पोखरा,३ जेठ-‘सम्मृद्धिका लागि खेलकुद’ भन्ने नाराका साथ पोखरामा ‘टिभिएस अपाचे चौथो पोखरा स्पोर्टस अवार्ड –२०७५’ आयोजना हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही जेठ २४ गते पोखरा सभागृहमा आयोजना अध्यक्ष एकराज गिरीले जानकारी दिए ।
कार्यक्रममा ८ विधामा अवार्ड प्रदान गरिने उनले जनाए । ‘यसपटकको अवार्डमा पपुलर प्लेयर अवार्ड समावेश गरिएको छ’, उनले भने,‘ त्यस अवार्डका लागि एस.एम.एसको आधारमा खेलाडी छनोट हुनेछन ।’ अवार्डमा लाइफ टाइम अचिभमेन्ट अवार्डतर्फ चाँदी जडित ट्रफी ताम्रपत्र, बर्ष खेलाडी पुरुष अवार्ड तर्फ टीभिएस अपाचे मोटरसाइकल, बर्ष खेलाडी महिला अवार्ड तर्फ विगो स्कुटर, बर्ष उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, बर्ष पपुलर प्लेयर अवार्ड तर्फ १५ हजार रुपैया, बर्ष उत्कृष्ट खेल संस्था अवार्ड तर्फ १० हजार रुपैया साथमा ट्रफी दोसल्ला प्रदान गरिने उनले जनाए ।
स्पोर्टस अवार्डका लागि बतास ब्रदर्श प्रालिले वर्ष पुरुष खेलाडीका लागि टीभिएस अपाचे मोटरसाइकल र बर्ष खेलाडी महिलालाई विगो स्कुटर प्रायोजन गरेको छ । स्पोर्टस अवार्ड कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रम, खेलाडी ¥याम्पसँगै विभिन्न खेल कौसल प्रदर्शन गरिने छ । अवार्ड कार्यक्रमका सम्पन्न गर्न अध्यक्ष एकराज गिरीको संयोजकत्वमा १२ वटा विभिन्न उपसमिति गठन समेत गरिएको मञ्चका महासचिव विजय नेपालले जनाए ।





