बागलुङ,३१ बैशाख – गलकोट नगरपालिका वडा नं. ११ रिघा तुतुङ्गामा (साविक रिघा गाविस ४, छिचिम्रा भन्दा केहि तल) चट्याङ लागेर एक महिलाको ज्यान गएको छ। घरको नजिकै (कुरसुलामा) घाँस काटिरहेकी ३८ वर्षिय पूर्णा श्रीसको चट्याङको कारण मृत्यू भएको वडा अध्यक्ष डम्बर श्रीसले जानकारी दिए । मृतकको शव पोष्र्टमाटमको गलकोट प्राथामिक स्वास्थ्य केन्द्र हरिचौर पठाइएको छ । सोहि स्थानमा गत वर्ष पनि चट्याङ पर्दा पशुचौपाया मरेका थिए।
त्यस्तै मध्यपहाडि लोकमार्ग अन्तरगत बडिगाड गाउँपालिका ६, मार्केमा ट्याक्सीको ठक्करवाट एकजना गम्भिर घाइते भएका छन्। ध १ ज ५८२ नम्बरको ट्याक्सीले ठक्करदिँदा स्थानिय ५० वर्षकी कुमारी थापा घाइते भएकि हुन्। थापाको टाउको र दाहिने खुट्टामा गम्भिर चोट लागेको छ । उनको स्थानीय स्वास्थ्य सस्थामा सामान्य उपचार पछि थप उपचारको लागी भैरवा पठाइएको प्रहरी चौकी ग्वालिचौरले जनाएको छ ।





