शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

सुरक्षित महिनाबारी बारे छलफल

सुरक्षित महिनाबारी बारे छलफल


  • ढोरपाटन संवाददाता
  • बैशाख २९ २०७६, आइतबार

बागलुङ,२९ बैशाख – सामाजिक अभियान्ता राधा पौडेलले संविधानको मौलिक हकले दिएको अधिकार प्रयोग गर्न महिला र पुरुष दुवैलाई छुट भएको बताएकीछिन् । उनले महिनावारी भएर महिलालाई अछुत व्यवहार गर्न नपाइने धारणा राखिन् ।

सत्कर्म नेपालले जिल्लमा पहलिो पटक आयोजना गरेको सुरक्षित र म¥र्यादित महिनाबारी, सबैको जिम्मेवारी भन्ने बिषयमा गरेको एक अन्तरक्रियामा पौडेलले अछुत व्यवहार गर्दा कानूनी कारवाहीको भागिदार बन्नुपर्ने समेत बताइन् । शनिवार आयोजित कार्यक्रममा समाजमा महिनाबारी बारे शिक्षा दिएर महिलाहरुमै सचेत बन्ने अवसर सिर्जना गर्नुपर्ने बताईन् । जिम्मेवार र म¥र्यादित जीवन जीउने अवस्था सिर्जना गर्न सबैको साथ र सहयोग चाहिने उनको भनाई छ ।

कार्यक्रममा मानवअधिकार, महिनावारी, हिंसा र कानूनी उपचार लगायतका बिषयमा छलफल गरिएको थियो । सत्कर्म नेपालका अध्यक्ष सिताराम थापाले पनि कार्यक्रममा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाल महिला संघकी अध्यक्ष शकुन्तला शर्मा, अधिवक्ता काजी गाउँले श्रेष्ठ, उच्च बारका अध्यक्ष हरिप्रसाद शर्मा, महिला अधिकारकर्मीहरु मञ्जु क्षेत्री, गुमा छन्त्याल लगायतले बोलेका थिए । आमा मिलन केन्द्रकी अध्यक्ष ज्ञानु थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->