शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गलकोटमा नेकपाको कार्यकर्ता भेटघाट

गलकोटमा नेकपाको कार्यकर्ता भेटघाट


  • थम्मन थापा
  • जेष्ठ २ २०७६, बिहिबार

बागलुङ,२ जेठ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गलकोट नगर कमिटीको आयोजनामा हटियामा कार्यकर्ता भेटघाट कार्यक्रम बिहिबार सम्पन्न भएको छ । कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको समृद्वि र दिगो विकास अनि आर्थिक समृद्विको लागि पार्टी एकता भएको बताए । दलाल पूँजीबादी र सामन्तवादको पुच्छर समातेर समाजवाद अनि समृद्विको वैतर्णी तर्न नसकिने गुरुङको भनाई छ । लामो संघर्ष बलिदान र आन्दोलनबाट प्राप्त उपलब्धीहरुलाई संस्थागत गर्ने दायित्व नेपाल कम्युनिष्ट पार्टी नेकपाको कॉधमा रहेको भन्दै अब पार्टी पंक्ती र कार्यकर्ता एक ढिक्का भएर अगाडी बढने बेला आएको गुरुङले बताए ।
हटिया देखि ताराखोला हुदै म्याग्दी जोडने सडक, मल्म पाण्डवखानी, रणसिंहकिटेनी हुॅदै ढोरपाटन जोडने सडकको स्तरोन्नती संगै कालोपात्रे गर्ने, पर्यटकीय स्थल घुम्टे, ढोरपाटन लगायतका स्थलको विकास गरि पर्यटक आगमनमा वृद्वि गर्ने, कृषिको आधुनिकीकरण गर्ने, युवा स्वरोजगार, खानेपानी, स्वास्थ्य क्षेत्रको विकास र समृद्वि गर्ने लक्ष्यमा गण्डकी प्रदेश सरकारले निति तथा कार्यक्रमहरु अगाडी बढाएको जानकारी दिए।
नेपाल कम्युनिष्ट पार्टी नेकपा गलकोटले मुख्यमन्त्री गुरुङ समक्ष गलकोटमा एकिकृत ईलाका प्रशासन कार्यालय, गलकोटलाई स्मार्ट सिटीमा सुचिकृत, गलकोटको पर्यटकीय, सांस्कृतिक विकास तथा प्रवर्द्वनका लागि गुरु योजना निर्माण गरि कार्यन्वयनको व्यवस्था मिलाईदिन माग गरेको छ । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता कार्यकर्ता लगाएतको उल्लेख्य उपस्थिती रहेको थियो । कार्यकर्ता भेटघाट कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी नेकपा गलकोट नगर कमिटीका अध्यक्ष ललित श्रीसको अध्यक्षता, सदस्य कौशिला घर्तीको स्वागत र सचिव डम्मर श्रीसको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->