएको छ । युवा जमातमा यो देखेर वितृष्णा बढेको छ । छट्टुहरुले भरिएको समाजसेवालाई घाँसी भावमा परिणत गर्न नसके आगामी दिनमा सामाजिक छट्टुहरुको बिगबिगि झन डरलाग्दो हुने निश्चित छ । बेलैमा हाम्रो सामाजिक समाज र राजनैतिक समाजले उचित ध्यानदिन सकोस् । धन्यवाद १




