बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

समुदायको भूमिका महत्वपुर्ण–अध्यक्ष तिमिल्सिना

समुदायको भूमिका महत्वपुर्ण–अध्यक्ष तिमिल्सिना


  • Dhorpatan News
  • जेष्ठ ३ २०७६, शुक्रबार

बागलुङ,३ जेठ – राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले सामुदायीक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागि समुदायको भुमीका महत्वपूर्ण हुने बताएका छन् । समुदायको चासो र सहभागिता रहेका कयौं समुदायीक विद्यालयहरुले राष्ट्रका लागि आवश्यक दक्ष जनशक्तिको उत्पादन गरीरहेको भन्दै तिमिल्सिनाले राज्यको ठुलो लगानि रहेका समुदायीक विद्यालयहरुमा चासो राख्न अभिभावकहरुलाई आग्रह गरे । समाज परिवर्तनको मुख्य आधार शिक्षा भएको भन्दै राज्यको ध्यान नपुगेका विद्यालयहरुको विकास र परिवर्तनका लागि समुदायको लगानी पनि आवश्यक रहने उनको तर्क थियो । बागलुङको काठेखोला गाउँपालिका–७ रेश स्थित रेशनुन्थला माध्यमिक विद्यालयले आयोजना गरेको शैक्षिक महोत्सव अन्तरगत बिहिबार मुल समारोहको उद्घाटन सत्रमा तिमिल्सिनाले सम्बोधन गर्दै थिए । समयानुकुल शैक्षिक कृयाकलाप र शिक्षण प्रकृयालाई परिर्वन गर्नुपर्ने भन्दै उनले व्यवहारीक शिक्षानै बरोजगार अन्तको आधार भएको बताए । ‘प्रविधिको जमना आएको छ सोही अनुसारको शिक्षा आवश्यक छ’ तिमिल्सिनाले भने –‘प्राविधिक र व्यवहारीक शिक्षा आर्जन गरेको व्यक्तिले बेरोजगार बस्नु पर्दैन ।’ विकासउन्मुख राष्ट्र भएकाले देशको विकास निर्माणका लागि आवश्यक जनशक्तिको उत्पादन गर्नु सामुदायीक विद्यालयको दायित्व हुने उनको भनाई थियो । त्यसकालागि आफ्नो घर छेउका विद्यालयहरुको नियमित रेखदेख र आवश्यक परेका बेला सहयोग गर्न अभिभावकहरुलाई आग्रह गरे । कार्यक्रममा प्रतिनिधि सभा सदस्य डा. सुर्य पाठकले बोलेका थिए ।उनले आधुनिक प्रबिधिसँगै मैदानमा उत्रिन सक्ने शिक्षाको आवश्यकता औंल्याए । सामुदायीक विद्यालय सबैको सम्पत्ति भएको भन्दै सम्पत्तिको सदुपयोग गरेर सन्ततिलाई राष्ट्रका लागि योग्य जनशक्ति बनाउन उनको आग्रह थियो । फरक प्रसंगमा पाठकले पछिल्लो समय परिणाममुखी विकास निर्माणका काम भैरहेको भन्दै शिक्षा क्षेत्रमा पनि परिवर्तनका लागि सरकारले योजना बनाउने दावी गरे । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटि बागलुङका सभापति जब्बर बहादुर लामिछाने, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष डिलबहादुर कार्की लगायतले बोलेका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ओमबहादुर थापाले प्रगति प्रतिवेदन प्रस्तुत गरे । शैक्षिक महोत्सव मुल आयोजक समितिका अध्यक्ष प्रेम लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत चीत्रबहादु कार्की र सञ्चालन शिक्षक डिलबहादुर कार्कीले गरेका थिए।

दातालाई सम्मान

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले शैक्षिक महोत्सवको अवसरमा रेश नुन्थला माध्यमिक बिद्यालयको शैक्षिक स्ुधारका लागि आर्थिक सहयोग गर्ने ४० जना दाताहरुलाई सम्मान गरेका छन् । एक लाख रुपैयाँ भन्दा धेरै रकम विद्यालयलाई सहयोग गरेका दाताहरुलाई बिहिबारको मुल समारोहमा सम्मान गरिएको प्रधानाध्यापक ओमबहादुर थापाले बताए । विद्यालयले गत बर्षदेखि सञ्चालन गरेको सहयोग गरौं अभियान र महोत्सवका अवसरमा सहयोग गर्ने सबैलाई सम्मान गरेको हो । उनिहरुलाई प्रसंसापत्र र दोसल्ला ओडाएर सम्मान गरीएको थियो । झण्डै एक करोड भन्दा धेरै रकम सहयोग स्वरुप संकलन भैसकेको र सहयोग आउने क्रम जारी रहेको थापाले बताए । जेठ ४ गते सम्म सञ्चालन हुने महोत्सवमा सहयोग गर्नेक्रम बढ्दै गएको र हरेक दिन बिषेश समारोह बनाएर दाताहरुलाई सम्मान गरीने थापाले जानकारी दिए । पूर्व विद्यार्थि र रेशबाट रोजगारीको शिलशिलामा बिदेशमा रहेकाहरुबाट सबैभन्दा धेरै सहयोग प्राप्त भएको छभने स्थानिय समाजसेवीहरुले समत मन फुकाएर सहयोग गरीरहेको उनले बताए । संकलित रकमलाई शैक्षिक सामग्री, पूर्वाधार निर्माण, छात्राबास लगायतका काममा खर्च गरिने विद्यालयले जनाएको छ ।

कलाकारको प्रस्तुती

महोत्सवमा स्थानिय तथा राष्ट्रिय स्तरका कलाकारहरुले प्रस्तुती दिईरहेका छन् । यो क्रम आगामि जठ ४ गते सम्मनै रहने आयोजकले जनाएको छ । शैक्षिक प्रदर्शनी, स्थानिय उत्पादनको प्रदर्शनी, लगायतका प्रदशर्नीमा समेत दर्शक हरुका बाक्लो उपस्थिती छ । बिहिबार मात्रै जनगायक जीवन शर्मा, चर्चित टेलिभिजन कार्यक्रम इन्द्रेणीको समुह, सिङ्गर बिबि र प्रेम कुँवर लगायतले प्रस्तुती दिएका थिए । शैक्षिक सुधारका लागि महोत्सवको आयोजना गरीएकाले स्थानिय उत्पादन र शिक्षा क्षेत्रसँग सम्बन्धित बिषयलाई मात्रै महोत्सवा समाबेश गरेको मुल आयोजक समितिका संयोजक प्रेम लामिछानेले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->