बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

भीरबाट लडेर पर्यटक, खाटबाट लडेर महिलाको मृत्यु

भीरबाट लडेर पर्यटक, खाटबाट लडेर महिलाको मृत्यु


  • ढोरपाटन संवाददाता
  • बैशाख १८ २०७६, बुधबार

पोखरा, १८ वैशाख – गोर्खाको चुमभ्याली भ्रमण गरी फर्किने क्रममा भीरबाट लडेर एक रसियन पर्यटकको मृत्यु भएको छ । प्रहरीका अनुसार ६८ वर्षीय जेत्सेभ अलेक्जेण्डरको मंगलबार चुमननुब्री गाउँपालिका–३ मा रहेको भीरबाट खसेर मृत्यु भएको हो । यतिबेला प्रहरी घटनास्थलमा पुगेको छ । यता, पोखरामा सुतेको खाटबाट लडेर एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार स्याङ्जाको वालिङ नगरपालिका–५ घर भई पोखराको रामघाटमा डेरा गरी बस्ने ६२ वर्षीया मीना खड्का मंगलबार खाटबाट लडेको अवस्थामा कोठामै मृत भेटिएकी हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->