गलकाेट ,३० बैशाख – गलकाेट नगरपालिकामा ३५ प्रतिशत याेजनाकाे निर्माण कार्य सम्पन्न भएको छ । चालु आ.ब ०७५/०७६ नगरभित्रका जम्मा ५ सय २७ याेजनामध्ये हालसम्म १ सय ८८ याेजनाकाे निर्माण सम्पन्न भई भुक्तानि भएकाे नगरप्रमुख भरत शर्मा गैरेले जानकारी दिए । बाँकी ३ सय ९९ याेजनाकाे सम्झाैता भएकाे छ भने २ सय ११ याेजनाकाे काम चलिरहेकाे र १ सय २८ याेजनाकाे सम्झाैता गर्न बाकि रहेकाे गैरेकाे बताए । जसमध्ये वडा नम्बर १ मा जम्मा ५५ याेजनामध्ये २० याेजना सम्पन्न भएकाे छ । वडा नम्बर २ नरेठाटिमा जम्मा २९ याेजनामध्ये १३ याेजनाकाे निर्माण कार्य सम्पन्न भएकाे वडा अध्यक्ष हिम बहादुर भण्डारिले बताए । वडा नम्बर ३ मा जम्मा ४४ याेजनामध्ये २० याेजना सम्पन्न भएकाे अध्यक्ष बिरजङ भण्डारिले बताए । वडा नम्बर ४ मा जम्मा ४८ याेजनामध्ये १४ याेजनाकाे निर्माण कार्य सम्पन्न भएकाे छ । वडा नम्बर ५ का जम्मा ५२ याेजनामध्ये २० याेजना सम्पन्न भएकाे वडा कार्यालयले जनाएकाे छ । ६ नम्बर वडाका ५९ याेजनामध्ये २२ याेजना सम्पन्न गरिएकाे छ । वडा नम्बर ७ का ४७ याेजनामध्ये हालसम्म १६ याेजनाकाे काम सम्पन्न भएकाे वडा अध्यक्ष टिका बहादुर थापाले बताए । ८ नम्बर वडाका जम्मा ४५ याेजनाहरू रहेकाेमा १३ याेजनाकाे काम सम्पन्न गरि रकम भुत्तानी गरिएकाे नगरपालिकाका लेखापाल भिष्म थापा मगरले बताए। वडा नम्बर ९ मा ६२ याेजनामध्ये २५ याेजना, वडा नम्बर १० मा ४१ याेजनामध्ये ११ र ११ नम्बर ११ मा जम्मा ४५ याेजनामध्ये १४ याेजनाकाे कार्य सम्पन्न भएका छन। याे सम्झाैता भएका अधिकाशं याेजनाकाे करिब ९० प्रतिशत कार्य सम्पन्न भएकाे नगरपालिकाले जनाएकाे छ ।





