शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बिधेयक बिरुद्ध सञ्चार सामग्री सहित बिरोध प्रर्दशन

बिधेयक बिरुद्ध सञ्चार सामग्री सहित बिरोध प्रर्दशन


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३ २०७६, शुक्रबार

बागलुङ,३ जेठ – सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयक विरुद्ध बागलुङका पत्रकारहरुले सञ्चार सामग्री सहित बिरोध प्रर्दशन गरेका छन् ।
प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने गरी सरकारले संसदमा पेश गरेको विधयेकका प्रेस स्वतन्त्रता बिरोधी बुँदा तत्काल संशोधन गर्न माग सहित जिल्ला प्रशासन कार्यालय परिसरमा सञ्चार सामग्री सहित बिरोध प्रदर्शन गरेका हुन् ।
सञ्चार कर्मका लागि प्रयोग गर्दै आएका कलम, डायरी, क्यामेरा, भ्वाइस रेकर्डर, ल्यापटप लगायतका सञ्चार सामग्री सहित बिरोध प्रदर्शन गरिएको नेपाल पत्रकार महासंघ बागलुङ शाखाका सहसचिव नविन शिशिर बिकले बताए ।
बिरोध प्रदर्शन पछि महासंघका शाखा अध्यक्ष दिल शिरीषले लोकतन्त्रकै लागि लडेर आएको पार्टी सम्वद्ध लोकतान्त्रिक सरकारले समाचार लेखेकै आधारमा पत्रकारलाई लाखौं रुपैयाँ जरिवाना तिर्नुपर्ने र जेल जानुपर्ने कानुन बनाउन खोज्नु बिडम्बना भएको बताए । ‘सरकारले प्रेसलाई नियमन गर्नु अन्यथा होइन, तर अहिले नियन्त्रण नै गर्ने नियत राखेर बिधेयक ल्याइएको छ, यो गम्भिर बिषय हो,’ उनले भने, ‘पत्रकारितालाई व्यवस्थित, मर्यादित बनाउने नाममा नियतबस आएका बुँदाले प्रेस स्वतन्त्रतामा कुनै पनि बाहनामा आक्रमण गर्नेछ, यसले प्रेस स्वतन्त्रता सँगै अभिव्यक्ति स्वतन्त्रता र लोकतन्त्रमा समेत प्रभाव पार्न सक्ने खतरा देखिन्छ, यसमा पत्रकार मात्र नभई नागरिक समाज लगायत सम्वद्ध पक्ष पनि गम्भिर बन्न आवश्यक छ ।’
क्रियाशिल महिला पत्रकार समूहका अध्यक्ष तथा महासंघका सल्लाहकार कोपिला कंडेलले प्रेस स्वतन्त्रताको घाँटी निमोठ्ने गरि ल्याइएको बिधेयक नसच्याए दुर्भाग्य हुने बताइन ।
‘काउन्सिलबाट जारी भएको आचार संहिता विपरित कुनै सामाग्री प्रकाशन वा प्रसारण गरेको कारण मर्यादावा प्रतिष्ठामा आँच पुर्याएको भनी सम्बन्धित व्यक्तिले दफा १६ बमोजिम दिएको उजुरी उपर दफा १७ बमोजिम जाँचबुझ गर्दा कसैको मर्यादा वा प्रतिष्ठा आँच पु¥याएको देखिएमा काउन्सिलले सम्बन्धित आमसञ्चार माध्यम, प्रकाशक सम्पादक, पत्रकार वा संवाददातालाई पच्चिस हजार रुपैयाँदेखि दश लाख रुपैँयासम्म जरिवाना गर्न सक्ने व्यवस्था गरिएको छ ।’ विधेयकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->