बागलुङ,४ जेठ –नेकपाका जिल्ला नेता कृष्ण पाठकले बागलुङ नगरपालिकामा तालाबन्दी गरेको बिषयलाई लिएर नगरपालिकाले आपत्ति जनाएको छ । निराधार र कवोकल्पित आरोप लगाएर नगर प्रमुख र प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा ताला लगाईएको भन्दै नगरपालिकाले प्रेस बिज्ञप्ती मार्फत आपत्ति जनाएको हो । नगरपालिकाभित्र भ्रष्ट्राचार, लापरबाही, ढिलासुस्ती र अटेरी प्रवृत्ति मौलाएको भन्दै पाठकले बुधवार बिहान १० बजे नगरप्रमुख जनकराज पौडेल र प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवरको कार्यकक्षमा ताला लगाएका थिए । पाठकले लगाएका सबै आरोपहरु कुत्सित मानसिकताको उपज र स्वार्थ प्रेरीत घटना भएको नगर प्रमुख जनकराज पौडेलद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ । बियप्तिमा पौडेलले समपुरक कोषको रकम खर्च गर्न नसकी फिर्ता भएको बिषयमा असन्तुष्ट रहेका पाठकले नगरपालिकामा तालावन्ी गरेको संकेत गरेका छन् । आर्थिक बर्षको अन्तमा ४०÷६० को साझेदारी गर्नुपर्नेगरी अर्थमन्त्रालयले पठाएको बजेट नगरपालिका सँग सहकार्यका लागि आवश्यक बजेट नभएका कारण कार्यान्वयन गर्न नसकिएको बिज्ञप्तीमा उल्लेख छ । बजेटको बिषयमा अर्थ मन्त्रालयले पठाएको पत्रलाई आगामि कार्यपालिकाको बैठकमा प्रस्तुत गर्ने र ढिलासुस्तीको बिषयमा नगरपालिकाले शून्य शहनशिलता अपनाउने बिज्ञप्तीमा भनिएको छ ।





