शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

केन्द्रको असहयोग हुदा पोखरामा सुबिधा सम्पन्न रंगशाला बन्न सकेन : मन्त्री गुरुङ

केन्द्रको असहयोग हुदा पोखरामा सुबिधा सम्पन्न रंगशाला बन्न सकेन : मन्त्री गुरुङ

भूपू खेलाडी मंचको १० औं बार्षिक साधारण सभा


  • ढोरपाटन संवाददाता
  • बैशाख २८ २०७६, शनिबार

पोखरा, २८ बैशाख – गण्डकी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले केन्द्र सरकारको असहयोगको कारण पोखरामा सुबिधा सम्पन्न रंगशाला बनाउने सपना पूरा हुन नसकेको गुनासो गरेका छन् ।
‘यहाँ ( पोखरामा ) बहुउदेश्यीय रंगशाला चाहियो भनेर सम्भाव्यता अध्ययन गर्न चिनिया कम्पनीलाई दिइयो’ उनले इतिहास खोतल्दै भने,‘प्रतिवेदनले अहिलेको रंगशाला भएको ठाउँमा बनाउन सकिने बतायो तर संघले त्यो जग्गा छाड्न मानेन र त्यहाँ अहिले अर्को फुटबल स्टेडियम बन्दैछ ।’
उनले केन्द्रीय बजेटबाटै खेलकुद मन्त्रालयले फुटबल मैदान बनाउने भनेपछि त्यो रंगशाला भत्काउने अवस्था नरहेको र अर्को ठाउँमा जग्गा पनि नपाएकोले यो योजना त्यसै तुहिएको बताए । मन्त्री गुरुङ शनिबार भूतपूर्व खेलाडी मञ्च नेपालको १०औँ साधारणसभामा बोल्दै थिए । उनले रंगशाला आफ्नो अधिनमा नभएको र केन्द्रसँग सहकार्य गर्ने अवस्था हुँदा पनि काम हुन नसकेको स्वीकारे । उनले कार्यक्रमा बोल्दै परम्परागत तारा ( धनुशकाँड ) र ठेलो खेल प्रवद्र्धनमा प्रदेश सरकारले सघाउने घोषणा पनि गरे ।

उनले खेल क्षेत्रको बिकासका लागि अन्य देशको सहयोग पनि जारी रहेको बताउँदै बजेटलाई सही ठाउँमा प्रयोग गर्नु पर्ने कुरामा जोड दिए । सो अबसरमा मन्त्री गुरुङले गत चैतमा सम्पन्न यूथ एशियन गेम्समा ३००० मिटर दौडमा नेपालका लागि स्वर्ण पदक बिजेता अजितकुमार यादवलाई मंचका तर्फ बाट नगद १० हजार सहित सम्मान गरेका छन । सोही कार्यक्रममा शिक्षाविद जोर्ज जोनलाई पनि खेलकुदमा पु¥याएको योगदानको कदर गर्दै मंचले सम्मान गरेको छ भने पोखराको खेलकुदमा पु¥याएको योगदानको कदर गर्दै स्व.अजित कुमार शेरचनलाई मरोणोपरान्त सम्मान गरिएको छ ।
उनीहरुलाई मन्त्री गुरुङ, प्रदेश सांसद इन्द्रधारा विष्ट राष्ट्रिय खेलकुद परिषद सदस्य राजेशकुमार गुरुङ लगाएतले सम्मान गरेका थिए । सोही कार्यक्रममा परिषद सदस्य गुरुङले धावक अजितलाई मदन भण्डारी स्पोर्टस् एकेडमीका तर्फ बाट नगद १० हजार प्रदान गरेका छन ।
पोखरा म्याराथनका लागि हङकङवासी नेपालीहरुहरुबाट संकलित रकमको बचत रकममध्येको रकम बैंक बाट प्राप्त ब्याजले प्रत्येक बर्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका पदक बिजेता खेलाडीलाई सम्मान गर्ने मंचले जनाएको छ । कार्यक्रममा परिषद सदस्य गुरुङले खेलकुद क्षेत्रभित्र रहेको राजनिती र भ्रष्टाचार नियन्त्रण गर्न सके खेलकुदले फड्को मार्न सक्ने बताए ।
भूतपूर्व खेलाडी मंचका अध्यक्ष एवम नेपाल ओलोम्पिक कमिटीका सदस्य तेज गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सम्माननित व्यक्तित्व जोर्ज जोन, मंचका सल्लाहकार अशोक पालिखे, संस्थापक अध्यक्ष खड्ग रानाभाट, उपाध्यक्ष दिल बहादुर गुरुङ, सचिब कृष्ण तिमिल्सिना लगाएतले बोलेका थिए । सभामा मंचका महासचिब खेम गुरुङ र कोषाध्यक्ष मंजुलमान श्रेष्ठले दुई छुट्टा–छ्ुट्टै प्रतिबेदन प्रस्तुत गरेका थिए ।
यसैबीच मंचले आगामी संस्करणको १४ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनको पुरुस्कारको राशीमा वृद्धी गर्ने जनाएको छ । प्रदेश सरकार र पोखरा महानगरको सल्लाहमा पोखरा म्याराथनको प्रथमलाई नगद ५ लाख, दोश्रोलाई २ र तेश्रो हुनेलाई १ लाख पुर्याइने मंचका अध्यक्ष तेज गुरुङले प्रस्ताव गरेका छन । त्यसैगरी मंचले ओलम्पिक डेका अबसरमा मे २३ मा पोखरामा परम्परागत खेल ठेलो प्रतियोगिता आयोजना गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->