ताराखोला, २७ बैशाख -ताराखोला गाउँपालिकाको आयोजनामा बिद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रवार सम्पन्न भएको छ ।
माबि तहको ३ हजार मिटरको छात्र डौडमा दुर्गा भवानी माबिका मिलन थापा मगर प्रथम , नेपाल माबी ताराका ईश्वर परियार दित्तिय र अर्गल मा बिका चिरञ्जीवी कडेल तृतीय भएका छन । छात्रा तर्फ प्रजातन्त्र बिकास माबि कि लक्ष्मी दर्जी प्रथम , दुर्गा भवानी माबि कि सुशिला कडेल दित्तिय र नेपाल माबि कि बिपना खत्री तृतीय भएका छन।
त्यसैगरी आधारभुत तहको लङजम्प तर्फ छात्रा मा जनप्रेम माबिका सुस्मिता बि क , दुर्गा भवानी माबि का मेलिना घर्ती र काक्राखोर आबि बिपना भन्डारी छात्र तर्फ दुर्गा भावानी मा बि का बिनोद दर्जी , प्रजातन्त्र बिकास माबिका पुर्ण बि क र बराह खोला आबिका दिलिप बगाले ले क्रमश प्रथम दित्तिय र तृतीय उपाधी हासिल गरेका छन।
आधारभुत तहकै हाइजम्प प्रतियोगिता मा छात्रा तर्फ दुर्गा माबिका बिनोद दर्जी,नेपाल माबि तारा का थमन परियार ,प्रजातन्त्र बिकास माबी का भुपेन्द्र रोका छात्रा तर्फ जनप्रेम मा बि का बुद्धि गुरुङ , प्रजातन्त्र बिकास मा बि का लक्ष्मी पुन र दुर्गा भवानी मा बि का मेलिना घर्ती क्रमश प्रथम दित्तिय र तृतिय भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन समितीका संयोजक कुल बहादुर रोकाले जानकारी दिए। 
प्राथमिक तहको ४ सय मिटर छात्र दौडमा मालारानी आबिका दिपेन्द्र कडेल ,त्रीशुली प्रा बि झरन घर्ती का ,लावाङ प्राबिका बलबहादुर घर्ती त्यस्तै छात्रा तर्फ लावाङ प्रा बि का बिजया घर्ती ,जुल्फे प्रा बि का रमिला दर्जी र नेपाल मा बि का निक्की पाण्डे ले क्रमश प्रथम दित्तिय र तृतीय स्थान हासिल गरेका छ्न ।
पुरस्कार बितरण कार्यक्रममा बोल्दै ताराखोला गाउपालिकाका अध्यक्ष प्रकाश घर्तिले समय समय का हुने यस्ता प्रतियोगिता ले बिद्यार्थिहरुलाई शिक्षण सिकाइको अलवा खेल क्षेत्र पनि उत्साह पैदा गर्ने माध्यम भएको बताए। कार्यक्रममा ताराखोला गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत रामप्रसाद शर्मा , शिक्षा साखा संयोजक उमानाथ अधिकारि , नेपाल माबि ताराका बि ब्या स अध्यक्ष दिवस खत्री लगायत ले मन्तव्य राखेका थिए।
कार्यक्रम ताराखोला गाउँपालिका का उपाध्यक्ष दिल कुमारीपुन रोका को अध्यक्षता र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन समितिका संयोजक कुलबहादुर रोकाको संचालनमा सम्पन्न भएको थियो ।





